- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 25 February 2016

शिर्षक एक केस्रा अनेक-७

नवज्योति साहित्य समाज परिवारद्वारा आयोजित नियमित शृङ्खला "शीर्षक एक, केस्रा अनेक" अन्तर्गतको भाग -७ मा "जिन्दगी" शीर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु:-
~~~~******~~~*****~~~
         "जिन्दगी"
हाँसो खुसी सराबरी जिन्दगीमा
मुस्कान ओठमा आँसु परेलीमा
आफै बोक्सी आफै धामी बन्नुपर्दा
चल्छ छुरा जानाजान कलेजीमा
नातासंगै स्वप्ना टुट्दा जिन्दगीमा
जान्छ बाँकी लक्ष्य सबै अंधेरीमा ।
- निस्चल आँसु घायल
होक्लाबारी-३, मोरङ्
अचेल- मलेशिया।
***    ****
          "जिन्दगी"
आ-आफ्नै यहाँ जिन्दगीको भोगाई
भोगाइ संगै छ फरक सोचाई
दु:खीलाई दु:ख सुखीलाई सुखै
मानव सोचाई गर्छ नि जोखाई
एक्कैनासे छैन जिन्दगी भोगाई
तर मान्छेलाई सुख नै रोजाई ।
- तारा दिप्साली
भोजपुर, हाल धरान।
***    ****
        "जिन्दगी"
कैले हाँसो कैले आँसु जिन्दगीमा
प्राय: त यो जिन्दगी छ बन्धकीमा
सदैव नौला स्वप्नको प्यासी हुँदै
सताउँछ   विपनी  र  सपनीमा
कहिल्यै नपुग्ने भो यो जिन्दगीमा
बिताएको छु जीवन  खडेरीमा ।
- दिल प्रकाश मगर " भावुक "
****    ****
      "जिन्दगी"
जिन्दगी  रैछ   एउटा  चलचित्र
धेरै कथा-व्यथा लुक्ने यस भित्र
कैले नायक कैले खलनायक
सहपात्रा-पात्री  हुदो   रैछ  मित्र
अन्त  पक्का  हुदो   रैछ चलचित्र
जे गरेर नि उदाङ्गिन्छ चरीत्र ।
- बिनोद सेन 'पाल्पाली'
****   ****
        "जिन्दगी"
आँसु मै डुबेको छु जिन्दगीमा
लुट्यो खुशी कसैले बन्धकीमा
रमाउन खोज्छु म खुशी खोज्दै
तर  हुन्छु  सधैं नै  सपनीमा
पाइन खुशी मैले जिन्दगीमा
त्यसैले लाग्छ छु कि अधेरीमा।
- ऋतु सन्धि "रोका"
देउराली ४ गोर्खा
हाल: यूएई।
**** ****
       "जिन्दगी"
सुख अनि दु:खको मिश्रण घोल
बुझ्नेलाई  जिन्दगी छ अनमोल
राम्रो काम गर्दा बन्दछ सुगन्ध
नत्र जीवन हो बद्नामीको खोल
नबनौ है कोहि फोहोरको घोल
हाँसिल गर्नुछ त्यो सफल गोल।
- आवास गुन्जन
           (उत्कृष्ट केस्रा)
****    ****
         "जिन्दगी"
भयो जिन्दगी पीडाको खानी
भिजाई रहने आँखाका नानी
पक्कै अवस्य सुकेर जान्छ
लाग्छ कर्कला पातको पानी
सदा भेटिन्छ दु:खैको खानी 
लैजाउ न दैव मलाई छानी ।।
- योगेन ढोलि
काठमाडौं।
          (उम्दा केस्रा)
****    ****
         "जिन्दगी"
बुझ्नै नसकिने कस्तो जिन्दगानी
सधै हुन्छ आँखा भरी पानी पानी
कतै सुखमा कतै  दु:खमा हिड्छ
हो    बनाउदै  अतीत   र  कहानी
हुन्न  यहाँ भरोसा यो जिन्दगानी
जलेर  कुन  दिन   हुन्छ   खरानी !
- बिकेन्द्र सहयात्री
ओखलढुंगा।
****    ***
       "जिन्दगी"
कोहि बोझ मान्छन् कोहि वरदान
बुझेर  यसको   गरौं   रस   पान
बराबर   हुन्छ  सुख-दुःखहरु
गरे कर्म  राम्रो  बन्छ पहिचान
दैवले  दिएको यस्तो  वरदान
अमुल्य   उपहार   सबैले  जान।
- बिष्णु कार्की
शनि अर्जुन ~८ झापा
हाल मलेशिया।
****    *****
        "जिन्दगी"
जसरी बुझ्यो त्यस्तै छ परिभाषा
कहिले काहीं हुँदो रैछ तमासा
कहिले सुख कहिले दु:ख यहाँ
पल्टि नै रहन्छ जीवनको पासा
खै दुखै दु:ख पो हो कि परिभाषा
आशाहरू मेरा भ'का छन् निराशा ।
- इन्दिरा
****    ****
        "जिन्दगी"
बेकामको भयो हाम्रो जिन्दगानी
अभाबले   सँधै  गर्छ   मनोमानी
गुमाए झै लाग्छ सबैथोक आफ्नो
प्रवासमा खट्दा दिनौ आफ्नो ठानी
दु:ख  पीडा  खेप्दै  गयो  जिन्दगानी
कतै  छैन   रैछ   सुख   दिने  दानी।
- बिरेन्द्र भाइ
खोटाङ।
****    ****
         "जिन्दगी"
जिन्दगी रहेछ बगि जाने जल
अनिश्चित छ यहाँ प्रत्येक  पल
कसकाे गर्नु विश्वास सबै स्वार्थि
आफ्नै छाँयाले पनि त गर्छ छल
कति बगाउँ नयन बाट जल
कहाँ खाेजुँ बाँच्ने हिम्मत र बल।
- रिदिमा एकल यात्रि
बाग्लुङ।
*****     *****
        "जिन्दगी"
उ भन्छ सुख अनि खुसिको मेल
म भन्छुु जिन्दगी हो आँशुको भेल
समयको रफ्तार संगै दौडिदा
घाति बनि मान्छे गर्दो रै'छ झेल
खुसि अनि आँसुको अनौठो मेल
जिन्दगी त रै'छ समयको  खेल।
       "जिन्दगानी"
उ सोच्छ वरदान यो जिन्दगानी
मेरो लागि जीवन,खोलाको पानी
घात भए दुख्छ अनि खस्छ आँसु
जिन्दगी अमर प्रेमको निशानी
खै उस्ले के भनि बुझ्यो जिन्दगानी
आखिरमा रै'छ माटो र खरानी ।
- सागर जङ देवान
संखुवासभा ,हाल -मोरङ।
#####    *****  ####
      "जिन्दगी-१"
कसैको हाँसै हाँसोमा चल्ने
कसैको आँशुले सदा गल्ने
कहाँ बुझ्न सकिन्छ  जिन्दगी?
रैछ काँडामा जिन्दगी फल्ने
हजार  चोट  खाएर  चल्ने
मुटु भित्र आगो बिना बल्ने।
     "जिन्दगी-२"
हाँसो र आँसुको रै छ यो संगम
कयौ चोट  भोग्दै  ज्यूँछु  हरदम
टुटेको र फुटेको छ जिन्दगी यो
पीडा पो  बनिदिन्छ कठै मलम
सुख र दु:खको भयो  यो  संगम
बाड्दै खुसी धेरै आफू लिन्छु कम।
        "जिन्दगी-३"
आगो बिना छ यो  जिन्दगी बलेको
कयौ  चोट र  पीडा  भोग्दै  गलेको
सुनाउनेले  सुनाए  खुशी   थियो
के'था कसोरी छ जिन्दगी चलेको
मुटु  भित्र   छ   मेरो  आगो  बलेको
रैछ  जिन्दगी  यो  भाबीले  छलेको।
-रमेश रसिक
निजगढ।
****    ****
        "जिन्दगी"
बनाउँला मिलि जिन्दगीको घर
हुन्छ  हाम्रो जोडी पिपलु र वर
दुई दिने मानिसको चोला हाम्रो
हुँदैन  कहिले  जिन्दगीको भर
लगाई  डाँडा  भाटा  बनाई घर
पूरा  गर्छु  तिम्रो  मनको  रहर।
- सुजन क्षितिज राई
ईलाम।
*****    *****
         "जिन्दगी"
अभावले सधै जिन्दगी काट्यो
सम्झदा ती पीडाले मन फाट्यो
संघर्ष गरेर अगाडि बड्दा
लक्ष्य सागर बनाउन आट्यो
दु:ख र आँसुले जिन्दगी काट्यो
यो जलेको मन आगोले साट्यो।
- संस्कृति दराइ
****    ****
      "जिन्दगी"
ऐई जिन्दगी कति दु:ख दिन्छस्
पीड़ा  दिई, हर्ष छिनेर  लिन्छस्
म  सधैं  तेरै  वरिपरि  हुन्छु  
ठोक्किएरै हिड्छु कहिले चिन्छस्
जहाँ जान्छु हण्डर मात्रै  दिन्छस्
मेरो  सुख  सयल  सबै  छिन्छस् ?
- बिनोद पाल्पाली
****    ***
         "जिन्दगी"
कस्तो भाग्य तैले लेखिस् दैव मेरो
सम्झी ढुङ्गालाई पूजा  गर्थे तेरो
"आरम्भ" हुन्थें सुनौलो बिहानीमा
बनाईस् यो जिन्दगी सबै अधेँरो
थोरै  खुसी  भए नि  फिर्ता दे मेरो
चाहिँदैन  भो  स्वर्गको    सेरोफेरो।
- निश्चल तामाङ "आरम्भ"
          सिन्धुली
                (सह्रानिय केस्रा)
****     ****
        "जिन्दगी"
जिन्दगी पाइलै पिच्छे पेलिन्छ
उपाय छैन याँ जे नि झेलिन्छ
कहिले पहाड अनि आंधी झैं
मान्छेको भावनासंग खेलिन्छ
हो साँचै सक्नेले निर्धो पेलिन्छ
पीडित आत्मा त झनै बेलिन्छ |
- सावित्रा लुइटेल घिमिरे
झापा नेपाल,हाल इजरायल ।
        (सर्वोत्कृष्ट केस्रा)
****    ****
       "जिन्दगी"
रुँन्छ कहिले काहीँ साथ छुटेर
हाँस्छ कहिले काहीँ साथ जुटेर
रुँनु र हाँस्नुको त संगम रैछ
र त जान्छ समयले नै कुटेर
आफैसंग नै टाढा हुन्छ छुटेर
नियतिले नि लान्छ खुसी लुटेर।
- बिन्दा लामा
सिन्धुली,हाल टर्की।

No comments:

Post a Comment