- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 8 May 2016

शिर्षक एक केस्रा अनेक-११

नवज्योति नेपाली साहित्य समाजद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग -११ अन्तर्गत "नारी दिवस" को अवसरमा "नारी दिवस" शीर्षकमा लेखिएका केस्रासर्जकहरुको केस्राहरु:-
~~~~   ~~~~   ~~~~~~
     "नारी दिवस"
हुन्न  गरेर मात्र  जल  कलश
मान्छौ भनेर यहाँ नारी दिवस
नारी नै हुन देवि कालिको रुप
भर्नु तिमीले मनभित्र  साहस
लिएर अधिकार भर्दै कलश
भरौ नारीको ज्ञानको यो मानस।
- रमेस रसिक
निजगढ  ।
****     *****    ****
     "नारी दिवस"
अन्याय हुन्छ  बारम्बार
सहन्छौ कति अत्याचार
कम्जोर ठान्दै  नारीलाई
हेप्छन् सधै सारा संसार
कति हेपिने बारम्बार
लिनु छ आजै अधिकार।
- आकाश शेर्पा
ओखलढुंगा ,कुवेत।
                    (सह्रानिय केस्रा)
****    ****    ****
     "नारी दिवस"
नारी अधिकारका कुरा
नारामा मात्रा भए सुरा
नारीबाटै नारि शोषण
पीडितका स्वप्न अधुरा
कसरी पत्याउनु कुरा
जस्को बोली मात्र छ छुरा।
- नरेन्द्र दाइ
इलाम।
****    ****    ****
     "नारी दिवस"
भन्नलाई भन्छन् नारी अधिकार
तर नारी नै पीडित बारम्बार
एकदिन भाषण छाट्छन् ती नेता
बनाएर नारी दिवस आधार
समान भनेनी नारी अधिकार
शोषित नारी नै किन लगातार ।
- तारा दिप्साली
धरान।
****     ****    ****
      "नारी दिवस"
नारी  दिवस तर नारी निरास
पितृ सत्ताले गरेको छ निवास
दौडमा संसार,नारी छ  कम्जोर
हामीलाई कैले हुने हो आभाष
चुलोमा सपना धुल्दा छिन् निरास
खोले त्यो बन्धन देख्नेछौ विकास।
- रबिन जि सि
****   ****    ****
        "नारी दिवस"
अगाडी बढ्नु  कुसंस्कार ढालेर
तय होस् यात्रा चट्टान नै गालेर
नारीमा  एकरूपता    हुनुपर्छ
हातेमालो,खुट्टामा खुट्टा चालेर
देउकी-कमारी  प्रथा त्यो ढालेर
शिक्षाले चेतनाको दियों बालेर।
                              (उम्दा केस्रा )
~~~     ~~~
     "नारी दिवस"
सरसम्मानित होस् है नारी हाम्रो
ईज्यत र प्रतिष्ठा पाएको राम्रो
होच्याउने तौलने  ज़माना  गए
कुदृष्टीले हेर्नेको आखाँमा काम्रो
उखेलेर जरा   कुसंस्कार  हाम्रो
हटाउ कुप्रथा त्यो नमानी चाम्रो।
- 'पाल्पाली' विनोद
*****     *****    *****
  
        "नारी"
चेलीले चेलीको कुरा काटेर
कसरी  होला  यसरी बाझेर
कति बस्छ्यौ पुरुषकै हेलाँमा
उठ   सहनशीलता   त्यागेर
यहाँ  असह्य  कुरीति काटेर
देखाउ है नारी ज्वाला बालेर ।
- दिलप्रकाश मगर।
*****     ****     ****
       "नारी दिवस"
तिम्ले फुस्रा पर्चा हातमा बोकेर
हुन्न हिंसा अन्त्य श्रीमान पुजेर
बर्ष दिन आफ्नै घरमा दासि छौ
केही मिल्दैन यो  दिवस मानेर
मनमा यो क्रान्तिको ज्वाला बोकेर
लेउ अब न्याय आफैले खोसेर ।
- निस्चल आसु घायल
****    ****    ****
    "नारी दिवास"
कति हुन्छ सँधै नारी अत्याचार
दिनै देखिन्दैछ यस्तै ब्यावहार
ईख  बोकि उठ्नु अब तिमी पनि
खुर्पा  बोक्न छाडी  बोक तरवार
बाँच्नु  हुन्न  धेरै सहि अत्याचार
खेल रच्ने  तिमी  बन्नु  कलाकार।
- बिरेन्द्र भाइ
*****   ****   ****
     "नारी दिवस"
एउटा बलियो खम्बा हुन नारी
नहेप्नु कसैले नि पछाडी पारी
गर्ने छन् संघर्ष बाँचुन्जेल सम्म
हट्ने छैन पछाडि बोलीमा टारी
हिम्मत लिएर बाँच्नु पर्छ  नारी
बस्नु हुन्न अब आँशु मात्र झारी।
- डम्मर बस्नेत
                         (उत्कृष्ट केस्रा)
****   ****     ****
   
       "नारी दिवस"
चुलो चौका मात्र कति गर्छौ नारी
आफ्नै मन आफै कब्जा भित्र पारी
स्वप्ना ती सफल पार्न जुट्नु तिमी
अन्त्य  गर्नु सँधै  शासनका  भारी
लड्नु  पर्छ  तिम्ले  मैदानमा  नारी
बस्नु हुन्न  कैले  आँसु  भेल झारी।
- मन्जु अन्जना ।
                   (सर्वोत्कृष्ट केस्रा)
****     ****     ***
     "नारि दिवस"
आउ नारि दिवसकाे माैका पारि
एकजुट बनाैँ हामी सबै नारी
चासाे राखाैँ हामी पनि रास्ट्रप्रति
कति हेर्ने चुल्हाे-चाैकाे खेतबारि
हाम्रा नि विचार फराकिलाे पारि
बिसाउँ सबै ति बेदनाका भारि।
- रिदिमा एकल यात्री
बाग्लुङ।
*****     *****     *****
        "नारी दिवस"
नारी  सधैं बलात्कार हुन्छिन् किन
यस्तो समाचार सुन्दा लाग्छ घिन
अपराध घट्ला भन्दा झन तिव्र
बढ्दो क्रममा देख्छु दिनका दिन
समान  अधिकार  दिदैन  किन
सबलाई जन्म दिने नारी चिन।
- चन्द्रा मरासिनी
मग्याम चिसापानी- २ खहरे,स्याङ्जा ।
****     *****     *****
       "नारी दिवस"
नारीको इज्जत  तिमीले लुछेर
लान्छौ प्राण किन फूलमै चुटेर
गर्छौ तिमी अपमान  राक्षस भै
नारी नै आमा  हुन भन्ने बुझेर
उल्टै पो जान्छन् है इज्जत लुछेर
जादैछन् नारीको ती आँसु सुकेर।
 - सुजन क्षितिज राई
                ईलाम  ।
*****    ****     *******
       "नारी दिवस"
कति बस्छाै नारि बेदना सहँदै
न्याउलिसँगै त्याे विरह कहँदै
अत्याचारकाे बिराेध गर्न सिक
नत्र त जान्छ प्रथा युगाैँ रहँदै
नबस ए नारी  यातना सहँदै
आँसुकाे भेलमा स्वयं नै बहँदै।
- आवास थापा
बुटवल।
****    *****     *****
     "नारी दिवस"
धर्तिको  जून ती  ममताकी खानी
हेलामा  नराखौ सहि  जानीजानी
स्वतन्त्र   हुने  अधिकार   उनको
नखोसौ  कदापि  गरि  मनोमानी
उनको हातमा छ कलाको खानी
चलेको  छ सृष्टि नारीले नै धानी।
- बिष्णु कार्की
****      ****     ****
      "नारी दिवस"
महिला हुन समाजको श्रृंगार
पुरुष भन्दै नगर अत्याचार
एकै रथका दुइ पाङ्ग्रा भनेर
नारी शोषण भो किन लगातार
उठौँ यूवा शक्ति नाघेर संघार
खोज्नु पर्छ आफ्नो हक अधिकार।
- ऋतु सन्धि "रोका"
*****    ****    ****
      "नारी"
हुने मन भएमा असल नारी
बस्नु है गाउँघर सबै श्रृंगारी
अधिकार खोज्नु कर्तव्य नभुल्नु
जाग है अब देवीको रूप धारी
हटी हैन डटी बनाऊँ चिनारी
नर नारीको एउटै फूलबारी।
- सुमन अज्ञात यात्री
लमजुङ ,दुबई।
****   ****     ***
     "नारी दिवस"
दिन दिनै बढ्दैछ याँ बलात्कारी
हुन्छ सधै नारी माथी अत्याचारी
सहेर बस्दा ठान्छन् सधै कम्जोर
अत्याचारको  बिरोध  गरौं  नारी
खुलेआम डुल्दैछ ती बलात्कारी
कसैले  नगर्दा  पूरा   जिम्मेवारी।।
- पेम्बा डोल्मा "प्रकृति "
सिन्धुपाल्चोक ,हाल:टर्की।
****    ****     ***
     "नारी दिवस"
गर क्रान्ति तिमी अगाडि सरेर
परिवर्तनको मुखौटा धरेर
मनाउ हर्सोल्लास तिम्रो पर्वको
चेतनाको  ज्ञान  जगमा  छरेर
नारी हिंसा विरुद्ध अगि सरेर
लैङ्गिक विभेदको अन्त्य गरेर।
- प्रीन्स याक्खा 'प्यासी'
    संखुवासभा
हाल अफगानिस्तान।
*****     *****     ****
       "नारी दिवस"
सृष्टिको सुन्दर  प्यारो   फूलबारी
आमा हुन् धरती शक्तिशाली नारी
ढाल बन्छु आफै आफै हतियार
फ़ाड्नेछु है नारी शोषणको  घारी
हैन नारी संसार करेसा वारी
हेर्नुछ दुनियाँ ,मुखुण्डो  उधारी।
- बिन्दा लामा तृष्णा
तिनकन्या ६, सिन्धुली
हाल इस्तानबुल, टर्कि।
*****    ******     ****
     "नारी दिवस"
कति चल्छ नारीमाथी अत्याचार
किन छैन पुरुष झै ब्यावहार
भई रहन्छ प्रत्येक दिन घट्ना
किन हेरी मात्रै बस्छ  सरकार
अन्त्य गर्नु पर्छ अब अत्याचार
दु: खी  नारीमात्रै किन बारबार  |
- सावित्रा लुइटेल घिमिरे
झापा ,हाल इजरायल।
*****     *****    *****
        'नारी'
आधा आकाश ढाकेका हामी नारी
बोकेर काँधमा ठुलो जिम्वेवारी
हत्या हिँसा अनेकौ यात्ना सहेर
धर्तिसरी  गरेकै छौँ खेतबारी
सृश्टिकर्ता जननी हौँ सब नारी
निभाएका छौँ कर्तब्य सदाचारी।
- बिना पाठक
वालिङ ,स्याङजा
****     ***     ****
      "नारी दिवस"
अन्धो   सरकार   ढलाउँनुछ
बलात्कारीलाई    जलाउँनुछ
आफ्नो हितको आवाज उठाई
नारीले   नै  देश   चलाउँनुछ
भ्रष्ट    नेतालाई    ढलाउँनुछ
अपराधी   चाँडै  गलाउँनुछ।
-  संस्कृति दराई
*****    ****     ***
       "नारि दिवस"
एक्काइसौं युगको भएनी नारी
सहन बाध्य छु पीडाको त्यो भारी
न्यायको भिख मागे दुनियाँसामु
फैसला भो सधैं अन्यायमा पारी
असुरक्षित बन्दै गएछन् नारी
देशमा अति बढेर बलात्कारी ।
- सङ्गीता खत्री 
बेसिशहर १२, लम्जुङ।
****    *****     ****
      "नारी दिवस"
के   पायौ  न्याय नारी दिवस मानी
माग्ने  अधिकार  खोस  तानी तानी
देखाउ   शक्ति   देवी   रुपमा   आई
मार   दुष्ट   अपराधी   छानी  छानी
भो छोड  पुज्न ढुङ्गा, देवता  मानी
हो नारी आफैमा छन्,शक्तिको खानी।
- निश्चक तामाङ (आरम्भ)
तिनकन्याँ ८ सिन्धुली,  हाल: प्रवास।
*****      *****     ****
        "नारी दिवस"
तिम्रो दिदि नारी तिम्रो बैनि नारी
रुन्छिन् धेरै नै छाती पिटी विचारी
मात्र स्वास्नि माथि हक जमाउने
हेर  संसार  बन्द  आँखा  उघारी
तिम्रो आमा नारी तिम्रो छोरि नारी
जहिले  बोकाउछौ  पिरको  भारी।
- केशब साहि
दैलेख ,हाल भारत।
*****     *****     *****
         "नारी"
सबेरै उठेर ढिकि जातो गर्छे
अनि पधेरीमा पानी आफै भर्छे
सन्तान सुख खोज्दै महान नारी
युद्ध लड्दा लड्दै मैदानमा मर्छे
आफ्नो चाहनालाई बेवास्ता गर्छे
नारी ईज्जत् ढाक्न आफै अघि सर्छे।
- सागर जंग देवान
संखुवासभा।
****    *****     ****
         "नारी"
आज छोरी चेली कन्या कुमारी
भोलि  हुनेछौ  अर्कैको  बुहारी
जानेछौ पराई  सङ्ग डोलिमा
अन्मिदै  दुलही  घुम्टो  उघारी
बन्ने छ्यौ दिलको राजकुमारी
सधैं सहनशील बन्नु नारी ।
- शिब राज बि.सि यकल यात्री
*******      ******    ****
    "नारी दिवस"
सक्नु पर्छ हाम्ले सहन सुनामी
र खानु पर्छ   पुरुष झैँ सलामी
चुपचाप बसेर कति हेपिने
बन्नु पर्छ आफै बोक्सि आफै धामी
ल्याएर  परिवर्तनको सुनामी
अगाडि बड्नु पर्छ महिला हामी।
- सागर ठकुरी
तिनकन्या ६ ,सिन्धिली ,हाल मलेसिया।
****    ***     *****
 
     "नारी दिवस"
सक्षमताले नै जितौँ नारी  पद
आरक्षणले क्षमता भयो वद
धर्ती चलायौँ पवन नि उडायौँ
सामर्थ्यले बनाउँछौ उच्च कद
 
दिए देखी समताले देउ पद
चलाँउछौ मन्त्रालय  परिषद।
- राजिव जिसि संघर्षी

No comments:

Post a Comment