- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 10 August 2017

केही केस्राहरु -२०७४



            साहित्यिक चौतारी नेपालमा लेखिएका केस्राहरु

        "तिज"

दुई दिनको छुट्टी मिलाएर
रमाउ दिदी माईति आएर

फर्केर जाउली छिट्टै घरैमा
आमाले पकाएको दर खाएर

नाच्दै लन्डनको सारी लाएर
पीर भुल्नुपर्छ गीत गाएर ।
- समर्पित बिमस
***     *****       ****

       "पहिचान"

आफ्नै अस्तित्वको मेटिदैछ सिमा
अनेकौं विकृती आए संस्कृतिमा

Monday 7 August 2017

चोमु शेर्पा खुशी

     चोमु शेर्पा खुशी जीका दुई केस्रा
     
चोमु शेर्पा खुशी
ताप्लेजुङ ,हाल-दमक,झापा ।
 
            "बिस्थापन"

चिनाजान भयो साथी बनाईयो
वास्तविकता नि  सबै बताईयो

उस्ले मेरो बदनाम गर्नु थिएछ
ब्यर्थैमा चिनो मायाको पठाईयो

फेरि  नबोल्ने  योजना बनाईयो
अनि  पुरै  दिलैबाट    हटाईयो।
****       *****    ******
   
         जिन्दगी

जिन्दगी हो भन्छन् कर्कलाको पानी
दु:ख  सहनु  रे आफ्नै  भाग्य  ठानी


Tuesday 25 July 2017

Empti ness सुरेश राई

सुरेश राई  Empti Ness  जीका केस्राहरु 
सुरेश राई Empti ness
उदयपुर

१.  "विपरितमा"

रात  नभए   के  अर्थ  बिहानिको
बृद्ध  भएर  जाने  त्यो जवानिको

दुखले नै सुखको अस्तित्व राख्छ
मरुभूमिमा  महत्त्व हुन्छ पानीको

हुँदैन    समय    सधैं   बिहानीको
यहि   परिक्षा   हो  जिन्दगानीको।


२.  भ्रम

ढुङ्गा  टिपेर  मन्दिरमा राखियो
अनि  त्यसैलाई  ईश्वर मानियो

आमाको चीत्कार सुनेन उसले

जसलाई  सधै  इश्वर  सम्झियो

ईश्वरको  नाममा  भ्रम राखियो
यथार्थमा ढुङ्गा त ढुङ्गा नै थियो।


३.  छुवाछूत

Sunday 9 April 2017

"अस्तित्व" केस्रा संग्रह विमोचन

केस्रा विधाको चौथो संग्रह तथा केस्रा विधाको तेश्रो एकल केस्रासंग्रह "अस्तित्व" ( भारतबाट पहिलो केस्रा कृति) को विमोचन कार्यक्रमको केहि झलक
* केस्रासर्जक:- रण काफ्ले
* आयोजक:- असम नेपाली साहित्य सभा
* मिति;- ०९-०४-२०१७




Friday 10 March 2017

शिर्षक एक केस्रा अनेक

       
नेपाली साहित्यको विकास र विस्तारमा अनवरत क्रियाशील हाम्रो साहित्यिक संस्था साहित्यिक चौतारी नेपालले १०७ अौ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा साहित्यिक चौतारीको नियमित छलफल कक्षमा नारी हक, अधिकार र सशक्तीकरणका पक्षमा वकालत गर्दै शिर्षक एक केस्रा अनेक बिशेष कार्यक्रम सम्पन्न गरेका छौँ । साहित्यिक चौतारी नेपालकि सक्रिय नारी श्रष्टा केस्रा सर्जक प्रभा ढुङ्गानाको संयोजकत्वमा भएको उक्त केस्रा लेखन बिशेष कार्यक्रममा साहित्यिक चौतारी नेपालकी प्रमुख सल्लाहकार सावित्रा लुइँटेल घिमिरे लगायत समस्थ पदाधिकारीहरु, नारी श्रष्टाहरु तथा सिङ्गो साहित्यिक चौतारी परिवारका सबै सहकर्मी श्रष्टाहरुले उत्साहजनक रुपमा सहभागिता जनाउनु भएको थियोे। प्रस्तुत छ सोही कार्यक्रममा संरचित शिर्षक एक केस्रा अनेक "नारी" शिर्षकका यी सुन्दर केस्राहरु:--
१.    केस्रा : नारी