- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

घोषणा-पत्र

        नेपाली साहित्यमा 'केस्राविधाको प्रतिपादन तथा घोषणा-पत्र                               २०६८/२०१ 

शब्द अर्थ -
केस्रा/केस्रो - (ना.) फलफूल (सुन्तला आदि) -को भित्र पट्टिको तह वा टुक्रा । - 'सरल नेपाली शब्दकोश' -२०६२
केस्रा/केस्रो - (ना.) सुन्तला आदि फलको भित्र  पट्टिको खण्ड खण्ड परेको भाग वा टुक्रा । - 'राष्ट्रिय नेपाली शब्दकोशबहुभाषी शब्दकोश -२०६३
केस्रा सुन्तलाकागतीभोगटे जस्ता रेसादार फल र लसुनको पोटीमा रहेका सजिलै छुट्टिने  एउटा खण्ड।- 'समकालीन नेपाली शब्दकोश'-www.nepalisabdakos.com

 
केस्रा/केस्रो - (ना.) सुन्तला आदि फलको बोक्राको भित्र पट्टि रहने पातलो बोक्रासमेत भएको खण्ड-खण्ड परेको टुक्रामांशपेशीमा रहेको धागाका आकारको तह । - 'रत्न नेपाली शब्दकोश' -२०६२
परिभाषा 
       
यथार्थ जीवनको कुनै एक अवश्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरि सोहि पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै 'केस्राहो ।

अवधारणा -    
      वर्तमान समय निकै तेज रफ्तारमा  चलिरहेकोछ । हरेक उपभोगका वस्तुहरु सटिक र चुस्त हुन थालेकाछन् । ठुलो परिमाणका वस्तुहरुलाई परिमार्जन गरेर केही हदसम्म सानो आकार बनाएर छिटोचुस्तसूक्ष्मप्रभावकारी र छुट्टै विशेषतामा तयार भईरहेकाछन् । अहिले कुनै पनि वस्तुको माग बढ्दो गतिमा छ । सो अनुरुप पूर्ति हुन सकेको छैन । मुख्य आवश्यकतालाई पहिचान गरि जति सक्दो सानो परिमाणमा भए पनि उपलब्ध गराउने कोशिस गरिएकोछ । साथैराजनीतिकआर्थिकसामाजिकसास्कृतिकशैक्षिकऔधोगिक आदि क्षेत्रमा पनि पुरानो मान्यताहरुलाई परिवर्तन गरि आधुनिक ढंगले गतिशील बनाईदैछ । यी क्षेत्रहरुमा सूक्ष्म प्रभावबाट हुने परिवर्तनले पनि आशातीत प्रगति भएकाछन् ।
           
आजकाल हरेक विषय वा क्षेत्रमा हुन सक्ने छिटोचुस्तप्रभावकारी पक्षलाई विशेष महत्व दिने गरिन्छ ।

एउटा निर्धारित वा समयसीमामा काम गर्ने मजदुर तथा श्रमिकहरुले पनि अतिरिक्त थोरै काम सिध्याई बढी पारिश्रमिक पाउने अपेक्षामा काम गर्न लालयित हुन्छन् । त्यस्तै मनोरञ्जनका श्रव्य दृश्यमा लाग्ने समयमाध्यम तथा साधनहरुलाई पनि छोट्याएर अझ सशक्त र प्रभावकारी बनाईदै गईरहेकाछन् । प्रविधिहरुमा पनि धेरै नै छिटोछरितोटिकाउसूक्ष्मताप्रभावकारीतालाई अपनाउन थालिएकोछ । टेलिभिजनकम्प्युटररडियोहरु आज एफ.एमसाथै मोवाईलको माध्यमले हातमा राखेर आफु अनुकुल चलाउन सकिन्छ ।  कार्यलयका कागजपत्रहरु सजिलो छिटोको लागि  कम्प्युटरमा फाइल तयार गरि सुरक्षित राखिन्छ। ठुल-ठुला दराज चाहिने ठाउँमा एउटा 
सानो मेमोरी कार्डले काम चलाउन थालिएकोछ   कम्प्युटरका आंशिक कामहरु आजकाल मोवाईलले पनि गर्न थालेकोछ । यी हरेक क्षेत्र वा वस्तुहरुमा हुने विशेषतालाई पहिचान गरि समयानुकूल  परिमार्जन गरेर अझ प्रभावकारी बनाईदैछ । यसरी समयानुकुल परीवर्तन हुँदा  उक्त क्षेत्र तथा वस्तुमा एउटा नयाँ  संरचना/ढाचाको आधार नै तयार भएको हुन्छ । यस्तो संरचना पुरानो स्वरुपसंग  केही मिल्दोजुल्दो देखिएता पनि त्यसमा लागू  हुने मान्यताविशेषताउपयोगिता आदिमा धेरै नै भिन्नता हुने गर्दछ । जसले गर्दा सोही नामले सम्बोधन गर्न असान्दर्भिक हुने गर्दछ र छुट्टै नामले स्थापित हुने गर्दछ ।
        
वर्तमान नेपालको राजनीतिक अवश्थाले ठुलो फड्को मार्ने कोसिस गर्दैछ । केन्द्रिकृत  शासन प्रणालीले आफुलाई छिटोचुस्त बनाउन नसक्ने भएर नै गणतन्त्र तर्फ उन्मुख भईरहेकोछ । निश्चित सीमा-क्षेत्र भित्र रहेर त्यहाँका जनताहरुको साना-तिना समस्यालाई पनि छिटोचुस्त अनि प्रभावकारी ढंगले समाधान गर्नका साथै प्राकृतिक स्रोत साधनहरुको सहि परिचालन गर्ने कोशिसमा लागि पर्न चाहेकाछन् । यसो हुनु भनेको एउटा ठुलो परिमाणको वस्तु वा क्षेत्र वा कार्यको विभाजन हुनु हो । त्यसबाट विभाजन भएको सानो परिमाणले पनि ठुलो परिमाण अन्तर्गत रहेर प्रभावकारी पहिचान बनाउन खोजिएको हो । यसरी कुनै पनि वस्तु तथा क्षेत्रको ठुलो परिमाणलाई खण्डीकृत गरि छुट्टएिका प्रत्येक खण्ड-खण्डहरु मध्ये कुनै एक खण्डले पनि उही ठुलो परिमाणमा हुने प्रभाव बराबरको प्रत्याभूति दिलाउन सक्दछ । ति ठुला परिमाणका वस्तु तथा विषयलाई यसरी खण्ड वा अंशमा विभाजन गरेर एक खण्ड वा अंशलाई मात्र व्याख्या वा स-विस्तार गरी समेटिएको साहित्य नै 'केस्राविधा हो । यसमा कुनैपनि विषयवस्तुको कुनै एक पक्षको विशेष उल्लेख तथा उजागर अति महत्वपूर्ण रहेको हुन्छ । कुनैपनि विषयवस्तु तथा अनुभवको अनुभूतिमा हुने मानवीय संवेदना तथा संवेगको एक पक्षलाई विशेष महत्वका साथ अभिव्यक्त गरिएको हुनु पर्दछ ।
            
गतिशील समयक्रमको परिवर्तनहरुले साहित्यमा पनि प्रमुख भूमिका खेल्ने गर्छन् । समय समयमा हुने घट्नाक्रमको आमूल परिवर्तनले साहित्यलाई पनि आमूल परिवर्तन गर्न बाध्य बनाएको हुन्छ । यसर्थ साहित्यका प्रचलित अन्य विधाहरु भएता पनि समय सान्दर्भिक 'केस्रा'को आफ्नै  विशेषतासंरचना तथा मान्यता आदिले गर्दा अन्य विधासंग अतुलनीय रहेकोछ । यिनै आधारशिलाबाट 'केस्राविधाको प्रतिपादन भएको हो ।

 स्थानान्तरण/भाषान्तर 
'केस्रा'को मान्यतामा रहेर विश्वको कुनैपनि भाषा लिपिमा आयातीत विधा स्वीकारेर 'केस्रालेखिन सकिनेछ । 'केस्रानाम अचल र यथावत रहनेछ । कुनै पनि भाषासंग 'केस्राशब्द मेल हुन पुगेमा यसको अर्थ र परिभाषा नेपाली नै मान्य हुनेछ ।
केस्राको प्रकार -
आकृति केस्रा :-  उठानको दुवै हरफविश्रामको दोश्रो हरफ र बैठानको दुवै हरफको अन्तिममा अनुप्रासको प्रयोगमा लेखिएको केस्रा । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वच्छन्द लयमा लेखिनेछ ।
          [
आकृति आकारस्वरुप कुनै वस्तुचीज आदिको आकाररुप ]
           संरचना :- क ख ग घ ''
                    ङ च छ ज ''
                           
                    झ ञ ट ठ ड
                    ढ ण त थ ''
               
                    द ध न प ''
                    फ ब भ म '
    (उपर्युक्त संरचनामा प्रयोग भएका व्यञ्जन वर्णहरु (,,...) शब्दहरु हुन भने स्वर वर्णहरु (,,,अ,)अनुप्रास मानिएकोछ।)आवृति केस्रा :- अनुप्रासको अघिल्तिर वा मध्य भागमा राखेर प्रत्येक हरफमा वा विश्रामको पहिलो हरफमा बाहेक अन्य पाँच हरफमा कुनै शब्दलाई दोहोर्‍याएर लेखिएको केस्रा । यसलाई एउटा शब्द र अनुप्रासको मात्र प्रयोग गरेर पनि लेख्न सकिनेछ । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वच्छन्द लयमा लेखिनेछ ।
                    [
आवृति दोहोर्‍याउनु,संस्करण ]
                   
संरचना :- क 'ख ग ''
                            
घ 'ङ च ''
                          
                            
छ ज झ ञ ट
                            
ठ 'ड  ढ ''
              
                            
ण 'त थ  ''
                            
द 'ध न '
    (
उपर्युक्त संरचनामा प्रयोग भएका व्यञ्जन वर्णहरु (,,...) शब्दहरु हुन भनेर "आवृति शब्द र स्वर वर्णहरु (,,,अ,)अनुप्रास मानिएकोछ ।
अलङ्कार केस्रा :- वैज्ञानिक ढंगले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको संरचना निर्माण गरि लेखिनेछ ।केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको अनिवार्य प्रयोगमा आकृति केस्रा र आवृति केस्राको संरचनामा लेखिने केस्रा नै अलङ्कार केस्रा हो ।  
(
अलङ्कार:-  गहनाआभूषणकाव्यलाई सिंगार्ने शैलीविशेष )
अनुप्रास - उठानको दुवै हरफविश्रामको दोश्रो हरफ  बैठानको दुवै हरफको अन्तिममा लेखिने श्रृति माधुर्य शब्दालङ्कार शब्द  तोकिएको हरफमा अनिवार्य अनुप्रासको प्रयोग गर्नु पर्नेछ  एउटा 'केस्रा'मा चार वटा अनुप्रासको प्रयोग हुनेछ  बैठानको पहिलो हरफमा उठानको पहिलो अनुप्रास दोहोरिनु (अनुप्रास पुर्नावृतिबाहेक अन्य अनुप्रासहरु दोहोरिएमा मान्य हुने छैन 
अनुप्रास पुर्नावृति -
केस्रा भनेको कुनै पनि फल वा विषयवस्तुको एक खण्ड वा अंश होजो फल खाईएको हो त्यसको मात्र स्वाद अन्तसम्म हुने गर्दछ  एउटा विषय वा भावमा केन्द्रित  भएर सटिकचुस्तसूक्ष्म लक्षणमा लेखिनु पर्ने भएकोले उठानको पहिलो अनुप्रास बैठानको पहिलो हरफमा अनुप्रासको पुर्नावृति अनिवार्य भएको हो 

अनुप्रासको प्रकार -
             अनुप्रास चार प्रकारको हुनेछ 

समश्रुति अनुप्रास :- अनुप्रास शब्दको पहिलो वर्ण/अक्षर भिन्न भएता पनि वर्णविन्यासमा समान स्वर भएको साथै बाँकि लिपि चिन्हहरु दोहोरिएको शब्द  जस्तै :-
                कामधाममामखाम = समान स्वर उच्चारण 'आम
              ++ = काम++ = धाम++ =माम++ =खाम
         लुकाउनुफुकाउनुसुकाउनुझुकाउनु = समान स्वर उच्चारण 'उआउनु'
++++++लुकाउनु,++++++फुकाउनु,  ++++++सुकाउनु++++++झुकाउनु

स्वरश्रुति अनुप्रास :- दुई स्वर वर्ण वा व्यंजन वर्ण भन्दा ज्यादा भएको अनुप्रास शब्दको अन्तिम लिपि चिन्ह दोहोरिए पनि अघिल्तिरको  वर्ण/अक्षर असमानता तर वर्णविन्यासमा समान स्वर भएको साथै पहिलो  अन्तिम लिपि चिन्ह समान तर विचको अक्षर भिन्न भएता पनि स्वर उच्चारण समान भएको शब्द  जस्तै:-
             गुहारपुकारसुधारजुनार = समान स्वर उच्चारण 'उआर'
                 ++++ =गुहार,  ++++ = पुकार,
                ++++ = सुधार,  ++++ = जुनार,

       आकारआधारआभारआहार = समान स्वर उच्चारण 'आआर'
             +++ = आकार,  +++ = आधार,
             +++ = आभार,  +++ = आहार

        ताक्छखान्छनाच्छलाग्छ = समान स्वर उच्चारण '~'
                 ++क्+ = ताक्छ,  ++न्+ =खान्छ,
              ++च्+ = नाच्छ,  ++ग्+ = लाग्छ

अल्पश्रुति अनुप्रास :- कम्तिमा दुई लिपि चिन्ह भएको अर्थ भेदक शब्द वा  स्वर उच्चारण मिलेको लामो  छोटो अलग अलग शब्दांशको उच्चारण वा लामो शब्दका अन्तिम समध्वनि अक्षर समान उच्चारणबाट बन्ने अनुप्रास  जस्तै :-
               पापअभिशापधरापविलाप = समान स्वर उच्चारण 'आप'
                     ++ = पाप,  +++++ = अभिशाप,
                     ++++ = धराप,  ++++ = विलाप

आश्रित अनुप्रास :- कुनै दुई अक्षर अलग-अलग लिपि चिन्ह वा शब्दको संयोजनबाट अर्थ खुल्ने शब्दको अनुप्रास 
जस्तै :-
           भा'कोगा'कोखा'कोला'को = समान स्वर उच्चारण 'को'
                  +'+ = भाको,  +'+ = गाको,
                  +'+ = खाको,  +'+ = लाको

       के जे दे ले  = समान स्वर उच्चारण 'एछ'
                 +/ = के ,  +/ = जे ,
                 +/ = दे ,  +/ = ले  
       पनि, नि, नि,भनि = समान स्वर उच्चारण 'अनि
                 ++नि = पनि,      +/नि =  नि
                +/नि =  नि,    ++नि = भनि

अनुप्रासको प्रयोग 
श्रृति मधुरताको लागि उल्लेखित हरफहरुमा अनिवार्य अनुप्रासको प्रयोग हुनु पर्दछ । अनुप्रास शब्दको छनौट गर्दा वर्ण विन्यासमा विशेष ध्यान दिनु पर्दछ ।
मान्य हुने अनुप्रास :-चार प्रकारबाट बनेका अनुप्रासका शब्दहरु ।
आश्रित अनुप्रास र स्वरश्रुति अनुप्रास शब्दको स्वर वर्ण र वर्ण विन्यास मिलेमा ।
जस्तै :- दे'ले'छ (आश्रित अनुप्रासर सेक्छभेट्छ  (स्वरश्रुति अनुप्रास) = +/+/, =++क्+++ट्+छ प्रयुक्त अनुप्रासमा समान स्वर उच्चारण 'ए छलिपि चिन्ह गणना 
सबै प्रकारका अनुप्रासहरुको स्वर समान उच्चारण र अन्तिम वर्ण वा लिपि चिन्ह समान भएका शब्दअनुप्रासहरु ।
        जस्तै :- काम्छलासम्हाल्छमार्छ
अनुप्रास शब्दको अन्तिम श्रुति समान व्यंजन वर्णहरु  '/साथै आधा अक्षर 'न्/ण्/ञ्त्यस्तै : '/को एक अर्काको सट्टामा प्रयोग भएता पनि समान अर्थ मानिनेछ ।
प्रचलित अंग्रेजी शब्द तथा अन्य भाषाका शब्दहरु [आगन्तुक शब्द] जो नेपाली भाषामा नभई सोहि भाषामा बोलिने /बुझिने शब्द अनुप्रास शब्दको लागि मान्य हुनेछ ।
जस्तै :- गिलासरेडियोमोबाईलरोडस्कुल आदि ।
      निपा शब्दहरु (,रे,लौ,पो,नि,अरे,क्यारे,हगी..]...आदि अनुप्रास शब्दको पछाडि प्रयोग भए अपवादको रुपमा मान्य हुनेछ।यस्तो केस्रा 'आवृति केस्रा’ अन्तर्गत पर्नेछ ।
[दृष्टान्त:- मान्य हुने निपात शब्दहरुको प्रकार:-  अ) एकाक्षरी निपात शब्द   आ) दुई अक्षरी निपात शब्द ]

अमान्य हुने अनुप्रास :-
स्वरश्रुति अनुप्रास शब्दको अक्षर संरचनामा केहि लिपि चिन्ह वा वर्ण मिल्दो-जुल्दो भएमा ।
जस्तै :- गुहारमुहारपुकारसुधार प्रयुक्त अनुप्रासको अक्षर संरचनामा 'पुकार/सुधार' बाहेक 'गुहार/मुहार' ='हार' शब्द वा अक्षर एकै भएकोले मान्य हुने छैन ।
) अल्पश्रुति अनुप्रास शब्दको अक्षर संरचना मा केहि लिपि चिन्ह वा वर्ण मिल्दो-जुल्दो भएमा ।
जस्तै :- पापधरापसरापराप प्रयुक्त अनुप्रासको अक्षर संरचना मा 'पापबाहेक 'धराप/सराप/राप' = 'रापशब्द वा अक्षर एकै भएकोले मान्य हुने छैन ।
अनुप्रास शब्दको अन्तिम श्रुति समान व्यंजन वर्णहरु /साथै 'न्/ण्/ञ्' त्यस्तै '//' को एक-अर्काको सट्टामा प्रयोग बाहेक अन्य कुनै पनि श्रुति समान लिपि चिन्ह वा वर्ण मान्य हुने छैन । 
अनुप्रास शब्दको अन्तिम लिपि चिन्ह वा वर्णको स्वर उच्चारणमा एक रुपता भए पनि अघिल्लो अक्षर तथा लिपि चिन्ह वा वर्णको स्वर तथा उच्चारण असमान भएमा मान्य हुने छैन ।
जस्तै :- सकिनमानेनदिएनभएन प्रयुक्त अनुप्रासको अन्तिम लिपि चिन्ह वा वर्ण '' मात्र समान रहेकोछ ।
जस्तै :-
सराबधरापकरारदराज प्रयुक्त अनुप्रासको अघिल्लो अक्षर तथा लिपि चिन्ह वा वर्णको स्वर समान भएता पनि अन्तिम लिपि चिन्ह वा वर्ण असमान रहेकोछ ।
प्रचलित नेपाली भाषामा अर्थ भएका अंग्रेजी शब्द तथा अन्य भाषाका [आगन्तुक] शब्दहरु अनुप्रास शब्दको लागि मान्य हुने छैन ।
जस्तै :- टेन्सनबुकफिदालास्टफिनिश आदि ।
 निपाद शब्दहरु (,रे,लौ,पो,नि...आदि अनुप्रास शब्दको पछाडि प्रयोग भई अपवादको रुपमा मान्य भएता पनि अन्य स्वतन्त्र अर्थ भएका शब्दहरु साथै सहायक क्रियाको प्रयोग भएमा मान्य हुने छैन ।

आधारभूत तत्व -
संरचना :- छ हरफमा लेखिए पनि प्रत्येक दुई-दुई हरफ अलग-अलग रहनेछन्  तर यी सबै हरफ एउटा विषयवस्तुमा अन्योन्याश्रित  हुन जरुरी छ । यो संरचना बाहेक छ हरफमा केस्रा कै मान्यतामा रहेर स्वरुपलाई फेरबदल गरिएमा त्यसलाई 'ढाँचा केस्रा' भनिन्छ ।
प्राविधिकता :- केस्रा निश्चित प्रविधिको संयोजनमा लेखिन्छ ।
          
हरफ :- यसमा पहिलो र दोश्रो हरफ 'उठानतेश्रो र चौथो हरफ 'विश्रामपाँचौ र छैठौ हरफ 'बैठानहो । 'उठान'ले विषयवस्तुको प्रवेश वा उठान गर्छ । 'विश्राम'ले उत्कर्ष वा जिज्ञासाको खुलासा गर्छ । र, 'बैठान'ले विषयवस्तुको निराकरण गर्दछ ।
         
अनुप्रास :- यसमा अनुप्रास अनिवार्य तत्व हो । एउटा केस्रामा 'उठान'को पहिलो अनुप्रास 'बैठान'को पहिलो हरफमा अनिवार्य दोहोर्‍याउनु पर्दछ । अन्य कुनै पनि अनुप्रास पुनः दोहोर्‍याईएमा मान्य हुने छैन ।
         
शिर्षक :- कुनैपनि विषयवस्तुलाई सम्बोधन गर्नको लागि नाम हुन आवश्यक पर्दछ । 'केस्रा'मा शिर्षक अनिवार्य हुनु पर्दछ । शिर्षक विनाको 'केस्राहुन सक्दैन । शिर्षक छनौट गर्दा विषयवस्तुलाई प्रतिनिधित्व गर्न सक्ने वैचारिकसांकेतिकभरसक छोटो हुनु पर्दछ ।
        
अल्प/अर्ध-विश्राम :- आकृति केस्रा र आवृति केस्रामा स्वःलय तथा स्वच्छन्द हुने  भएकोले जति पनि अक्षर तथा लिपि चिन्हको केस्रामा अल्प/अर्ध-विश्रामको अनिवार्यता छैन । 'अलङ्कार केस्रा'मा छन्दको निर्माण प्रक्रिया मुताबिक लागू  हुनेछ ।
शिल्प :- लेखन शैलीविषयको प्रस्तुतिरचनात्मक पक्षवैचारिक पक्षसंरचना  पक्ष,शब्दहरुको संगठनात्मक ढाँचा आदिको समष्टिमा 'शिल्पकेन्द्रित हुने गर्दछ । 'केस्रा'मा कथ्यआंशिक लय भएता पनि वैचारिकतामा एक पक्ष वा विषयवस्तुको कुनै एक खण्ड वा अंशको स-विस्तार भएकोले समष्टि गुणहरुको प्रभावसंगै विषयवस्तुको 'अंशात्मकयसको प्रमुख तत्व वा 'शिल्पहो ।
लय :- 'केस्रा'मा लय अनिवार्य तत्व होईन । यद्धपि अनुप्रासको प्रयोग हुने भएकोले लयमा आबद्ध हुनु जरुरी छ ।
प्रस्तुति :- कुनैपनि विषयवस्तुको एक खण्ड वा एक पक्षलाई विश्लेषण गरि सिलसिलेवार प्रस्तुति हुनु पर्दछ ।
विषयवस्तु :- 'केस्रा'मा कुनैपनि विषयवस्तु वर्जित छैन । यद्धपि उक्त विषयवस्तुको एक खण्ड वा एक पक्षलाई कति ध्यान दिईएको छ यो नै प्रमुख महत्व हो ।
भाषा :- साहित्य र समाज परस्पर विषय हुन । यसर्थ 'केस्रा'मा प्रयोग हुने शब्द तथा भाषा अनुशासित र लोकपाच्य हुनु पर्दछ । यसमा कुनैपनि क्लिष्ट वा सरल शब्द समावेश गर्न सकिन्छ ।
वाचन :- प्रत्येक हरफको वाचन पछि सासलाई अल्पविश्राम लिने । यहि क्रममा उठानको पहिलो हरफ एक पटक दोहोर्‍याउने र अन्य हरफलाई नदोहोर्‍याई 'विश्राम'सम्म वाचन गर्ने र अर्ध विश्राम लिने । त्यसपछि 'विश्राम'कै हरफलाई सरसर्ती दोहोर्‍याएर 'बैठान'को हरफ वाचन पछि अर्ध-विश्राम लिने । रअन्त्यमा 'उठान'लाई वाचन गरेर समाप्त गर्ने । वाचनमा 'उठान'को पहिलो हरफ बाहेक अन्य हरफलाई दोहोर्‍याई-दोहोर्‍याई वाचन गर्नु हुँदैन ।
)प्रत्येक हरफमा अनिवार्य अल्प विश्राम  
                   वाचन संरचना:-                                   उठान:  क ख ग घ ’..... अल्पविश्राम (...... ,) अनिवार्य पुन:वाचन                                               ङ च छ ज ’..... अल्पविश्राम (... ,)
                                
विश्राम:  झ ञ ट ठ ड ... अल्पविश्राम                                               ढ ण त थ ’ ....अर्धविश्राम (.... ; ) अनिवार्य अर्धविश्राम
                                                       [
विश्रामलाई पुन:वाचन ]
                                 
बैठान:  द ध न प ’ ....अल्प विश्राम (... ,)
                                           फ ब भ म ’ । ..... अर्धविश्राम (..... ; ) अनिवार्य अर्धविश्राम
                                                             [
अन्तमा उठानलाई पुनवाचन ]
[
उपर्युक्त संरचनामा प्रयोग भएका व्यञ्जन वर्णहरु (,,...) शब्दहरु हुन भने स्वरवर्णहरु (,,,(अनुप्रास मानिएकोछ।]
(उठानको पहिले हरफ बाहेक अन्य हरफ पुनवाचन हुने छैन।    अवश्था र समयसीमा :- विषयवस्तुको अवश्था तथा परिस्थिति एउटा घट्नामा आधारित हुनु पर्दछ । सोही प्रकृतिको घट्नालाई सादृश्य गर्न सकिन्छ । समयसीमामा कुनै बन्देज छैन । यद्धपि समय फरक-फरक भएता पनि एकै सन्दर्भभाव वा पक्षको प्रत्याभूति अनिवार्य हुनु पर्दछ ।
          
कल्पना/परिकल्पना :- कुनैपनि विषयलाई कल्पना मै सीमित रहेर लेख्न सकिन्छ ।  साथै कुनै कालमा उतारेर टुंग्याउन सकिन्छ ।
         
भुतकाल :- बितेको अवश्था वा विषयलाई भुतकाल मै सीमित रहेर लेख्न सकिन्छ । साथै कुनै कालमा उतारेर टुंग्याउन सकिन्छ ।
        
वर्तमानकाल :- वर्तमान घट्ना वा सम-सामयिक विषयलाई वर्तमान मै सीमित रहेर लेख्न सकिन्छ । साथै कुनै कालमा उतारेर टुंग्याउन सकिन्छ ।
      
भविश्यकाल :- सम्भावित घट्ना वा विषयवस्तुलाई कारण दर्शाएर वा भवितव्य मै रहेर लेख्न सकिन्छ ।

संरचना/मान्यता -
) 'केस्रा'मा अनिवार्य  हरफ हुनेछन्  तिनीहरु दुई-दुई हरफको एक संयोजनमा रहनेछन 
) हरफ समायोजनको नामकरण :-
          
पहिलो समायोजन :- 'उठान' =उठाउने कामशुरु गर्ने कामथलानीआरम्भ,प्रारम्भसुरुवात 
               
परिभाषा :- कुनैपनि विषयवस्तुको प्रवेश वा सुरुवात  दुवै हरफमा अनिवार्य समध्वनि  अनुप्रास हुन पर्दछ।
              
संरचना :-     ''
                              
    ''
        
दोश्रो समायोजन :- 'विश्राम'बसाईअडान,काम/परिश्रम आदि गर्दा थकाई मेटाउन आराम गर्ने काम।
            
परिभाषा :- सिलसिलेवार विषयवस्तुको उत्कर्ष वा जिज्ञासाको खुलासा  पहिलो हरफमा अनुप्रास मुक्त  दोश्रो हरफमा अनिवार्य समध्वनि अनुप्रास हुनु पर्दछ 
            
संरचना :-     
                            
    ''
        
तेश्रो समायोजन :- 'बैठान' = कुनै कामको अन्त्यटुङ्गो/रहने ठाउंटुंगोठेगान 
             
परिभाषा :- सिलसिलेवार विषयवस्तुको निराकरण  पहिलो हरफमा अनिवार्य 'उठान'को  पहिलो अनुप्रास 'अनुप्रास पर्नावृति’ दोहोर्याउनु पर्दछ  दोश्रो हरफमा समध्वनि अनुप्रास हुनु  पर्दछ 
           
संरचना :-     ''
                           
    ''

) 'केस्राको कुनै पनि हरफ ज्यादामा 'बाह्र लिपि चिन्ह सम्मको हुनुपर्दछ  ‘बाह्र’ लिपि चिन्ह भन्दा कममा लेखिएका केस्राको स्वरवर्णहरु [,  ... ] आवश्यक अनुसार गणना गर्ने तर एउटा हरफमा एउटा स्वरवर्ण मात्र छुट हुनेछ  लेखिएका पूर्ण  उच्चारणमा आधा हुने व्यञ्जन वर्णहरुलाई [ ...] अनिवार्य गणना गर्नु पर्नेछ  कम्तिमा जति पनि अक्षर वा लिपि चिन्हको प्रयोग गरे पनि भावार्थ अनिवार्य खुलेको हुनु पर्दछ 
          
उदाहरण :- मलाई = // वा / लिपि चिन्ह तथा व्यंजन वर्ण गन्ति हुनेछ  'स्वर भएकोले गणना अनिवार्य  छैन 
                            
मनको = // उच्चारण गर्दा 'आधा हुन सक्छ तर लेखाईमा पूर्ण अक्षर हुने भएकोले अनिवार्य गणना गर्नु पर्दछ 
                           
आऊ  = / वा 
) लेख्दा हलन्त् तथा आधा व्यञ्जन वर्णलाई गन्ति नगर्ने 
         
उदाहरण :- तोड्नु = /,
                           
सम्झौता = //

अंकको प्रयोग -केस्रा लेखनका लागि मात्र शब्दसंग लेखिने तथा अक्षरको अगाडि वा पछाडि अर्थ खुल्ने गरि लेख्न सकिने अंक वा अंकको प्रयोग मान्य हुनेछअंकको गणना हुने छैन,अंकलाई अक्षरश: लेखिए अनिवार्य गणना गर्नु पर्नेछ,
         उदाहरण :-  थर = ,  १२महिना =,  वि४ = ,   समा४ = ,  हजारौ = 
अनुप्रासको लागि अक्षरमा लेखिएका कुनै पनि अंक मान्य हुनेछ,
        उदाहरण :- बीस/तीस/चालिस/रिससमान स्वर उच्चारण 'इस
अनुप्रासको लागि अंकको प्रयोग मान्य हुने छैन,
       उदाहरण :- २१/३१/४१/५१ = समान अन्तिम अंक '
                        मासी/८५/८६/सतासी = समान स्वर उच्चारण 'आसी
                        नाश/मास/५०/तास =समान स्वर उच्चारण 'आस
केस्राको वाचन  गायनमा अंकको प्रयोग मान्य हुने छैन तर अंकलाई अक्षरमा रुपान्तर गरि लिपि चिन्ह  गणना भएका कुनै पनिे अंकहरु वाचन  गायनका लागि मान्य हुने छन् 

काल विभाजन:-
१) प्राथमिक काल ( २०६८ देखि..) - केस्रा विधाको घोषणा भएको मिति देखिको समय । यो काललाई दुई चरणमा विभाजन गरिएकोछ । 
क) प्रारम्भिक चरण
ख) प्रारम्भिक उत्तरार्द्ध चरण

क) प्रारम्भिक चरण (२६-०६-२०६८ देखि १७-०९-२०६८ ) :- केस्रा विधाको घोषणा भएको मिति देखि 'केस्रा विधा सार्वजनिक तथा पत्रकार सम्मेलन' सम्मको समय । यस चरणमा केस्रा श्रृजना गर्नु हुने केस्राकारहरुको नाम यस प्रकारका छन् :-

१) मौलश्री लिम्बू झापा, हाल - मलेसिया
२) दिलिप 'सगर' राई मोरङ्ग, '' ''
३) जीवन देवान 'गाउाले' धनकुटा, '' ''
४) कृष मगर चितवन '' यु.ए.इ.
५) स्याङ्जाली रमेश स्याङ्जा '' ''
६) रमेश कुंवर 'गोठाले’ उदयपुर '' मलेसिया
७) आङ्देम्बे राज सहयात्री पांचथर '' ''
८) रुपेस फत्र '' '' ''
९) रुद्र मिश्र '' '' ''
१०) केशर सुब्बा '' '' ''
११) लक्ष्मि माङ चेम्जोङ् '' '' ''
१२) गन्जुश्री सेर्मा '' '' ''
१३) गनिन्द्र विवश सुब्बा तेह्रथुम '' ''
१४) इन्द्र चोङवाङ 'अपेक्षा’ '' '' ''
१५) सन्जिब राई झापा, '' ''
१६) डम्बर तुम्बापो 'बुद्ध ’ झापा, हाल-मलेशिया
१७) जे.वि.राई 'रुमानी' मोरङ्ग, '' ''
१८) राज अविरल यात्री गिरी इलाम '' ''
१९) दान राई 'झरी’ उदयपुर '' ''
२०) नारदमनी राई संखुवा सभा '' ''
२१) भरत अधिकारी तनहुं '' ''
२२) दीप दर्शन जाजरकोट '' ''
२३) पराजीत राम काभ्रेपलान्चोक '' कतार
२४) नन्द कोयी राई खोटाङ् '' ''
२५) साथि समिर झापा '' यु.ए.इ.
२६) रिखुराम सूर्यवंशी पाल्पा '' ''
२७) सूर्य चेम्जोङ् सुनसरी '' ''
२८) ठागु जी लम्जुङ '' साउदी अरब
२९) सुदिप कोइराला मोरङ
३०) भत्ति प्रसाद पौड्याल ''

प्रारम्भिक चरणमा श्रृजना भएका केहि प्रतिनिधि
केस्राहरु :-
मौलश्री लिम्बू

'सत्ता'

कांध टेकेर चढ्छौ
खुट्टा तानेर बढ्छौ

सत्ता शत्तिको खेल
लेखी इतिहास पढ्छौ

जसरी हुन्छ चढ्छौ
अनि सर्तमा डढ्छौ 
(आकृति केस्रा)

दिलिप 'सगरराई

'मृत्यु'

 आउछ अनि जान्छ
सबैलाई फकाई लान्छ

कस्तो मै हुँ भन्नेलाई
कुनै निहुँ पारि तान्छ

 बिन्ती नसुनी जान्छ
आहार बनाई खान्छ 
(आकृति केस्रा)

जीवन देवान 'गाउँले'

'त्याग

 असल पति
ठान्दछे श्रीमती

सिरीखुरी सुम्पी
माया दिन्छे अति

सहि हुंदा पति
जान्छु भन्छे सती 
(आकृति केस्रा)

कृष मगर

'अनुरोध

नगर दिलको कुरा टारीदेऊ
नसाच दिलको कुरा मारिदेऊ

पीडा हुन्छ थाहा होला तिमीलाई
नतान्नु दिलको कुरा झारिदेऊ

नटिप्नु दिलको कुरा टारीदेऊ
अन्तै त्यो दिलको कुरा सारिदेऊ 
(आवृति केस्रा )

स्याङ्जाली रमेश

'दोष

चस्क्यो छाती
किन राती

भाग्य दोषी
हुँदा ताँती

आफ्नै छाती
छैन भाँति 
(आकृति केस्रा)
पराजीत राम

'भरिया'

बोकेर साहुको भारी
पुग्नुछ भञ्ज्याङ पारी

दुई छाक टार्न गाह्रो 
स्वास्नी माग्छे नयाँ सारी

थाप्लोमा पीरको भारी
बन्धकी  पाखो बारी 
(आकृति केस्रा)

जे.वि.राई 'रुमानी ’

'गार्ड'

मूल घरको आड
सधै घोट्छ हाड

ढोकैमा उभिएर
तन्काउछ ढाड

कम्पनीको आड
 सेकुरिटी गार्ड 
(आकृति केस्रा)

आङ्देम्बे राज सहयात्री

'पीडा'

पिरतीले दियो हात
अनि पछि दियो घात

सहनुको सीमा छैन
चोटैचोट्को दियो खात

बेहोशीमा दियो हात
सधै लाग्ने दियो मात 
(आवृति केस्रा )

दीप दर्शन

'सम्झना'

तिम्रै पीर्ले रुन्छु
सधै बेहोस् हुन्छु

सम्झना आउछ
तिम्रो फोटो छुन्छु

आँखा छोपी रुन्छु
आंसुले मुख धुन्छु 
(आकृति केस्रा)

१०साथी समीर

"आएँ"

आएँ हतार गरेर
आएँ नजीक सरेर

तिम्रै वरिपरि हेर
आएँ मुस्कान छरेर

आएँ भरोसा गरेर
आएँ मनमा भरेर 
(आवृति केस्रा)

११भरत अधिकारी

'कसम'

तिम्रै लागि जीवन धाने
के के भन्यौ  सबै माने

घाम छाँयाको जिन्दगीमा
भरपर्दो तिमीलाई छाने

कसम खायौ साथ धाने
त्यसैले तिम्रो हात ताने 
(आकृति केस्रा)

१२गन्जुश्री सेर्मा

'प्रिय सानी

चञ्चले रैछौ नानी
पुगेछौ नि जवानी

आहा वैशले लट्ठै
लजालु रै बानी

कसकी हौ  नानी
मायाकी रैछौ खानी 
(आकृति केस्रा)

प्रारम्भिक उत्तरार्द्ध चरण (१७-०९-२०६८/२०१२  देखि....) :- 'केस्रा विधा सार्वजनिक तथा पत्रकार सम्मेलनपश्चात् यताको समय 

उपर्युक्त 'घोषणा-पत्रनेपाली साहित्य विधाको लागि प्रतिपादित 'केस्रा' विधाको हो  यहाँ उल्लेखित शब्दहरुको अर्थले अर्को अर्थ नलागेमा अचल रहनुका साथै कुनै पनि समय तथा अवश्थामा परिमार्जन हुने छैन  यसैलाई आधार मानेर समयसापेक्ष मान्यता,आलेख तथा दस्तावेजहरु तयार पारी प्रकाशन गर्न सकिनेछ )
                                                                         प्रवर्तक:
मौलश्री लिम्बू
सतासी धाम-झापा,
हाल - मलेसिया

प्रवक्ताहरु :
दिलिप 'सगरराई उर्लाबारी-मोरङ्गहाल - मलेसिया
जीवन देवान 'गाउँलेबोधे-धनकुटाहाल - मलेसिया
कृष मगर मुग्लिङ् -चितवनहाल - यु.

सल्लाह / सुझाव

डा.गोबिन्दराज भट्टराई काठमाडौ
युवराज नयाँघरे ईलाम
कृष्ण वस्ती धनकुटा
भत्ति प्रसाद पौड्याल मोरङ्
स्व.स्वप्निल स्मृति काठमाडौ
प्रकाश आङ्देम्बे झापा
कृष्ण बस्नेत काठमाडौ
*
 मनु लोहोरुङ्ग संखुवासभाहाल - बर्मुडा
दीप्स शाह काठमाडौंहाल - इजराईल
मनि राई 'गोठाले' सुनसरीहाल - मलेसिया
गणेश खड्का 'प्रतिक्षाभोजपुरहाल - सेसेल्स
रुवेन पुन 'रनबाग्लुङ्गहाल - मलेसिया
*'केस्रा विधाको औपचारिक घोषणा (फेसबूक२६-०६-२०६८ / १३-१०-२०११
*'केस्रा विधा सार्वजनिक तथा पत्रकार सम्मेलन' : क्वालालम्पुर,मलेसिया१७-०९-२०६८/०१-०१-२०१२