- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Thursday, 2 February 2012

आलेख- "केस्रा" समाचार

      "केस्रा" साहित्य विधाको सार्वजनिक

२०१२-१ जनवरी, क्वालालम्पुर,मलेसिया / साहित्यमा नया विधाको रुपमा प्रतिपादन भएको "केस्रा" विधाको घोषणा पत्र सार्वजानिक तथा पत्रकार सम्मेलन यही जनवरी १ तारिको दिन क्वालालम्पुर स्थित एक सभाहलमा सम्पन्न भयो ।
      नयन साहित्य समाज, जोहोरका निवर्तमान अध्यक्ष तथा केस्रा बिधाका प्रवक्ता दिलिप 'सगर' राई को सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा विश्व नेपाली साहित्य महासंघका केन्दि्रय सदस्य जीतमान राई 'सबिन' को उपस्थिति रहेको थियो । केस्रा विधाका प्रवर्तक मौलश्री लिम्बु व्दारा किन र कसरी यो विधाको जन्म भयो भन्ने बारेमा उपस्थित सबै माझ आफ्नो धारणा राखेका थिए । प्रमुख अतिथिले आफ्नो भनाईको क्रममा केस्रालाई आफ्नो कमिकमजोरीहरुलाई सुधार्दै अघि बड्नु पर्ने राय दिएका थिए । यसो गरेमा सफल्ता अवस्य मिल्न सक्छ थप आफ्नो भनाईमा बताएका थिए । साथै कार्यक्रम सञ्चालक तथा केस्रा विधाका प्रवक्ता जीवन देवान 'गाउँले' ले पनि केस्राका बारेमा धेरै कुरा प्रस्ट्याउनुको साथै यसमा रहेका कमिकमजोरीहरुलाई एकापसमा छलफलव्दारा समाधान गर्दै लगिने कुरा बताएका छन् ।
       गजलकार तथा अनाममण्डली मलेशियाका अध्यक्ष श्रीजनश्री ले आफ्नो भनाईमा केस्रा विधालाई मलेशियाबाट प्रतिपादन गर्न सकेकोमा खुशी लागेको र यसलाई स्थापित गराउन स्वदेशमा पनि पहल गर्नु पर्ने राय व्यक्त गरेका थिए । अन्य वक्ताहरु साहित्यकार मनि राई 'गोठाले', रुवेन पुन 'रन' लगायतका सहभागीहरुले आ आफ्नो राय प्रस्तुत गरेका थिए । साहित्यकार दिलिप 'सगर' राई ले केस्राको प्रकार र वाचन शैलीको बारेमा प्रकाश पार्ने काम गरेका थिए ।



[दृष्टान्त:- प्रकाशित पत्र-पत्रिका:- १) 'श्रम साप्ताहिक' समाचारपत्र ,मलेसिया  २) 'नेपाल पृष्ठभूमि' साप्ताहिक,मलेसिया ३) 'नेपाली खबर' पत्रिका ,मलेसिया ]   
 [उद्धृत:- http://sahityaghar.com/modules/detail.php?ID=7951&modID=1 ]