- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Saturday, 2 June 2012

ईक्शाहाङ् चेम्जोंग

       ईक्शाहाङ् चेम्जोंग जीका केस्राहरु


"वियोग" 

अतित  सम्झेर  रोएँ
व्यथा  आँशुले  धोएँ

अधुरो  प्रेम  कहानी 
यो  मन  भित्रै  भो'एँ

याद गरेर रोएँ 
मुटु  जलेको  छोएँ


ईक्शाहाङ् चेम्जोंग
झापा,हाल- साउदी अरब

"समर्पण"  
यो  तिम्रै  हो मन
यो  तिम्रै  हो तन

सम्हाली  देउ  प्रेम 
यो  तिम्रै हो धन  
यो तिम्रै हो मन
यो तिम्रै हो पन।
            ३०-०५-२०१२

"वैश"

चम्पा चमेली फूल्यो
धर्ति आकाश खुल्यो

रंगिन हुँदा बस्ति
प्यासी नयन झुल्यो

बेली बाबरी फूल्यो
वैशालु मन डुल्यो।

"प्रिय"


प्रिय छेउमा बसिदेउ
अनि अंगालो कसिदेउ

लैला मजनु झैँ जोडीको
प्रेम कथा लेख्ने मसिदेउ

यो मुटु भित्रै बसिदेउ
नशालु ओठले डसीदेउ।
              
२९-०५-२०१२