- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Tuesday, 25 September 2012

आलेख- लय,शैली तथा प्रस्तुति

''केस्रा''को लय,शैली तथा प्रस्तुति

            पद्ध्य साहित्यमा अनुप्रासको उच्चारणले पनि स्व:स्फुर्त लय उत्पन्न हुने गर्दछ।विधाहरुमा निश्चित तोकिएको छंद वा बहरमा तोकिएकै मात्रा तथा गणहरुलाई समायोजन गरि लयलाई प्रभावकारी बनाउनु पर्दछ। यसो गर्दा प्रत्येक छन्दलाई पृथक लयमा प्रस्तुत गर्दछ।''केस्रा''मा ''अलङ्कार केस्रा'' बाहेक अन्य ''केस्रा''को प्रकार तथा संरचनामा छन्द निर्माणको अनिवार्यता छैन।यसले गर्दा 'केस्रा''को लय केस्राकार मै निहित हुने गर्दछ। ''केस्रा'' मा अल्पविश्राम तथा अर्धविश्रामको अनिवार्य नभएकोले लेखिएका प्रत्येक ''केस्रा''हरुमा लय एकै किसिमको पनि हुन सक्दछ।यसर्थ 'केस्रा'मा लय भन्दा भाव पक्ष,लेखन शैली तथा प्रस्तुतिको प्रमुख महत्व रहन्छ। कुनै-कुनै प्रत्येक हरफहरु अनुप्रासको प्रयोग भए तापनि प्रस्तुतिमा संवाद,उपदेश,सल्लाह आदिको आभाष मिल्न सक्छ। ''केस्रा'' लेख्दा जहिल्यै विषय वस्तुको सुक्ष्मतालाई पहिचान गरेर वैचारिक भावसंगतलाई
आफ्नै लेखन शैलीमा उजागर गर्नु पर्दछ।यद्ध्यपि ''केस्रा''मा लयलाई वेवास्ता गर्दै लय विचलन गराउनु हुँदैन।
[दृष्टान्त: उपर्युक्त आलेख केस्रा विधाको प्रारम्भिक चरण अन्तर्गत फेसबूकमा लेखिएको हो।-१३-११-२०११]
- मौलश्री लिम्बू