- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Monday, 1 October 2012

बहस- केस्रा

“सहिदको चित्कार”

हाँसेर हेर्छौ देश जलेको
बर्षौ'भो यसरी'नै चलेको

नीयत कि नीयती बुझिन्न
सायद दैबले नै छलेको

सहन सक्छु आत्मा जलेको
सक्दिन हेर्न झण्डा बलेको।
              - साथी समिर [१५-०८-२०१२]

दान राई 'झरी'':- केस्राको शिर्षक हेर्दाखेरि केस्रामा खोट भेटिन्न तर केस्रा भित्र म सहिद हुँ भन्ने कुरा पूर्ण रुपमा खुलेन की जस्तो लाग्यो।



भरत अधिकारी :- केस्राको उठानमा धेरै शहिदको चित्कार र बैठानमा आफुले बोलेको कुरा भएको छ।बैठानमा पनि "सक्छु"लाइ "सक्छौ " र "सक्दिन" लाइ "सक्दैनौ" बनाउन पाए अति मार्मिक केस्रा बन्ने थियो।

मौलश्री लिम्बू:-  उपर्युक्त केस्राको वचनमा दोष भेटिन्छ।उठान र विश्राममा बहुवचन र बैठानमा एकवचन वा पात्र स्वयम् रहेकोछ।केस्रामा विश्रामको हरफमा विषयका सबै पक्षहरु..वचन.लिंग,पात्र स्थिति,काल...आदिको खुलासा हुनु पर्दछ। 'विश्राम'को "बुझिन्न" शब्दलाई "बुझिन' बनाउनु भो भने केहि हदसम्म केस्राले पूर्णता पाउने छ।किनकि सकेसम्म विश्रामको भावलाई  महत्व दिएर बैठानले वैचारिक दर्शाउन् पर्ने हुन्छ ।