- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Tuesday, 16 October 2012

बहस- केस्रा

पैले हसायो उसैले
आँखा रसायो उसैले

तर छोडि गयो आँफै
फेरी फसायो उसैले

दुनियाँ हसायो उसैले
छुरा दिलमा पसायो उसैले ।
         - कृष्ण पुन आलोक [२५-०९-२०१२ ]

भक्ति प्रसाद पौड्याल:- कृष्णजी !
१) शीर्षक चाहियो
२) गजळ झैँ केस्रामा रदिफ हुन्न
३) छैठौँ हरफमा अक्षर बढी छन् ।
राज आङ्देम्बे "सहयात्री :- प्रयास जारी रहोस कृष्ण जी ,.तपाइ को केस्रा लेखन यात्रा पहिलो हो त्यसैले यस्तो भएको हो ,,यसलाई यसरि सुधार्न सकिन्छ। शिर्षक:-

 "मायाजाल"
पहिले हसाँयो
पिरति गसाँयो

टुना मुना गरी
प्रेममा फसायो

दिल्लगी हसाँयो
मुटुमै बसायो ।