- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Monday, 8 October 2012

जे वि राई "रुमानी"

जे वि राई "रुमानी" जीका केस्राहरु
 
 
- जे वि राई "रुमानी"
मोरंग,हाल- मलेसिया
"नेता"

लौ सुन नेताको कुरा
भित्रभित्रै चाल्छ छुरा

मीठामीठा आस्वासन
अनि भाषणमा सुरा

काम भन्दा बढी कुरा
मात्र कुरा हुन्न पुरा।

"अहं"

मान्छे ठूलो हुँदैन पदले
र,हुंदैन उसको कदले

स्वांग नपार मै हुँ ठानेर
पदको सान अनि मदले

सान र मानै गुम्छ पदले
सीमा नाघे अहंको हदले।
                           ०४-०९-२०१२

"सुझाव"

बन्द गर यो घर झगडा
दाजुभाइबीचको लफडा

घर भन्नु हाम्रो इज्जत हो
नबनाऊ घृणाको अखडा

गरेर यो लडाईं झगडा
वैरिले बजाउँछ थपडा।
                     २६-०८-२०१२

"होली"

आयो रंगहरुको चाड होली
रंगाऔं तनमन रंग घोली

नाचौं गाऔं रमाऔं लौ झुमेर
जीवन हाम्रो आज हो कि भोलि

प्रेम अनि सद्भावको चाड होली
मनाऔं लौ अन्तर हृदय खोली ।
                                     २५-०८-२०१२

"क्रान्ति"

क्रान्तिकारी गीत अब गाईदैन
मर्ने वा मार्ने कसम खाईदैन

आफ्नै दाजुभाइको हत्या गरेर
रातो रगतको टिका लाईदैन

भो युद्धको गीत अब गाईदैन
लडी क्रुर युद्ध शान्ती पाईदैन।
                                 १८-०८-२०१२

"खबरदार"

आउंदैछन् फेरि माग्दै भोट
चिटिक्कै पहिरिएर कोट

रातारात गाउँ वस्ती छिरेर
खबरदार बाँड्लान् है नोट

राम्ररी चिनेर दिनु  भोट
ता कि नहोस् कुनै पनि खोट।
                                १२-०८-२०१२