- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Tuesday, 18 December 2012

दान राई "झरि"

    दान राई "झरि" जीका केस्राहरु

- दान राई "झरी"
उदयपुर,हाल-मलेसिया
"पराई"

मेरो साथ छोडेर
मुटू पनि तोडेर




बन्दै गयो पराई
पराई घुम्टो ओडेर

आँशु मात्र छोडेर
गयौ पाईला मोडेर।
                         १८-१२-२०१२
"पुकार "

बिन्ति मेरो सुनि देउ
समिप हुंदै दिल्को छेउ

तिमी बिना पाईन मैले
जीन्दगीको कुनै भेउ

मेरो मर्म बुझि देउ
खुशी बरु सबै लेउ।
                           २३-११-२०१२

"मृत्यू "

मरेर आफै घाटमा हुँदा
उडेर अनि सगर छुँदा

मेटिन्छ आफ्नो जिन्दगी सारा
जलाई लास पानिले धुँदा

चितामा देह खरानी हुँदा
पाईन्छ कहाँ मागेर रुँदा।
                                   १८-११-२०१२

“गाउँ”

भुलेर तिम्रो नाउँ
भन म कहाँ जाउँ

तिमी नै हौ संसार
छैन अरु लौ ठाउँ

दिल भित्रको नाउँ
त्यहिँ हो मेरो गाउँ।
                           ०८-११-२०१२