- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 27 July 2012

भरत अधिकारी

भरत अधिकारी जीका केस्राहरु

"कर्म"

साहुको ऋणले विदेश आएँ
घरबारी सब बन्धक लाएँ

भोको पेटमा दिनभरि काम
साँझमा त साहुको गालि खाएँ

कर्म बिग्रेर म विदेश आएँ
आराम खोज्दा झन दु:ख पाएँ।
                                    २१-०७-२०१२

"राजनीति- १ "

बैठकतिर सबै लागे
सबैले भाग मात्र मागे
भरत अधिकारी
तनहुँ,हाल- मलेसिया

घमण्डीको भाषण सुनी
एक अर्कोमा सबै जागे

कुटाकुट नै गर्न लागे
चल्ला पो जुधे माउ भागे।
                            २१-०७-२०१२

 "चिन्ता"

भित्र-भित्रै मुटु जल्छ
फेरि तातो हावा चल्छ

सपनाको जो महल
विपनामा सबै ढल्छ

सोच्दा-सोच्दै मन जल्छ
मन मेरो त्यसै गल्छ।
                            २०-०७-२०१२

 "अंश"

भाइलाई घर बारी
दाइलाई खेत तारी

गैरी खेत ढुङ्गो मात्र
झगडा भो ढुंगा सारी

बोल्ने छोडे पानि बारी
घर फोरे आधा पारि।
                       ३१-०५-२०१२

"राजनीति- २ "

यो हो फोहोरी खेल
कहिल्यै छैन मेल

आज दरवारमा
भोलि त फेरि जेल

कुर्सि तान्ने हो खेल
आ-आफै ठेला-ठेल।
                   ३०-०५-२०१२

Wednesday 25 July 2012

केहि केस्राहरु- ७

भक्ति प्रसाद पौड्याल,जीवन देवान "गाउँले', कादम्बरी गुरुङ र कृष मगर जीका केस्राहरु


"विसङ्गति"

भक्ति प्रसाद पौड्याल
मोरंग

वर्षाले हजुर ! गर्नु गर्यो
पैरोले पुरी गरिबै मर्यो

गरिबै तार्न माग्दै छ राज्य
गुहारी सारा ढिकुटी भर्यो

नेताको भलो बाढीले गर्यो
निर्धोको गाँस वर्षाले हर्यो।
                १७-०७-२०१२




*.............*..................*.......................*...............*

"तिर्सना"

जीवन देवान "गाउँले'

धनकुटा,हाल- मलेसिया
सम्झनाले मुटु
खाँदा कुटुकुटु

याद निचेारेर
पियेा घुटु घुटु

उफ्रिएर मुटु
गर्छ छुटु छुटु ।
        २८-०५-२०१२





*................*....................*...............*.....................*


"घात"

कादम्बरी गुरुङ
फोर्थ वोर्थ, टेक्सेस, अमेरिका
जब महसुस गरे
यो मन दुखेर झरे

कस्तो नाता बैगुनिको
आखिर जालमा परे

आफ्नो भनि भुल गरे
विश्वास घातले मरे ।
                       २२-०५-२०१२





*.............*....................*...............*................*


"विलाप"
कृष मगर
चितवन,हाल- यु.ए.ई.

तिम्ले जित्यौ मैले हारेँ
भावनाको साईनो बारेँ

तिम्रै बिन्ती आग्रहमा
अन्तैतिर डेरा सारेँ

साँच्चै हजुर् मैले हारेँ
उनीसंग माँया मारे ।
                   २०-०५-२०१२


Sunday 22 July 2012

दर्शन योङ्हाङ् लिम्बु

दर्शन योङ्हाङ् लिम्बु जीका केस्राहरु

दर्शन योङ्हाङ् लिम्बु
झापा,हाल-साउदी अरब

"पापिनी"

मलाई किन बचायौ
नाटक किन रचायौ

तमासा त्यो देखाउदै
दुनियाँलाई नचायौ

छेउमा आई बचायौ
लाज सरम पचायौ।
               ३०-०६-२०१२

"निष्ठुरी"

चौतारीमा किन डाक्यौ
देवी देउता किन भाक्यौ

छाडि जानु थियो भने
अल्झाएर किन जाक्यौ

हुन्छ भनी किन डाक्यौ
अन्तैतिर किन ताक्यौ ?
                      २०-०५-२०१२

 "आगमन"
फुल बनी फुलौकी
डाली माथि झुलौकी

तिम्रो घर आगन
बास्ना छरी डुलौकी

मझेरिमा फुलौकी
माया प्रित घुलौकी।
              १९-०५-२०१२

Friday 20 July 2012

संजय कुमार खड्का

 संजय कुमार खड्का जीका केस्राहरु
संजय कुमार खड्का
रामेछाप,हाल- साउदी अरब

"जाउँ"

बस कान्छी कपाल कोरेर
राति आउला ढोका फोरेर

संगै जिउने मर्ने कसम
मिली खाउला हात छोएर

कति बस्नु चिठी कोरेर
लागौ अब बाधा धोएर।
                    १९-०७-२०१२

"नेता"


देश बिग्रियो नेताले
जस्तो कि खेत सुख्खाले

भ्रष्ट चालबाज बुझ्छन्
जो कोहि पनि लाटाले

केहि गरेन नेताले
यी सबै टाठाबाठाले।
                     १२-०७-२०१२

"जिन्दगी"

हाँस्न खोज्छु हँसाउने को नै छ र!
जिन्दगीमा मर्ने बाँच्ने छैन भर

हिम्मत कति जुटाउ निर्धो छु म
बल छैन सधै भरी डरै डर

बोलि बाहेक बाँकि मेरो के छ र!
बलियाले मार्न सक्छ लगि पर।
                                     ०७-०७-२०१२

Wednesday 18 July 2012

लक्ष्मीमाङ चेम्जोङ

लक्ष्मीमाङ चेम्जोङ लिम्बु जीका केस्राहरु
 

लक्ष्मीमाङ चेम्जोङ लिम्बु
अङ्सराङ-५,पाँचथर,हाल- मलेसिया


"युवा"

देशप्रेमी युवा हुन्छन्
केहि गर्न युवा चुन्छन्

भविष्यका कर्णधार
सिद्दान्त नै युवा गुन्छन्

शक्तिसाली युवा हुन्छन्
आगो पानी युवा छुन्छन्।
                        ०१-०७-२०१२

"जिन्दगी"
जिन्दगी हो कुवा
उड्ने जस्तै रुवा

फरक के छ र ?
सिमलको भुवा

पानी सुक्ने कुवा
एक हाते जुवा।
          १७-०६-२०१२


"चलन"
विकास जलाउने
जनता गलाउने

भ्रष्टाचारको रीत
बेफिक्री चलाउने


कागज जलाउने
आवाज ढलाउने।
              ०६-०६-२०१२

Sunday 15 July 2012

आलेख- वर्ण

अनुप्रास शब्दको वर्ण समानता

                                                                                                                -मौलश्री लिम्बू
             साहित्यमा अनुप्रासको अर्थ शब्दयोजना र श्रुतिमाधुर्य बढाई भाषा तथा काव्यको सौन्दर्य र लालित्य झल्काउन हो।अनुप्रास प्रयोग भएका काव्य वाचन र श्रवण गर्दा आकर्षण,आनन्दित,मोहित र रमाइलो हुन्छ। आवश्यक अवश्था वा स्थानमा एकै थरिका शब्द या व्यंजन दोहोरिएर काव्यलाई सिंगार्नु यसको विशेषता हो।

Saturday 14 July 2012

दान राई "झरी"

दान राई "झरी"जीका केस्राहरु

 - दान राई "झरी"
उदयपुर,हाल- मलेसिया


'युद्ध"

जताततै गोलि चलेसी
चिता माथि चिता जलेसी

 
कस्ले भन्छ शान्ति छ यहाँ
देशको खम्बा नै ढलेसी

 
स्वार्थको यी हुरी चलेसी
बग्दैछ खुनको बलेसी।
                         ०५-०७-२०१२

"अनुरोध"

पर्ख पर्ख म नि जान्छु
जे जे भन्छौ सबै मान्छु

मर्नै परे पनि बरु
त्यहि मेरो भाग्य ठान्छु

तिमी संगसंगै जान्छु
जस्तो दिन्छौ त्यस्तै खान्छु।
                          ०१-०७-२०१२

"हराउदैछ"

संविधान हराउदैछ
सबै पार्टी कराउदैछ


आज सबै जनताहरु
भित्र भित्रै डराउदैछ


स्वतन्त्रता हराउदैछ
नेता झोली भराउदैछ।
                     २७-०५-२०१२

Friday 13 July 2012

कृष मगर

कृष मगर जीका प्रारम्भिक चरणमा लेखिएका केस्राहरु 

"प्रस्ताव"

कृष मगर
चितवन,हाल- यु.ए.ई.
रूप राम्री देखेँ,दाईकी सालीमा
मन मिले लैजान्थेँ,यसै पालीमा

ईच्छाहरू मारेर,बसेझैँ लाग्यो
रङ्गाउँछु तिम्रो,सिउँदो खालीमा

लौ माया बस्यो गाढा,उनै सालिमा
पाऊ राखौँ सुटुक्क,जुनको लालीमा।
                                      ०२-११-२०११

"पीडा"

नमेटिने मनको,दाग भएछु
खुशी कहाँ मात्रै म,दीन रहेछु

भाग्य पनि म देखि,तर्किएछ टाढा
आँधी होईन बज्र,पातै सहेछु

बिरानो यो शहरमा, एक्लो भएछु
सुस्त सुस्त पागल,बन्दै गएछु ।
                     १९-१०-२०११


"तारिफ"

रुप देखि छक्क परें
अनि मुस्कानले ढलें

पोखिदैछ यौवन त्यो
अनायासै छुँदा जलें

हो तिम्रो म प्यासी परें
हर स्वास भित्र चलें ।
                  १५-१०-२०११

"परिचय'

झरेको हुँ फूल
सुकेको हुँ मूल

चल्ने मार्ग छैन
चुडेको हुँ पुल

हेलाको हुँ फूल
म तिम्रो हुँ भूल।
                  ११-१०-२०११

"एक्लो"

धेरै चोटी रोएँ
यादहरु धोएँ

मन दुख्यो जव
तिम्रो तस्विर छोएँ

भक्कानिदै रोएँ
विक्षिप्त नै भो'एँ।
                 ०८-१०-२०११

Saturday 7 July 2012

केशर सुब्बा

केशर सुब्बा जीका केस्राहरु
"चाल"
केशर सुब्बा पाँचथर,हाल- मलेसिया

खोई तिमी कस्तो खाल
फेर्यौ आज तिम्रो चाल

आशा थिए रम्ने सधै
बुन्यौ तिम्ले मोहजाल

साँच्चै तिम्रो कस्तो चाल
मै मोराको पार्यौ काल।
२२-०६-२०१२

  "हैरान"


बोलाउदा झर्किन्छौ
अर्को तिर फर्किन्छौ

के भो कुन्नि तिमीलाई
म संग नै तर्किन्छौ

मीठो बोल्दा झर्किन्छौ
बिना हुरी लर्किन्छौ।
१५-०६-२०१२


"फैसला"

मनको खातमा
आउँछौ रातमा

यो कुरा सबै नै
तिम्रै छ हातमा

सम्झना खातमा
बनेर घातमा।
०५-०६-२०१२

"माया"

दुई दिनको हाँसो
मेरो लागि भो नासो

दियौ धोका तिमीले
भो जीवनको पासो
पलभरको हाँसो
विनासितिको चासो।
०२-०६-२०१२

Friday 6 July 2012

स्याङ्जाली रमेश

स्याङ्जाली रमेश,जीका केस्राहरु

- स्याङ्जाली रमेश
स्याङ्जा,हाल-यु.ए.ई.
"राम्री नानि"

हिऊ जस्तो त्यो छालामा
चुप्प पारौ त्यो गालामा

आहा कति सुहाएको
के तिम्रो त्यो मालामा

गोरो तिम्रो त्यो छालामा
लट्ठ परे त्यो बालामा
                     २५-०६-२०१२

 "गुनासो"


मन धेरै दु:खायौ नि
पीडा सबै लुकायौ नि

मेरो सामु पर्दा तिमी
ठाडो शिर घुमायौ नि

व्यर्थै दिल दु:खायौ नि
अश्रु धारा चुहायौ नि !
                  ०२-०६-२०१२

"कोहि"

कोहि यौटा रोयो
मनमनै बोल्यो


बुजिन कै मैले
यौटा फोटो छोयो

भकानिदै रोयो
साह्रै दु:खी हो यो।
             १७-०५-२०१२
"निर्मोही"


गई उस्ले डाँडा काटेर
गई मन मुटु साटेर

रै'छे उनि साह्रै निर्मोही
गई बाचाहरु चाटेर

गई बाँच्ने भर काटेर
गई मेरो धर्ति फाटेर
       १२-११-२०११

"रोएँ"

आज रोएँ खुलेर
आँशुसँग घुलेर

मलाई छोडी गई
उस्ले बाचा भूलेर

खुब रोएँ खुलेर
आशाहरु सुलेर। 
                  ११-११-२०११

Thursday 5 July 2012

पराजित राम

पराजित राम जीका केस्राहरु

[प्रारम्भिक चरणमा लेखिएको केस्रा]

"धोका"

माया मेरो माग्यौ
एक्लै छोडी भाग्यौ

कसको यादमा डुब्दै
रातै भरी जाग्यौ
पराजित राम
काभ्रेपलान्चोक,हाल- कतार

जवानी यो माग्यौ
आखीर बाटो लाग्यौ।
              २०-१२-२०११

"भरीया"

बोकेर साहुको भारी
पुग्नुछ भञ्ज्याङ पारी

दुई छाक टार्न गाह्रो छ
स्वास्नी माग्छे नयाँ सारी

थाप्लोमा पीरको भारी
बन्धकी छ पाखो बारी।
                          १८-१२-२०११

"पिडा"

चर्केपछि,छाती
अँधेरी यो, राती

खोज्दैछु तिम्लाई
जलाएर, बाती

छिया-छिया, छाती
भएन खै, जाती
     १४-११-२०११

Wednesday 4 July 2012

मौलश्री लिम्बू






मौलश्री लिम्बू जीका केस्राहरु
 
 
"आगमन"

मौलश्री लिम्बू
झापा,हाल-मलेसिया
काँडा लिएर आऊ कि या फूल
गर्नुछ तिमीसंग यौटा भूल

जे जवाफ देऊ स्वीकार भो हैं
ओकल्ने छु अब मनको शूल

लु आएँ म हातमा बोकी फूल
खोल या नखोल मायाको मूल।
                                        १४-०६-२०१२

"शहर"

प्यारी के भनुँ देश दुखेको बेला
शहर तिरको गाइजात्रे मेला

पहिचानको यो आन्दोलन रोक्न
धुर्त स्यालहरूले गर्दैछन् भेला

शहरमा हाती लम्किएको बेला
ठान्दैछन् यी सब चटकेको खेला।
                                   २६-०५-२०१२

"सम्झना"

जव सम्झन्छु तिमीलाई

मिल्छ है दर्दको दबाई

जति हुन्छ मनमा व्यथा
आउछौ ति अन्त भगाई

बाँच्ने आधार भो मलाई
सर्वदा सम्झनामा आई।

                           १८-०५-२०१२


"अन्धो-प्रेम"

आउँछु र तिमी भाउ लगाउछौ
अनि आफ्नो कारोबार बढाउछौ

म आउनु जानु बहाना मात्र हो
खास इरादा बुझेर डराउँछौ

अचेल महँगो भाउ लगाउछौ
घृणा होईन माया नै कमाउछौ
                               १३-०५-२०१२

Tuesday 3 July 2012

सानु विस्मात

सानु विस्मात जीका केस्राहरु

 
"निर्मोही"

चटक्कै माया मार्यौ
मलाई एक्लै पार्यौ

झरीमा रुझी बसेँ
ओभानो छानो सार्यो

ज्यान कै बाजी मार्यौ
गोहीको आसुँ झार्यौ ।
              १२-०६-२०१२


सानु विस्मात
खोटांग,हाल- यु.ए.ई
.
"देश"


मिलिझुली बसौ नमान्ने
सुस्ता कहाँ पर्छ नजान्ने

संघियता चाहिन्छ भन्दै
विशाल नारा बाजी हान्ने

नियम कानुन नमान्ने
कसरी यो देशले धान्ने?
                        १४-०५-२०१२



“तिम्रै निम्ति”

फुल दिएँ
काँडा लिएँ

तिम्रै निम्ति
सधैं जिएँ

ज्यानै दिएँ
आँशु पिएँ।  
             १३-०५-२०१२

"बन्धन"

अल्झी रह्यो यो मन
तिमी मै झन झन

गाँठो परेर बस्यो
पिरतीको बन्धन

भन्छन तन मन
हामी मुना मदन।
                   १३-०५-२०१२

Sunday 1 July 2012

आलेख-निपात

केस्रामा निपातको प्रयोग
                                                                                       - मौलश्री लिम्बू
        नेपाली भाषामा निपात शब्दको स्वतन्त्र अस्तित्व रहेकोछ।यसको परिभाषामा मतमतान्तर भएता पनि साधारण बोलीचाली साहित्यिक भाषामा बढी प्रयोग हुने गर्छ।संस्कृतमा कुनै पनि शब्दको अघिल्लतिर जोडिएर बेग्लै अर्थ बुझाउने "उपसर्ग" शब्दलाई "निपात" भनिएता पनि नेपाली भाषामा यसको प्रयोग वाक्यको अघिल्लातिर या पछिल्लतिर मात्र हुने गर्दछ। यो अनियन्त्रित बनौटमा प्रकट हुने शब्द रुप हो।यसको आफ्नै