- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Sunday, 17 February 2013

भरत अधिकारी


   भरत अधिकारी जीका केस्राहरु 

-भरत अधिकारी
तनहुँ,हाल-मलेसिया 
"उपदेश'

ताल तिम्रो भिन्न
सकिन खै चिन्न

नफाल इज्जत
पाईदैन किन्न

नहुनु है भिन्न
नैतिकले दिन्न
०८-०२-२०१३ 

"सम्झना"


तिम्रो गहमा भरिंदा आँशु 
खुशी बनेर कसरि हाँसु 

सकिन मैले रोकेर रोक्न 
टुटेको मुटु कसरि गाँसु

सम्झनामा संधै झरी आँशु 
सुकाउदै छ ज्यानको मासु 
०६-०२-२०१३ 

 "विछोड"

दुखायौ मन 
थिएन धन 

बनायौ एक्लो 
रुन्दैछु झन

बुझिएन मन 
अनौठो त्यो पन 
०२-०२-२०१३   


"नेता"

सिपालु छ कुरा लाउन 
लाज छैन गाउँ आउन

पटक झुक्यायो यसले 
सकेन खै खुशी छाउन

फेरी आयो कुरा लाउन 
गाउँलेलाई झुक्याउन 
०१-०२-२०१३ 

"धोका"

गयौ धोका दिएर 
बसें आँशु पिएर 

चिन्ता हुँदा मनमा 
गयो बैंश खिएर 

मन मुटु दिएर 
बसें पीडा लिएर 
०१-०२-२०१३