- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Sunday, 24 February 2013

ऋषिराम लम्साल

ऋषिराम लम्साल जीका केस्राहरु 


- ऋषिराम लम्साल
स्याङ्गजा ,हाल- यु.ए.ई.
“परमात्मा”

सारा जगतका रचैया रे
अनौठो शेषको छ शैया रे

बृन्दावनका पहाड लता
जनका आत्ममा रमैया रे

उनै नारायण नै रचैया रे
सृष्टि रथका बनी पैया रे।
२८-०१-२०१३

“पिरतीमा”



त्यो आँखामा सपना सजाऊ
मुस्कानको साथमा लजाऊ

ति पाऊहरु सर्केनन् भने
मात्रै मन प्रीतीमा कजाऊ

तस्विर मुटुभित्र सजाऊ
छरेर नाम राग बजाऊ ।
२६-०१-२०१३

“कदाचित”

बगेको खोला
फर्के के होला

मान्छे हतार
बदल्न चोला

सम्झिंदा खोला
हान्दैछ सोला।
२२-०१-२०१३

“मान्छे”

मान्छे मान्छेमा काटाकाट
फेरी वैशैको साटासाट

गर्दैछौ ए साथीहरु हो
आँफै आफैमा फाटाफाट

भाई भाईमा काटाकाट
आफन्तबीचै छाँटाछाँट।
०८-०१-२०१३

“भिखारी”

कता गयौ ए मनकी उदारी
ल आउ छिटै तनकी शिकारी

तिमी बिना खै सजिलो नहोला
यतै सजाऊ पिरती निखारी

बनिदेऊ मेरो लागि उदारी
मलाइ देऊ मुटु नै उघारी।
०२-०१-२०१३