- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Wednesday, 24 July 2013

सागर सिलवाल

     सागर सिलवाल जीका केस्राहरु 
- सागर सिलवाल
ललितपुर,हाल- यु.के.

"संघर्ष"

मैदान छोड्दिन हारेर
रुदिन म आँशु झारेर

जीवनको अर्थ संघर्ष
कहाँ दु:ख टर्छ टारेर

जीत जन्मन्छ नै हारेर
जितिन्दैन आशा मारेर
१०-०६-२०१३

"समय"



आउने जाने हुदै गर्छ
दैवको मानो भर्नै पर्छ

समय त बलवान् हुन्छ
यसैले सुख दु:ख हर्छ

जो जानेर नै भुल गर्छ
सबैको नजरमा झर्छ

"सन्देश"

सबैको आउछ पालो
रंग गोरो होस् या कालो

लेखेको भन्दा धेरै त
मिल्दैन एउटा टालो

कसैको नमिच पालो
हटाऊ छलको जालो
११-०४-२०१३

"अनुरोध" 

आज अनि भोली
खेलौ साथी होली

मायालाई साटौ
सधै मीठो बोली

देखिदैन भोली
थाप आजै झोली
१३-०३-२०१३