- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Monday, 29 July 2013

पासाङ् तमु

   पासाङ् तमु जीका केस्राहरु 
पासाङ् तमु
गोर्खा,हाल-मलेसिया 

"पवन"

कहाँ छ हरियाली पवन
भनि सधै सोच्ने गर्छ मन

बहलाउदा आफ्नै हृदय
पग्लिदै झर्छ आँसु झनझन

फर्की आउनु तिमी पवन
तिम्रै प्रतिक्षामा छ नयन
२४-०३-२०१३

"आशा" 



गार्हो छ पुग्न यो कस्तो रहर
खोजेको जस्तो भेटिन शहर

हत्या र हिन्सा नै चल्छ जता नि
अमृत भनि खुवाउछ जहर

शान्तिमा बाँच्ने सबैको रहर
खोज्दैछन् सबै बिहानी प्रहर
१७-०३-२०१३

"जिन्दगी" 

जिन्दगीको न सुर न ताल
यस्तै रहेछ सधै बेहाल

न पर्खिन्छ समयले यहाँ
न बढाउन सक्छु मै चाल

जिन्दगी न बहन्छ न ताल
अभागीको न भाग्य न काल
१९-०२-२०१३