- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Saturday, 31 August 2013

दस्तावेज [अध्याय: ग,भाग-२]

     केस्रा नवीनतम मौलिक विधा:
- भक्ति प्रसाद पौड्याल 
                     [ पृष्ठ १३५-१३८]
, विषय प्रवेश:
          ललित कलाले जीवन-जगतका रागात्मक पक्षको प्रस्तुति र सम्प्रेषण गर्दछ ।ललितकलाका विविध बान्की छन् । माध्यमका विविधताले देखिएका ती विविध बान्कीमा साहित्य पनि पर्दछ र यसले भाषालाई माध्यम रोजेको छ। साहित्यको अन्तरसम्बन्ध सभ्यतासँग जोडिएको छ। सभ्यताको विकासक्रममा युगानुकुल परिवर्तन हुँदै आएको छ र सो परिवर्तन र विकाससँगै जोडिएको छ साहित्यको पनि परिवर्तन र विकास। यसैले साहित्यले आफ्नो आधारभूत मान्यता

Thursday, 29 August 2013

दिलिप 'सगर' राई

   दिलिप 'सगर' राई जीका केस्राहरु

केस्रा प्रवक्ता:- दिलिप 'सगर' राई
मोरंग,नेपाल  
"नेपाल"

तराई, पहाड, हिमाल
नाच्दछ डाँफे मुनाल

विश्वमा वैभवशाली
सुन्दर शान्त विशाल

सगर चुम्ने हिमाल
स्वर्ग हो मेरो नेपाल ।

"पारुहाङ्ग"

Monday, 26 August 2013

दस्तावेज [अध्याय:-ग,भाग-१]

           [पृष्ठ १४३-१५०] 
 "केस्रा" साहित्य विधाको प्रथम वार्षिकोत्सव  

                  
सूचना ! [३१-१२-२०१२]
     
नेपाली साहित्यमा केस्रा विधाको औपचारिक घोषणा गरि लेखन प्रारम्भ ०१-०१-२०१३ बाट दोश्रो  वर्षमा प्रवेस गर्दैछ।यहि सन्दर्भमा नयाँ वर्षको शुभ कामना सहित 'केस्रा लेखन मञ्च'ले वार्षिक

Wednesday, 21 August 2013

रोमन पीडा

         रोमन पीडा जीका केस्राहरु 
- रोमन पीडा
पाँचथर ,हाल- रेगिस्तान
 

"बलिदान"

चढाउछु एक थोपा रगत
मरेपनि मरुला ना भगत

समानता र समृद्धि भएर
सदा हाँसी रहोस् सारा जगत

मैले चढाएको रातो रगत
नहोस् यो कहिले पनि फगत॥
२०-०७-२०१३

"सिद्धार्थ बुद्ध"

Tuesday, 13 August 2013

विशाल के.सी.

         विशाल के.सी. जीका केस्राहरु 

- विशाल के.सी.
सोनितपुर ,असम,भारत 
“सिपाही “ 

सिपाही हुँ बन्दुक बोक्ने 
दुश्मन आए गोली ठोक्ने 

गोर्खालीको छोरो हुँ म त
बहादुरको पाठ घोक्ने

गोली गठ्ठा बारुद बोक्ने
चट्टान सरी गोली रोक्ने।.... [सम्पादन:- दान राई'झरी']


[प्रयुक्त केस्रामा बहादुर सिपाहीको गुनगान गरिएकोछ,प्रत्येक हरफमा बराबर नौ वर्ण [लिपि चिन्ह] को प्रयोग गरिएकोछ।अनुप्रास शब्द संरचना “बोक्छ”= ब+ओ+क्+छ,,..मुख्य स्वर उच्चारण अनुप्रास =“ओक्छ” ।आधा अक्षर गणना वा अर्थ नहुने भएकोले अनुप्रासमा प्रयोग गर्दा एकै किसिमको आधा अक्षर “क्” अथवा बेग्ला-बेग्लै आधा अक्षरको प्रयोग गर्नु पर्दछ।जस्तै:- बोक्छ/सोच्छ/ढोग्छ/खोल्छ ]

“चोट” 


Saturday, 10 August 2013

महादेव अधिकारी

    महादेव अधिकारी जीका केस्रा 

- महादेव अधिकारी
काठमान्डौ,हाल- यु.ए.ई.
"स्वार्थी"

धनमा फसि बिर्सियौ गुन
पहिला भन्थ्यौ पूर्णेको जून

मनमा इच्छा राखेर थाँती
खोजेर गयौ धन र सुन

को सक्छ सधै लाउन गुन
प्रेम वा धन आफैले चुन । 
१७-०६-२०१३

“जीवन”

Tuesday, 6 August 2013

कुवेरदेव आङ्बो "मृदुल

     कुवेरदेव आङ्बो "मृदुल" जीका केस्राहरु 
- कुवेरदेव आङ्बो 'मृदुल'
फिदिम,पाँचथर 

"चर्चा"

तिम्रो मेरो चर्चा चल्छ
दुनियाँको आँखा बल्छ

हाम्रो यस्तो जोडी देखी
ईर्ष्या गर्ने झनै जल्छ

पिरतीको चर्चा चल्छ
कुरा काट्ने आफै गल्छ
३०-०६-२०१३

"घात"

Saturday, 3 August 2013

दान राई 'झरी'

     दान राई 'झरी' जीका केस्राहरु 
- दान राई 'झरी'
उदयपुर,हाल-मलेसिया 

"बैंस" 

ढल्नेछ तिम्रो जवानीको राग
लगाई तव जीवनमा दाग

नागेर सीमा शरिर नंग्याई
भन्दैछौ आज जमानाको माग

हुंदैन सदा त्यो बैंसको राग
उजाडिने छ है फूलको बाग
०८-०६-२०१३

"देश'