- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Saturday, 3 August 2013

दान राई 'झरी'

     दान राई 'झरी' जीका केस्राहरु 
- दान राई 'झरी'
उदयपुर,हाल-मलेसिया 

"बैंस" 

ढल्नेछ तिम्रो जवानीको राग
लगाई तव जीवनमा दाग

नागेर सीमा शरिर नंग्याई
भन्दैछौ आज जमानाको माग

हुंदैन सदा त्यो बैंसको राग
उजाडिने छ है फूलको बाग
०८-०६-२०१३

"देश'



सुन्दर बन्छ देश हात चलाए
सबै मिली ज्ञानको दिप जलाए

सुन यही फल्छ राँटो फुटाई
पसिनाले लौन माटो गलाए

सबै मिली संगै पाईला चलाए
बिहानी त छाउँछ रात ढलाए
१०-०५-२०१३

"रानी"

तिमी मेरी जिन्दगानी
यी आँखाका हौ नी नानी

राखेको छु मुटु भित्रै
अनि मनको कुना-कानी

तिमी नै हौ जिन्दगानी
मेरो खुशी मेरी रानी
२८-०४-२०१३

"मलाई" 

हाँसो जति तिम्रो आँशु मलाई
भाग लायौ आज मनै जलाई

देख्यौ दोष मेरै सबै लुटेसी
आँधिबेरी बनि घरै ढलाई

जिउँदै मारी आज छाड्यौ मलाई
खाक पारी सबै कोरी सलाई 
२४-०४-२०१३

"शिकारी" 

आयो लौ हेर शिकारी
आफ्नो बंगरा तिखारी

रित्याउँ छ अब यस्ले
हाम्रो अस्तित्व बिगारी

फेरियो नयाँ शिकारी
कृतिम मकुन्डोधारी 
१६-०३-२०१३