- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Wednesday, 21 August 2013

रोमन पीडा

         रोमन पीडा जीका केस्राहरु 
- रोमन पीडा
पाँचथर ,हाल- रेगिस्तान
 

"बलिदान"

चढाउछु एक थोपा रगत
मरेपनि मरुला ना भगत

समानता र समृद्धि भएर
सदा हाँसी रहोस् सारा जगत

मैले चढाएको रातो रगत
नहोस् यो कहिले पनि फगत॥
२०-०७-२०१३

"सिद्धार्थ बुद्ध"



शान्तिको अग्र दूत गौतम बुद्ध!
विश्वमा जन्मे एउटै उनी शुद्ध!

आठ उपदेश सधै साच्चो बोल!
हत्या हिँसा कहिल्यै नगर युद्ध!

नेपालमा जन्मेका सिद्धार्थ बुद्ध!
थिएनन् बुद्ध कसैसित नि क्रुद्ध॥  
२७-०५-२०१३

"चकनाचुर"

सुन्दर सपना ,बोकेर
जमिन बन्धकी राखेर

लाखौ गए परदेशतिर
गाउँ घर सबै ,छोडेर

विपनामा झोला बोकेर

फर्के रित्तै दु:ख भोगेर ॥
१९-०५-२०१३

"बेपत्तामा"

चलायो राज्य सत्तामा॥
कमायो धन ,भत्तामा॥

सत्ता भत्ता पाए पछि॥
नेता छन ,बेपत्तामा॥

भ्रष्टचारीको सत्तामा॥
देश उता न यतामा
१८-०५-२०१३

"कुर्सी"

कुर्सीमा पुग्ने खेल
गर्छन् जाल र झेल

आपसमा आरोप
सबको हुन्न मेल

राजनीतिको खेल
कुर्सीमा ठेलाठेल
१८-०५-२०१३

"परिधि"

जनताको विरुद्ध लागे
खोई जनता सबै जागे

विरोध हुदाँ हुदै पनि
प्रमुख 'लोकमान' मागे

कुटिल चाल गर्न लागे
परिधि भन्दा पर नागे॥  
१०-०५-२०१३
[ तत्कालीन राजा ज्ञानेन्द्र शाहको निगाहमा मुख्य सचिव बनेका लोकमान सिंह कार्कीलाई एकिकृत माओवादीले “अख्तियार दुरुपयोग अनुसन्धान आयोग” (२०७०) मा प्रमुख बनाएका विवादित व्यक्ति हुन् ]