जीवन र जगतको कुराहरूलाई अभिव्यक्त गर्ने विधा नै साहित्य हो।
टंक सम्बाहाम्फे हङकङेली नेपाली साहित्य फाँटमा एक सुपरिचित नाम । धनकुटाको कुरुले तेनुपा गाविस - ५बाट हङकङ छिर्नु भएयता नेपाली साहित्यको भण्डारका लागि अथक रुपमा लागि पर्नु भएका साहित्यकार सम्बाहाम्फेले “युद्ध भित्र उभिएका बुद्धहरू” कविता संग्रह “मनोभाव” र “सार” नामका सीडी एल्बम बजारमा आईसकेका छन् । यसका अतिरिक्त उनको अनगिन्ति साहित्य तथा यस सम्बन्धि लेखहरू बिभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएकाछन् ।सम्वाहाम्फे हालको समयमा पहिचान सहितको संघीयताको लागिपनि उत्तिकै कमल चलाउँदै हुनुहुन्छ । राष्ट्रियभाषा नेपालीको उत्थानको संगसंगै जातिय पहिचान पनि आवश्यक ठान्ने साहित्यकार टंक सम्बाहाम्फेसंग "एथ्निक भ्वाईस"ले गरेको कुराकानी:
एथ्निक:- साहित्य भनेको के हो ? यो कसरी मानिसको जीवनमा घुल्छ ?
सम्बाहाम्फे:- हरेक मानिसको आफ्नै किसिनको परिभाषा हुने गर्छ ।मनको अन्तरभावहरुजसले दुनियाको
सामु व्यक्त गर्न सक्छ वा व्यक्त गर्न सकिन्छ, जहाँ जीवन र जगतलाई अगाडी ल्याएर व्यक्त गरिएको हुन्छ त्यसैलाई साहित्य भनिन्छ । जीवन र जगतकोकुराहरूलाई कोमलरुपमा अभिव्यक्त गर्ने बिधानै साहित्य हो ।हरेक मानिसको सुखदुख हुन्छ । यिनै सुखदुखको सुसेली नै मानिसमा साहित्य घुल्ने माध्यम हो । जस्तै सुस्केरा हाल्नु, गुनगुनाउनु पनि साहित्य नै हो । यसरी थाहा नै नपाई साहित्य हरेक मानिसको जीन्दगीमा घुलेको हुन्छ ।
एथ्निक:- जीन्दगीको गोरेटोमा साहित्यले कस्तो भूमिका खेल्छ ?
सम्बाहाम्फे:- साहित्यको भूमिका साँच्चै भन्ने हो भने निक्कै ठूलो हुन्छ ।साहित्यले नै मानिसलाई जीवनको उज्यालो तर्फ अग्रसर गराउँछ ।साहित्य नै मानिसकोअन्तर ह्रदयको उज्यालो हो भन्दा फरक पर्दैन ।त्यस्तो उज्यालो जस्ले मानिसकोमष्तिकलाई फराकिलो बनाईदिन्छ । फराकिलो दिमागले मानिसलाई आफ्नो जीवनमा आउनेउतारचढावमा सहज बाटो अवलम्बन गर्न मद्दत गर्छ ।
एथ्निक:- हङकङेली नेपाली साहित्यको अवस्था कस्तो छ ?
सम्बाहाम्फे:- प्रवासमा रहेका अन्य नेपालीहरूको भन्दा म राम्रो नै देख्छु ।प्रत्येक वर्ष जस्तो नेपाली साहित्यका पुस्तकहरू यहाँबाट प्रकाशित भै रहेका छन्।साहित्यिक भेलाहरू आदि पनि वर्षमा उल्लेखनीयरूपमा यहाँ भैरहेका छन् । साईवर नेटतथा पत्रपत्रिकाहरूमा पनि हङकङेली नेपालीहरूको साहित्य प्रसस्त मात्रामा देख्नेगरिन्छ । यिनै कारणहरूले गर्दा पनि हङकङेली नेपालीहरूको साहित्यिक गतिबिधि प्रवासकाअन्य नेपालीहरूको भन्दा कमजोर छैन ।
एथ्निक:- सुन्दर शब्दहरूले अरूको मन जित्ने साहित्यकार आफैमा चाहिं द्वेषराख्ने गर्छन ?
सम्बाहाम्फे:- साहित्यकार पनि मानव नै हो अत: कहिले काहिं अरूको सुन्दर रचनादेख्दा मनमा एक प्रकारको जलन हुन्छ । त्यस्तै साहित्यको सिर्जना गर्ने लालसा हुन्छ। झट्ट हेर्दा यो द्वेष वा ईर्श्या जस्तो देखिएता पनि यहि तत्वले साहित्यकारलाई अधिक भन्दा अधिक सुन्दर साहित्यको रचना गर्न उत्पेरित गरिरहेको हुन्छ । एउटा साहित्यकारलाई मनोभावमा चुर्लुम्म डुबेर राम्रो भन्दा राम्रो साहित्य रचनाको लागि अप्रत्यक्षरुपले घचघच्यान यहि तत्वले अहम भूमिका खेलेको हुन्छ ।अनि कहिले काहिं भाषागत वा शैलीको भिन्नताले पनि द्वेष उत्पन्न हुनसक्छ तर यसलाई प्रतिक्रियाको रूपमा लिन सकिन्छ,द्वेष चाहिं पटक्कै होईन ।
एथ्निक:- भाषागत वा शैलीमा फरकधारका कारण साहित्यकारहरू जुंगाको लडाई गर्छन ।हङकङेली साहित्यकारहरू यस बिषयमा कस्ता छन् ?
सम्बाहाम्फे:- फरक धारका कारण साहित्यकारहरूमा जुंगाको लडाई पक्कै हुने गर्छ । जस्ले फरकधारको साहित्य जन्माउँछ त्यहाँ स्थापित साहित्यकारहरूले त्यसलाई कहिले काहिं प्रतिद्वन्दीको रूपमा हेर्न पुग्छन र जुंगाको लडाईको सुरुवात हुन्छ । आफ्नो भाषा वा शैली भन्दा भिन्न साहित्यले जब मौहोल तताउँछ त्यो बेला अरू साहित्यकारहरूलाई प्रतिक्रियात्मक रूपमा मैदानमा नयाँ साहित्यको साथ प्रस्तुत हुन बाध्य बनाउँछ ।फरकधार शैलीको द्वन्द जस्तो देखिने यस अवस्थाले भने साहित्यको भण्डार अरू बढि भर्ने काम गरेको हुन्छ, त्यसैले पनि यस अवस्थालाई साहित्यको उर्बरा अवस्था मान्नु पर्छ किनभने साहित्यको द्वन्द भाषणगत नभै लिखितरुपमा हुन्छ ।
एथ्निक: - तपाईको नजरमा हङकङेली नेपाली साहित्यमा आशालाग्दा व्यक्तित्वहरूकतिजना छन् ?
सम्बाहाम्फे:- मैले संगत गरेको र देखेको साहित्य फाँटका व्यक्तित्वहरूमा करिबएक दर्जन जति अनुहारहरू आशा लाग्दा साहित्यकारको रूपमा पाएको छु ।व्यस्त जीवनको पर्याववाची रहेको कंक्रिटको शहरमा यो संख्या सन्तोषजनक नै मान्नु पर्छ ।
एथ्निक: -पहिचान सहितको संघीयताको लागि हङकङका जनजाति साहित्यकारहरूले कसरीसाहित्य लेख्दै छन् ?
सम्बाहाम्फे:- पहिचान सहितको संघीयताको लागि हङकङका जनजाती साहित्यकारहरूले प्रसस्त साहित्यको रचना गरिरहेको मैले पाएको छु ।यसले नेपालमा पहिचान सहितको संघीयतको लागि दवाव पनि सिर्जना गरिरहेको छ जस्तो मलाई लाग्दछ ।एउटा साहित्यकारले वर्तमानको जायज परिस्थिती माथि कलम मार्फत आफ्नो अभिव्यक्ति दिनु उसको कर्तव्य पनि हो ।पहिचान सहितको संघीयताका लागि हङकङेली नेपालीहरूको साहित्य यसरी प्रस्फुतरण भएको पाईन्छ । मेरो लिम्बुवान चेतनाको कविता एक अंक प्रस्तुत छ ।
नेपाली मानचित्रमा युगौ देखि
लिम्वुवान थियो
अहिले पनि उस्तै छ
कहाँ मेटिएको छ र त्यसको अस्तित्व ?
सदैव वाँची रहने छ यो धरती रहुन्जेल
एथ्निक:- तपाईं नेपाली साहित्य प्रतिष्ठान हङकङको अध्यक्ष पनि हुनुहुन्छ, यसप्रतिष्ठानले के कस्तो साहित्यिक क्रियाकलापहरू गर्दै आएको छ ?
सम्बाहाम्फे:- सन् २००० मार्च ४ तारिख यस प्रतिष्ठानको औपचारिकरुपमा गठन भएयतायस प्रतिष्ठानले प्रत्येक वर्ष जस्तो नेपाली साहित्यकोपुस्तक प्रकाशन गर्दै आएको छ ।कवि डी.बी पालुङ्गाको कविता संग्रहसंगै यस वर्ष यसलेआफ्नो तेह्रौं वार्षिक उत्सव अन्य साहित्य क्रियाकपालहरूको साथ मनाउने तयारी गर्दै गरेको छ ।साथै यस प्रतिष्ठानले हङकङेली नेपालीहरूको मात्र नभई विश्वका अन्य देशमारहेर नेपाली साहित्यको भण्डारण गरिरहनु भएका साहित्यकारहरू दिप्स शाह र कृष्णकला वनेमको पुस्तकलाई पनि प्रकाशनमा ल्याएको छ ।यसले नेपाली साहित्यको श्रीबृद्धिकोलागि आफ्नो साहित्यकर्म संस्थागतरूपले आम हङकङेली नेपाली भाषीहरूको माझ निरन्तर काम गर्दै आएको छ ।
एथ्निक:- हाम्रो पाठकगणको लागि यहाँको कुन रचना राख्न चाहनुहुन्छ ?
सम्बाहाम्फे:- सर्वप्रथम यस पत्रिका मार्फत मेरो साहित्यिक अभिव्यक्ति तथा बिचारहरू पाठकहरू बीच राख्ने सुअवसर दिनुभएकोमा एथ्निक भ्वाईसलाई धन्यवाद दिन चाहन्छु ।यस्तै अभिव्यक्ति प्रवाहको लागि अन्य स्रष्टाहरूलाई पनि यो अवसर दिईयोस भन्ने चाहन्छु । यस पत्रिकाको उत्तरोतर प्रगतीको कामना सहित मेरो रचना राख्दै विदाचाहन्छु । नमस्ते ! (सेवारो !)
[नोट - प्रयुक्त अन्तर्वार्ता "एथ्निक भ्वाईस" साप्ताहिकमा प्रकाशित भई स्रष्टा ज्यूले फेसबूकमा सार्वजनिक गर्नु भएकोले साहित्यानुरागी मित्रहरुलाई ज्ञानबर्द्धक हुनेछ भनि यहाँ साभार /प्रकाशन गरिएको हो ।

No comments:
Post a Comment