प्रवक्ताको कलमबाट
[पृष्ठ ञ-ठ]
सन् २०११ को अन्तिम ३ महिना । हेमन्त ऋतुका सुनौला दिनहरू । मलेसियाको राजधानीको मुटु स्थल । बुकिट बिन्ताङ । विश्वको सर्वोच्च ट्विन टावर पेट्रोनस र केएलसीसी पार्कसँगैको प्लेटनियम सिटी । असङ्ख्य गगनचुम्बी भवनहरूमाझ आकाशिँदै हाराहारीमा उभिएका छन् के. मिनारा र अस्टिन टावर । दिनभर मिनारामा आउने जानेको व्यस्तता रहेपनि ५ बजेसम्म निस्किसक्थे किन्नर किन्नरीहरू । म सामान्य पाले । ३२ र ३३ तल्लामा केही क्लाइन्टसँग फ्रि हुन्थेँ ड्युटीमा । अनि आउन थाल्थे फोन हितैसी मित्रहरूका । पेराकबाट मौलश्री लिम्बू र शिशिर सापकोटा, जोहोरबाट राज सहयात्री र डेनि गुरुङ अस्विकृत, पेनाङबाट जितमान राई ‘सविन’ र केएलबाट तुलसी राई विन्दु, दान राई झरी, गनिन्द्र विवश, वेदाग आदिका सुखदुःख बाँड्दै । ९ बजेसम्म झुण्डन्थें म साहित्यिक मन्थन चौतारी कार्यक्रममा । वर्ष दिन हुँदैथियो मैले फेसबुक चलाको । सिर्जनात्मक हेलमेल बढाउँदैथें धेरै सर्जकहरूसँग । यसै सिलसिलामा फोन र नेटको
भरपूर उपयोग गरौ भन्दै जन्माइयो नयाँ साहित्य विधा केस्रा । करिब महिना दिनको भारी छलफल, बहस र निर्णय गर्दै यसबारे कार्यपत्र लेखनमा कस्सिनु भयो प्रवर्तक मौलश्री लिम्बू जी । प्रवक्ताको अभिभारा लियौँ जिवन देवान गाउँले, कृष मगर र मैले । अनि गर्यौ केस्राको परिकल्पना र संरचनाको आधार एवम् सीमा निर्धारण । यसको प्रचारप्रसार खातिर फेसबुक आइडी खोलियो “केस्रा लेखन मञ्च” । यहीँबाट संसारभर छरिएर रहेका सर्जकजनले केस्रा लेख्न सिक्ने र लेख्ने कार्य सहज रुपमा चल्न थाल्यो । बडो उत्साहजनक र सौहार्दतापूर्ण बढ्दै गयो ‘लाइक’ र ‘कमेन्ट’को यात्रा ।
१९ नोमेम्बरको मध्ये रात । जण्डिस्ले मुर्छा परेर पुगेँ हस्पिटल । सुई र औषधी लिएर फर्केँ ड्युटीमा । यो अस्वस्थताको बाबजुद पनि केस्रा कोर्न जुटिरहेँ म । फेसबुक र एसएमएस फोनबाट । श्रद्धेय साहित्यकार दाजु मनि राई गोठाले, जीवन जी, झरी भाइसँग त खेलियो केस्रा दोहोरी । फलस्वरुप नयाँ वर्ष २०१२ जनवारी १ आइतबारको दिन । मलेसियाको राजधानी क्वालालम्पूरस्थित ‘ग्रीनहप’ कम्पनीको भवनबाट २ दर्जन प्रवासी सर्जकमाझ एक आपसमा शुभकामना आदान प्रदान सँगै केस्राको विधिवत पूर्ण सभ्य र भव्य रुपमा घोषणा एवं सार्वजनिक गर्न सफल भयौँ । अतिथिहरू मनि राई गोठाले, सिर्जन श्री, रुवेन पुन मगर, दिलदुःखी जन्तरे, राजकुमार तरेवा, विश्व राई आदिको उपस्थितिमा प्रमुख अतिथि ‘विनेसाम’ केन्द्रिय सदस्य जितमान राई सविनको हातबाट कार्यपत्र खोलेर उद्घाटन भएको थियो । प्रवक्ता जीवन देवान गाउँलेजीद्वारा संचालित समारोहमा प्रवर्तक मौलश्री लिम्बूले केस्रा विधाको जन्म सान्दर्भिकता र महत्व बारे प्रकाश पार्नु भयो भने मैले सभापतिको भूमिका निर्वाह गर्दै केस्रा विधाको परिभाषा र वाचन गर्ने तरिका प्रस्तुत गर्ने अवसर पाएको थिएँ । त्यो ऐतिहासिक एवम् गरीमामय दिन थियो । आशा गरौं राज्यले यसलाई एकदिन अवश्य सम्बोधन गर्ने छ । डायस्पोरा साहित्य लेखनबाट मूल नेपाली साहित्य इतिहासमा हामीले पनि एक इँटा थपेको ठहर्नेछ ।
नियति नै भनौं म बिरामी भई नेपाल के आएँ, फर्किन सकिन । यो डेढ वर्षको अन्तरालमा फेसबुक र फोन सम्पर्कमा रहेर यति धेरै प्रतिभाशाली केस्राकारहरू बढ्नु भयो अझै बढ्दै जाने छौँ । केस्रा लेखन यात्रामा ज्यूँदो जाग्दो प्रारम्भिक चरण हो । प्रवर्तक मौलश्री लिम्बूजीको सक्रीयता र सम्पादनमा प्रकासित यो “साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज” केस्रा विशेषाङ्क मालामा गासिन आउनु हुने सबै अजम्बरी फूलहरूलाई एक प्रवक्ताको हैसियतमा मेरो हार्दिक सम्मान एवम् सलाम । यो हाम्रो केस्रा लेखन सहयात्रा सगरमाथामा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिल्लारीको यात्रा अनि चन्द्रमामा निल आर्मष्ट्रमको यात्रा भन्दा कम हुने छैन । हार्दिक शुभकामना सेवा ।
****** ****** ****** ******* ******
प्रवक्ताको कलमबाट
हुन त मौलश्री लिम्बु र मेरो औपचारिक भेट घाट भएको छैन सन् २००७ मा रोजगारीको सिलसिलामा मलेसिया बसाई अबधिमा त्यहाबाट प्रकाशित हुने बिभिन्न आधा दर्जन पत्रपत्रीकामा उहाको फुटकर कबिता,कथा,लघुकथा,गजल इत्यादी साहित्यिक विधाका रचनाहरु प्रत्यक्ष पढन पाएको थिएँ। त्यतिबेला देखी नै शुभचिन्तक,समर्थक,र सहयोगी भावना रह्यो उहाप्रती सदैब मेरो तर अप्रत्यक्ष रुपमा। हालसाल प्रतिपादन भएको केस्रा बिभिन्न नेपाली साहित्यिक बिधा मध्ये एक हो र यसको प्रवर्तक पनि उहा नै हुनुहुन्छ। यस बिधाको प्रारम्भिक अबधिमा मौलश्री जिले केस्रा सम्बन्धी परिचय,निति-नियम र यसको ढांचा सम्बन्धी जानकारी गराउनु भएको थियो, एकदमै पृथक शैली,चुस्त,सटिक एबम् ब्यस्त समयको माग अनुरुप छोटो संरचनामा तर गहन बनावटले मलाई एकै पल्टमा आकर्षित गर्यो ।त्यहाबाट केस्रा लेख्न शुरु गरें।यसै सिलसिलामा मौलश्री जी र मेरो सहयात्रा जारी रह्यो र हालसम्म पनि निरन्तर चलिरहेकोछ।उहाको यो चुनौतिपूर्ण अथक प्रयासलाई मेरो हरदम शुभकामना र साथ छ। यध्यपी जो कोही नेपालीले पनि आफ्नो भाषा,साहित्य र सस्कृतिको संरक्षण र संबर्द्धन गर्नु उसको जिम्मेवारी हुन आउछ। यसै अनुरुप ''केस्रा'' बिधाले पनि आत्म पहिचान खोजिरहेछ। हामी केस्रालाई सक्दो जानेर,बुझेर लेख्ने प्रयास गरौ।सदैब यसलाई आफ्नो ठानी स्विकार्न सक्यौ भने केस्रा विधाले एक दिन सर्वमान्य सफलता हात पर्नेमा कुनै शङ्का छैन ।
अन्त्यमा आत्मिय मित्र श्री मौलश्री लिम्बु जीको साहित्यकाशमा चम्किरहेका ताराहरु( केस्रा ) ले हरेक साहित्यिक मनहरुलाई रङाउन सकुन मेरो हार्दिक शुभकामना।
******** ******** ******* ********
प्रवक्ताको कलमबाट
सन् २०१२ जनवरी १ को दिन मलेसियाको क्वालालम्पूर स्थित एक हलमा नेपाली साहित्य लेखनका अनुरागीहरू माझ केस्रा विधाको सार्वजिनक गरिएको घोषणा गर्दा नै हामीले भनेका थियौ;यो विल्कुलै नव विधा भएकाले केस्रा विधालाई नेपाली साहित्यमा स्थापित गर्न गराउन हाम्रो सामु ठुलो चुनौती छ । तथापि हामी यस चुनौतीलाई सामना गर्न दत्तचित्त भएर लाग्छौ, लागीरहनेछौ,लाग्ने छौ।फलस्वरूप आज एक वर्षको चुनौती पूर्ण यात्रापछि केस्रा विधालाई सबै सर्जक,पाठकहरुको पहुँचसम्म पुर्याउन/बुझाउनका लागि पुस्तकको आकार दिन सकेकोमा औधि खुशी लागेको छ।यस सह्रानीय कार्यले केस्रा सर्जक तथा नव सर्जकहरुलाई केस्रा बारे बुझ्न,जान्न र सिर्जना गर्नमा सहयोग मिल्नुका साथै बाह्य एवं आन्तरिक विशेषताको भेउ नपाई बान्की मात्रको नजरान्दाज गरि अन्य कुनै विधासँग जोड्नेहरुलाई त्तात्विक अन्तर सम्बन्ध केलाउन मद्धत पुग्ने अपेक्षा राखेको छु। यति बेला केस्रा विधा प्रतिपादन गरेर नेपाली साहित्यका दिग्गज पाकाहरुलाई हाँक दिन हिम्मत राख्नु हुने प्रवर्तक मौलश्री लिम्बूप्रति कृतज्ञ छु। उसै गरि प्रवर्तकको बोझलाई काँध थपेर मसंगै हातेमालो गरि उभिनु हुने प्रवक्ता मित्र दिलिप ‘सगर’राई र कृष मगर जीमा हार्दिक धन्यवाद।केस्राको प्रस्तावना-पत्रमा आफ्नो अमूल्य सुझाव-सल्लाह,विचार,अभिमत राखी दिनु हुने स्रष्टा,सर्जक साथै पुस्तकको पूर्ण रुपलाई साकार पार्नका लागि विविध पक्षबाट सहयोग गर्नु हुने केस्रा सर्जक,प्रकाशन सहयोगी,शुभ चिन्तकहरुमा म केस्रा प्रवक्ताको हैसियतले हार्दिक आभार व्यक्त गर्दछु।
[पृष्ठ ञ-ठ]
प्रवक्ता:- दिलिप सगर राई उर्लाबारी, मोरङ |
भरपूर उपयोग गरौ भन्दै जन्माइयो नयाँ साहित्य विधा केस्रा । करिब महिना दिनको भारी छलफल, बहस र निर्णय गर्दै यसबारे कार्यपत्र लेखनमा कस्सिनु भयो प्रवर्तक मौलश्री लिम्बू जी । प्रवक्ताको अभिभारा लियौँ जिवन देवान गाउँले, कृष मगर र मैले । अनि गर्यौ केस्राको परिकल्पना र संरचनाको आधार एवम् सीमा निर्धारण । यसको प्रचारप्रसार खातिर फेसबुक आइडी खोलियो “केस्रा लेखन मञ्च” । यहीँबाट संसारभर छरिएर रहेका सर्जकजनले केस्रा लेख्न सिक्ने र लेख्ने कार्य सहज रुपमा चल्न थाल्यो । बडो उत्साहजनक र सौहार्दतापूर्ण बढ्दै गयो ‘लाइक’ र ‘कमेन्ट’को यात्रा ।
१९ नोमेम्बरको मध्ये रात । जण्डिस्ले मुर्छा परेर पुगेँ हस्पिटल । सुई र औषधी लिएर फर्केँ ड्युटीमा । यो अस्वस्थताको बाबजुद पनि केस्रा कोर्न जुटिरहेँ म । फेसबुक र एसएमएस फोनबाट । श्रद्धेय साहित्यकार दाजु मनि राई गोठाले, जीवन जी, झरी भाइसँग त खेलियो केस्रा दोहोरी । फलस्वरुप नयाँ वर्ष २०१२ जनवारी १ आइतबारको दिन । मलेसियाको राजधानी क्वालालम्पूरस्थित ‘ग्रीनहप’ कम्पनीको भवनबाट २ दर्जन प्रवासी सर्जकमाझ एक आपसमा शुभकामना आदान प्रदान सँगै केस्राको विधिवत पूर्ण सभ्य र भव्य रुपमा घोषणा एवं सार्वजनिक गर्न सफल भयौँ । अतिथिहरू मनि राई गोठाले, सिर्जन श्री, रुवेन पुन मगर, दिलदुःखी जन्तरे, राजकुमार तरेवा, विश्व राई आदिको उपस्थितिमा प्रमुख अतिथि ‘विनेसाम’ केन्द्रिय सदस्य जितमान राई सविनको हातबाट कार्यपत्र खोलेर उद्घाटन भएको थियो । प्रवक्ता जीवन देवान गाउँलेजीद्वारा संचालित समारोहमा प्रवर्तक मौलश्री लिम्बूले केस्रा विधाको जन्म सान्दर्भिकता र महत्व बारे प्रकाश पार्नु भयो भने मैले सभापतिको भूमिका निर्वाह गर्दै केस्रा विधाको परिभाषा र वाचन गर्ने तरिका प्रस्तुत गर्ने अवसर पाएको थिएँ । त्यो ऐतिहासिक एवम् गरीमामय दिन थियो । आशा गरौं राज्यले यसलाई एकदिन अवश्य सम्बोधन गर्ने छ । डायस्पोरा साहित्य लेखनबाट मूल नेपाली साहित्य इतिहासमा हामीले पनि एक इँटा थपेको ठहर्नेछ ।
नियति नै भनौं म बिरामी भई नेपाल के आएँ, फर्किन सकिन । यो डेढ वर्षको अन्तरालमा फेसबुक र फोन सम्पर्कमा रहेर यति धेरै प्रतिभाशाली केस्राकारहरू बढ्नु भयो अझै बढ्दै जाने छौँ । केस्रा लेखन यात्रामा ज्यूँदो जाग्दो प्रारम्भिक चरण हो । प्रवर्तक मौलश्री लिम्बूजीको सक्रीयता र सम्पादनमा प्रकासित यो “साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज” केस्रा विशेषाङ्क मालामा गासिन आउनु हुने सबै अजम्बरी फूलहरूलाई एक प्रवक्ताको हैसियतमा मेरो हार्दिक सम्मान एवम् सलाम । यो हाम्रो केस्रा लेखन सहयात्रा सगरमाथामा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिल्लारीको यात्रा अनि चन्द्रमामा निल आर्मष्ट्रमको यात्रा भन्दा कम हुने छैन । हार्दिक शुभकामना सेवा ।
****** ****** ****** ******* ******
प्रवक्ताको कलमबाट
प्रवक्ता:- कृष मगर चितवन,हाल- यु.ए.ई. |
हुन त मौलश्री लिम्बु र मेरो औपचारिक भेट घाट भएको छैन सन् २००७ मा रोजगारीको सिलसिलामा मलेसिया बसाई अबधिमा त्यहाबाट प्रकाशित हुने बिभिन्न आधा दर्जन पत्रपत्रीकामा उहाको फुटकर कबिता,कथा,लघुकथा,गजल इत्यादी साहित्यिक विधाका रचनाहरु प्रत्यक्ष पढन पाएको थिएँ। त्यतिबेला देखी नै शुभचिन्तक,समर्थक,र सहयोगी भावना रह्यो उहाप्रती सदैब मेरो तर अप्रत्यक्ष रुपमा। हालसाल प्रतिपादन भएको केस्रा बिभिन्न नेपाली साहित्यिक बिधा मध्ये एक हो र यसको प्रवर्तक पनि उहा नै हुनुहुन्छ। यस बिधाको प्रारम्भिक अबधिमा मौलश्री जिले केस्रा सम्बन्धी परिचय,निति-नियम र यसको ढांचा सम्बन्धी जानकारी गराउनु भएको थियो, एकदमै पृथक शैली,चुस्त,सटिक एबम् ब्यस्त समयको माग अनुरुप छोटो संरचनामा तर गहन बनावटले मलाई एकै पल्टमा आकर्षित गर्यो ।त्यहाबाट केस्रा लेख्न शुरु गरें।यसै सिलसिलामा मौलश्री जी र मेरो सहयात्रा जारी रह्यो र हालसम्म पनि निरन्तर चलिरहेकोछ।उहाको यो चुनौतिपूर्ण अथक प्रयासलाई मेरो हरदम शुभकामना र साथ छ। यध्यपी जो कोही नेपालीले पनि आफ्नो भाषा,साहित्य र सस्कृतिको संरक्षण र संबर्द्धन गर्नु उसको जिम्मेवारी हुन आउछ। यसै अनुरुप ''केस्रा'' बिधाले पनि आत्म पहिचान खोजिरहेछ। हामी केस्रालाई सक्दो जानेर,बुझेर लेख्ने प्रयास गरौ।सदैब यसलाई आफ्नो ठानी स्विकार्न सक्यौ भने केस्रा विधाले एक दिन सर्वमान्य सफलता हात पर्नेमा कुनै शङ्का छैन ।
अन्त्यमा आत्मिय मित्र श्री मौलश्री लिम्बु जीको साहित्यकाशमा चम्किरहेका ताराहरु( केस्रा ) ले हरेक साहित्यिक मनहरुलाई रङाउन सकुन मेरो हार्दिक शुभकामना।
******** ******** ******* ********
प्रवक्ताको कलमबाट
प्रवक्ता:- जीवन देवान “गाउँले’ धनकुटा,हाल-मलेसिया |
No comments:
Post a Comment