- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 25 April 2013

राई रुमानी

           राई रुमानी जीका केस्राहरु 


- राई रुमानी
मोरंग,हाल-मलेसिया 
डर

संसारमा छैन त्यस्तो घर
जसले देओस् सधैं पूर्ण भर

जति लुकाउन खोजे पनि
लुक्दैन कतै मनको डर

मनै त हो नि डरको घर
छैन आधार यो भन्दा पर।
१३-०२-२०१३

 जीवन

Saturday 20 April 2013

केशर सुब्बा

      केशर सुब्बा जीका केस्राहरु 
- केशर सुब्बा
पाँचथर,हाल-मलेसिया 

"विडम्बना"

खोज्दै छु एउटा छुटेको साथी
दिए थ्यो पईचो माना र पाथी

गोरेटो यौटै लक्ष्य भो फरक
भए कि कतै उनी शरणार्थी

चहारें धेरै जो असल साथी
इज्जत उसको थ्यो धेरै माथी
०७-०३-२०१३

"गुनासो " 

Monday 15 April 2013

महाकाव्यका बारेमा


       महाकाव्यका बारेमा 
प्रस्तुती- महादेव अधिकारी
काठमाण्डौ,हाल- यु.ए.ई. 

      महाकाव्य लेखन अत्यन्त जटिल र चुनौतिपूर्ण कार्य हो किनभने यसको निम्ति प्रतिभाको समय,सामर्थ्य, साधना, धैर्य र निरन्तर अभ्यासको आवस्यकता पर्छ।आजको हतार र व्यस्त जीवनका बीचबाट लामो समय निकालेर अनि तनाव ग्रस्त मानसिकतामा धैर्य समेटेर महाकाव्य जस्तो गह्रौँ ,प्रतिभा साध्य र श्रमसाध्य प्रबन्धकाव्यको रचना गर्नु सामान्य मानिसका निम्ति सम्भव छैन।'महत्' शब्दमा 'काव्य'शब्दको समास भई वनेको महाकाव्य शब्दको शाब्दिक अर्थ महान् वा ठूलो प्रबन्धकविता भन्ने हुन्छ। कविताको प्रबन्ध विधाअन्तर्गत प्रर्ने र आकार प्रकारका दृष्टिले सबैभन्दा ठूलो एवं काव्यिक मूल्य र गरिमाका दृष्टिले सर्वाधिका महान् कविता नै महाकाव्य हो भन्ने अर्थ महाकाव्य शब्दवाटै निस्कन्छ।साहित्यिक विधा भएकाले साहित्यका आधारभूत गुणहरू भएको र कविताको महत्वपूर्ण उपविधा भएकाले उपविधागत

Friday 12 April 2013

मौलश्री लिम्बू

    मौलश्री लिम्बू जीका केस्राहरु 
- मौलश्री लिम्बू
झापा,हाल-मलेसिया 


"अनुरोध"

मैले दिएका प्रेम-पत्रहरु
सबै च्यातेर फ्यालीदेऊ बरु

दिल-दिमागमा राख मलाई
त्यो भन्दा ज्यादा चाहिंदैन अरु

जलाऊ या च्यात ति पत्रहरु
जिन्दगी सुम्पिन्दै तिमीमा सरुँ।
०८-०४-२०१३

"अन्तर्द्वन्द्व"

Wednesday 10 April 2013

ऋषिराम लम्साल

ऋषिराम लम्साल जीका केस्राहरु 
- ऋषिराम लम्साल 
स्याङ्गजा,हाल-यु.ए.ई.

"जिन्दगी"

जवानी भो रित्तो
बन्धकी भो कित्तो

ईच्छा र मोहको
वैरागी भो चित्तो

आँखा नि भो रित्तो
मनमा भो पित्तो।

"चालढाल"

Saturday 6 April 2013

दीप्स शाह - 'मुस्कानी फूलहरु'

   दीप्स शाह - 'मुस्कानी फूलहरु'
                                                                                     - तिब्वत दर्लामी 
        म सम्झन्छु परार साल कवि दीप्स शाहको 'आगो' कविता सँग्रह खोज्दै बागबजार र पुतलीसडक पूरै चहारेको थिएँ । दुईपटकको प्रयासमा बल्ल भेटाएथेँ 'आगो' । धन्न! यसपाली मुस्कानी फूलहरु खोज्न परेन । शब्दहार क्रियसन्सको दाजु रमेश कँडेल ज्युले लोकार्पण कार्यक्रममा निम्तो गर्नुभएकोले त्यही दिन पाएँ 'मुस्कानी फूलहरु'को मीठो स्पर्श । जुगेखोला धादिङमा जन्मिएकी यि स्रष्टालाई कर्मले डोर्याउदै ल्याईपुर्यायो

Wednesday 3 April 2013

महादेव अधिकारी

    महादेव अधिकारी जीका केस्राहरु 

- महादेव अधिकारी
काठमाण्डौ,हाल-यु.ए.ई. 
"समर्पण" 

दु:खको सागर एक्लै तरूँला
तिमीलाई धेरै माया गरूँला

तिम्रो मनमा भएका ती पीडा
मलाई भन सबै म हरूँला

जीवन जँघार संगै तरूँला
साथ जिउला साथ मरूँला

" ईश्वरले'