प्रेम श्रेष्ठ 'दीन' जीका केस्राहरु
"झगडा"
झिरीमिटी बल्यो आगो दनदन
सासु-बुहारीको पर्यो गनगन
बुहारी पनि सासु हुने रीत छ
ब्यर्थै किन गर्ने बेकामे गन्थन
सानोबाटै आगो बल्छ दनदन
एकैछिन मै निभोस् यो भनाभन।
१०-०५-२०१३
"विदेश"
देखियो तोरीको फूल
विदेश जाँदाको भुल
यध्यपि सबै यतै पो
आउँने हुलका हुल
विदेश काँडा कि फूल ?
सोचौं है! यो कुरा मूल।
०२-१०-२०१३
"नारी"
मान्छेको सृष्टि गर्ने नारी
जन्माए आफैलाई मारी
हेला गर्छन् सृष्टिकर्तालाई
अनि लुट्छन् स्वार्थमा पारी
धरती जस्तै हुन नारी
सबैको ईज्जतको सारी।
२९-०९-२०१३
"मृत्यु"
अपराध गरे त लाग्छ पाप
भगवानले नि गर्दैन माफ
अपराध कै त कारण बन्छ
मानिसको एउटा मृत्यु छाप
वर्तमानमा देखिँदैन पाप
भविष्यमा हुदैन फलिफाप।
१२-०९-२०१३
"स्फुरण"
न रह्यो मुरली न रह्यो बाँस
न रह्यो कुखुरा न रह्यो हाँस
मति बिग्रीए पछि घर न घाट
न रह्यो बारी न त रह्यो घाँस
अन्त्येष्टिमा पनि चाहिन्छ बाँस
न रह्यो आली न त रह्यो मास ।
०९-०९-२०१३
- प्रेम श्रेष्ठ 'दीन' संखुवासभा,हाल-मलेसिया |
झिरीमिटी बल्यो आगो दनदन
सासु-बुहारीको पर्यो गनगन
बुहारी पनि सासु हुने रीत छ
ब्यर्थै किन गर्ने बेकामे गन्थन
सानोबाटै आगो बल्छ दनदन
एकैछिन मै निभोस् यो भनाभन।
१०-०५-२०१३
"विदेश"
देखियो तोरीको फूल
विदेश जाँदाको भुल
यध्यपि सबै यतै पो
आउँने हुलका हुल
विदेश काँडा कि फूल ?
सोचौं है! यो कुरा मूल।
०२-१०-२०१३
"नारी"
मान्छेको सृष्टि गर्ने नारी
जन्माए आफैलाई मारी
हेला गर्छन् सृष्टिकर्तालाई
अनि लुट्छन् स्वार्थमा पारी
धरती जस्तै हुन नारी
सबैको ईज्जतको सारी।
२९-०९-२०१३
"मृत्यु"
अपराध गरे त लाग्छ पाप
भगवानले नि गर्दैन माफ
अपराध कै त कारण बन्छ
मानिसको एउटा मृत्यु छाप
वर्तमानमा देखिँदैन पाप
भविष्यमा हुदैन फलिफाप।
१२-०९-२०१३
"स्फुरण"
न रह्यो मुरली न रह्यो बाँस
न रह्यो कुखुरा न रह्यो हाँस
मति बिग्रीए पछि घर न घाट
न रह्यो बारी न त रह्यो घाँस
अन्त्येष्टिमा पनि चाहिन्छ बाँस
न रह्यो आली न त रह्यो मास ।
०९-०९-२०१३
No comments:
Post a Comment