खेमराज "गाउँले" जीका केस्राहरु
"विभेद"
छोरालाई काखमा राख्छ
छोरी देखेर टाढा भाग्छ
भनेको बुझ्दै बुझ्दैन ऊ
समाजकै सीमाना नाघ्छ
कतिन्जेल मनमा राख्छ ?
विभेद एकदिन पाक्छ।
२०-१०-२०१३
[दृष्टान्त:- प्रयुक्त केस्राको सबै अनुप्रास शब्दमा हलन्त /वर्णहरु फरक-फरक भएकोले यस्तो अनुप्रासलाई "स्वरश्रुति अनुप्रास' को भनिन्छ । जस्तै:- राख्छ> रा +ख् +छ/ = ख् +छ भाग्छ>भा+ग्+छ = ग्+छ नाघ्छ>ना+घ्+छ =घ्+छ पाक्छ>पा+क्+छ = क्+छ।"स्वरश्रुति अनुप्रास' हुनका लागि अनुप्रास शब्दको बीचमा रहने हलन्त/अजन्त वा अक्षरहरु नै फरक-फरक रहनु पर्दछ। ]
"चुनाव"
देश विकासको आधार
जनताको हो अधिकार
नेता छान्ने यो मौका,
आउँदैन फेरि बारम्बार
हामी देशको कर्णधार,
असक्षम नेताको हार ।
१७-१०-२०१३
[दृष्टान्त:- प्रयुक्त केस्रामा "हार" शब्दलाई अनुप्रास शब्दको आधार मानी "अल्पश्रुति अनुप्रास" को प्रयोग गरिएको छ।जस्तै:- आधार>आ+ध+आ+र= स्वर उच्चारण "आआर"> धार"। अधिकार>"कार" । बारम्बार>"बार' । कर्णधार>"धार"। छैटौ हरफमा "हार" । यहाँ मनन गर्नु पर्ने के छ भने पहिलो अनुप्रास शब्द "आधार" हो तर यहिँ शब्द पाँचौ हरफमा दोहोरिनु पर्छ भन्ने छैन किन भने "हार" अनुप्रासको आधारमा अनुप्रास निर्माण गरिएकोले "आधार" शब्दबाट "धार" मुख्य अनुप्रास हुन्छ। यसरि नै पाँचौ हरफमा पनि "कर्णधार" अनुप्रासबाट 'धार" शब्द नै मुख्य अनुप्रास रहेको छ। यसर्थ पहिलो हरफको अनुप्रास नै पाँचौ हरफमा दोहोरिएको छ। ]
"बाटो"
फराकिलो कतै साँघुरो हुन्छ
कहिलेकाही शिखर नि छुन्छ
बाटो जिन्दगी हो अप्ठ्यारो छ
भुल्दछ जसले ऊ सधैं रुन्छ
उकाली हुँदा ओराली नि हुन्छ
जसले जिन्दगी योजना बुन्छ ।
१३-०९-२०१३
"मन"
कहिले दायाँ अरे !
कहिले बायाँ अरे !
उज्यालो भेटिदा त
आ-आफ्नै छायाँ अरे !
अहिले दायाँ अरे !
लौ अर्कै माया अरे !
३०-०६-२०१३
[दृष्टान्त:- प्रयुक्त केस्राको अनुप्रास शब्दको पछाडि "अरे" निपात शब्दको प्रयोग गरिएको छ। केस्रामा निपात शब्दको मान्य हुने भएकोले यस्तो संरचनाको केस्रालाई पनि "आवृति केस्रा" भनिन्छ।]
- खेमराज "गाउँले" रोल्पा |

No comments:
Post a Comment