रन्जित राई ‘तेमोरा’ जीका केस्राहरु
"वेदना"
चिसो चिसो जाडो पलायो
बृद्ध, बृद्धा,बच्चा थलायो
सरकार भयो रमिते
गरीबको ज्यानै ढलायो
आँखा भरि आँशु पलायो
आँशु बग्यो, छाती जलायो।
२८-१२-२०१३
"कहानी"
लेखे कहानी
जानी नजानी
पढ्नु तिमीले
अल्छि नमानी
मेरो कहानी
तिम्रो जवानी।
११-०७-२०१३
"यथार्थ"
सुक्या डालीमा बसी काग करायो
भित्र भित्रै यो मन साह्रै डरायो
गाँउ घरमा केहिं भयो जस्तो छ
आज अचाक्ली यी आँखा फर्फरायो
एका बिहानै आज काग करायो
मेरो नयनबाट आँसु झरायो।
१५-०६-२०१३
"चटारो"
बर्षा लागेछ क्या रे पानी पर्दैछ
खुशी हुंदै अन्तरे वीउ छर्दैछ
हलो जुवा कोदालो बोकी काँधमा
माथिबाट अन्तरे बेंशी झर्दैछ
घुम ओढ अन्तरे पानी पर्दैछ
छिटो-छिटो गर है बेला तर्दैछ।
१४-०६-२०१३
- रन्जित राई ‘तेमोरा’ मोरंग, हाल-साउदी अरब |
"वेदना"
चिसो चिसो जाडो पलायो
बृद्ध, बृद्धा,बच्चा थलायो
सरकार भयो रमिते
गरीबको ज्यानै ढलायो
आँखा भरि आँशु पलायो
आँशु बग्यो, छाती जलायो।
२८-१२-२०१३
"कहानी"
लेखे कहानी
जानी नजानी
पढ्नु तिमीले
अल्छि नमानी
मेरो कहानी
तिम्रो जवानी।
११-०७-२०१३
"यथार्थ"
सुक्या डालीमा बसी काग करायो
भित्र भित्रै यो मन साह्रै डरायो
गाँउ घरमा केहिं भयो जस्तो छ
आज अचाक्ली यी आँखा फर्फरायो
एका बिहानै आज काग करायो
मेरो नयनबाट आँसु झरायो।
१५-०६-२०१३
"चटारो"
बर्षा लागेछ क्या रे पानी पर्दैछ
खुशी हुंदै अन्तरे वीउ छर्दैछ
हलो जुवा कोदालो बोकी काँधमा
माथिबाट अन्तरे बेंशी झर्दैछ
घुम ओढ अन्तरे पानी पर्दैछ
छिटो-छिटो गर है बेला तर्दैछ।
१४-०६-२०१३
No comments:
Post a Comment