'अनुभूति' "पाँचथरमा साहित्यिक बान्की "
- प्रदीप नेपाल
'पुराना बाहिरबाहिरै साहित्यकार भए।' यो गुनासो थियो, पाँचथरका साहित्यकर्मीहरूको। उनीहरूको गुनासो बैरागी काइँला र राजेन्द्र सुवेदीजस्ता पाँचथरमा जन्मिएका साहित्यकारप्रति थियो। तर, मेरो मनमा उदाए खगेन्द्र संग्रौला, विक्रम सुब्बा, कृष्ण धरावासीजस्ता पाँचथरमा जन्मिएर काठमाडौँमा चम्किएका साहित्यकारहरू।
'लामै समय हाम्रो साहित्यमा खडेरी पर्यो। ०४४ सालतिर हामीले नयाँ अभियान थाल्याँै। अहिले तपाईंले जे देखिरहनुभएको छ, त्यो ०४४ पछि हामीले रोपेको बिरुवामा लागेको फल हो।'
२५ वैशाख ०७० को एक बिहानको भेटघाटमा सुनिएको गुनासो हो यो। त्यहाँ उपस्थित हुनुहुन्थ्यो, प्रेेम ओझा, रामप्रसाद 'समथिङ', डीएम कन्दङ्वा, चन्द्र योङयाङ, दीपक खनाल, मधु केरुङ, राज 'दिलान्जली' आदि।
कार्यक्रम सकिएपछि उहाँहरूले मलाई आ-आफ्नो पुस्तकाकारको सिर्जना उपहार दिनुभयो। छक्क परेँ म। २८ थान किताब थिए, विभिन्न
विधाका। उपन्यास, कथा, निबन्ध, नियात्रा, नाटक, कविता, गजल, हाइकु अनि एउटा नयाँ विधा पनि थपिएको थियो, 'केस्रा साहित्य' शीर्षकको।
काठमाडौँमा बसेकाहरूमा बलियो शासकीय चेतना हुर्किएको हुन्छ। शासनमा मात्र होइन, साहित्यमा पनि यस्तै देखियो। साहित्यको केन्द्रीय शासन भन्दा पनि हुन्छ यसलाई। काठमाडौँली साहित्यकारका कृति विमोचनहरू समाचार शीर्षक बन्छन्। तात्तातै कृति परचिय र पुस्तक समीक्षाका विषय बन्छन्। तर, साहित्यको मोफसल के गररिहेको छ भन्ने चासो र ज्ञान दुवै हुँदैन काठमाडौँलाई।
मैले उपहारमा पाएका सबै कृतिको समीक्षा या परचिय दिन सम्भव हुँदैन। नाम मात्रै लिँदा पनि झर्को लाग्न सक्छ पाठकलाई। सबै कृति मैले पढ्न पाएको पनि छैन। उपन्यासका केही पाता चालेँ। अलग अलग कथाकारका एक एक कथा पढेँ। कवितामा पनि सर्सर्ती आँखा डुलाएँ। सबै सिर्जनामा एउटा साझा सम्प्रेषण पाएँ, मैले। ती सबै गाउँका जनतासँग जोडिएका छन्। कोही पाँचथरतिरै पसिना चुहाएर बाँचिरहेका छन्। कोही टाढा टाढा बेल्चा चलाउन पुगेका छन्। केही कृतिकार मलेसिया पनि पुगेका रहेछन्, मुटुमा देश बोकेर। लेख्छन् तिनीहरू,
"शान्ति"
'नजाउ शान्ति तर्किएर,
बिनाक सुर झर्किएर
नेपाल आमा रुन्छिन् सधैं
बिलौनाको आँसु छर्किएर
नजाऊ न् है तर्किएर
आउ न आऊ फर्किएर।
- राज आङ्देम्बे 'सहयात्री' [केस्रासंग्रह 'सहयात्री' बाट ]
जीवनसँग जोडिएर साहित्य सिर्जना गर्नु निकै कठिन काम हो। नेपालमा साहित्यकार भनेको सबैभन्दा गरबि समुदाय हो। जागिर नखाए पनि साहित्यकारले अखबारी लेखनमा लाग्नैपर्छ, आफ्नो जीवन धान्नका लागि। आफूलाई सगर्व पूर्णकालीन साहित्यकार भन्नेहरू पनि अवसर पाएसम्म विदेशी सहयोगको खोजीमा भौँतारएिकै भेटिएका छन्। म साहित्य लेखेरै स्वाभिमानको जीवन बाँच्छु भन्ने समय नेपालमा अझै आइसकेको छैन। किताब किनेर पढ्न नसक्ने कोही छैनन् नेपालमा। तर, महिनाको २० हजार रुपियाँ कमाउनेले पनि किताबचाहिँ लेखकले उपहार दिए हुन्थ्यो भन्ने आश बोकेर बाँचेको हुन्छ। काठमाडौँमै पनि साहित्यकारलाई नाम चलेकै प्रकाशन संस्थाहरूले लेखकस्व नदिएका दर्जनौँ उदाहरणको जानकारी मसँग छ मात्र होइन, स्वयं म त्यसको सिकार भएको साहित्यकार हुँ।
यस्तो स्थितिमा पाँचथरजस्तो सुदूरपूर्वको जिल्लामा बसेर साहित्य साधना गर्नु, कुनै राष्ट्रिय बहस, छलफल र पुरस्कार तथा सम्मानको चाह नपाल्नु भनेको साँचो अर्थको साधना हो। सांस्कृतिक विकासका लागि गरएिको निःस्वार्थ सेवा हो।
पाँचथरका साहित्यकारसँगको भेटघाटमा मैले कुनै गुनासो पनि सुनिनँ। आफ्ना अग्रजहरूप्रति जिल्लालाई बेवास्ता गरेकामा गुनासो थियो। तर, आफूहरूलाई राज्यले चिन्न नचाहेको, कुनै राष्ट्रिय चर्चा-परचिर्चामा पाँचथर साहित्यको प्रतिनिधित्व नभएको प्रति दिक्दारी पनि थिएन।
उसो त म प्रयोगवादी साहित्यकार होइन। तर, मलाई केस्रा साहित्यले आकषिर्त गर्यो। तेस्रो आयाम, राल्फा आन्दोलन, अमलेखजस्ता धेरै अभियानले पञ्चायती निरंकुशतालाई कमजोर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अहिले केस्रा विधाको आवश्यकता किन पर्यो भन्ने जिज्ञासा जाग्नु स्वाभाविकै पनि थियो। यद्यपि, यो केस्रा विधाको जन्म मलेसिया पुगेका श्रमिक नेपालीको पसिनाबाट भएको रहेछ। तर, यसका बारेमा बुझ्ने कामचाहिँ पाँचथर पुगेर थालियो। पाँचथरका साहित्यकारसँगको भेटघाटभन्दा अघि मैले केस्रा साहित्यको नाम सुनेको थिइनँ।
केस्रा विधालाई समयको माग भनिएको छ, यसको सिद्धान्त तर्जुमा गर्ने क्रममा। 'प्रत्येक युगमा समयानुकूल नयाँ चेतनाको जन्म हुने गर्छ। ..... वास्तवमा पुराना कुराको परमिार्जन या नयाँ कुराको जन्म समयको माग हो।...... आजको व्यस्त युगमा मान्छेको समय किस्ता किस्तामा बाँडिन पुगेको छ। यस्तो समयमा साहित्यको अन्य लामा विधाभन्दा यस्ता छोटाछरतिा विधामा पाठकको मन खिचिनु स्वाभाविक हुन्छ।....' समयको गतिशीलता र मानव जीवनका व्यस्ततालाई मध्यनजर गर्दै छोटो तथा चोटिलो अर्थपूर्ण विम्ब बोकेको सिर्जना गर्ने केही निर्धारति नीति नियम बनाएर मौलश्री लिम्बूले केस्रा विधाको घोषणा गरेका हुन् ।
अर्थात् थोरै शब्दमा धेरै सन्देश दिने विधाको नाम रहेछ, केस्रा साहित्य। केस्रा विधाले आफ्नो घोषणापत्र तथा दस्तावेजको सँगालो पनि निकालेको रहेछ। केस्रा साहित्य विधाका प्रवर्तकको केस्रा कविताको उद्दरण दिएपछि मेरो परचियको दायित्व पूरा हुन्छ। तिनको नाम रहेछ, मौलश्री लिम्बू। 'अधिकार' शीर्षकमा उनी लेख्छन्:
'अधिकार'
लडेर जाऊ
खोसेर खाऊ
मर्नु छँदै छ
हक जताऊ
व्यर्थै नजाऊ
दृढ समाऊ।
पाँचथरको साहित्य अझै फलोस् फुलोस्। काठमान्डौसँग प्रतिस्पर्धा गर्ने आफ्नो औकातलाई सार्वजनिक गरोस्। पाँचथरको साहित्यसँगै केस्रा साहित्य पनि जीवनसँग जोडिएर अगाडि बढिरहोस्।
[साभार,:- "नेपाल" राष्ट्रिय साप्ताहिक अंक: ६०४ | २०७१ असार २९ | जुल १३, २०१४ http://www.ekantipur.com/nepal/article/?id=7175 ]

- प्रदीप नेपाल |

No comments:
Post a Comment