- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Thursday, 31 July 2014

केस्रा: संक्षिप्त परिचय

   "केस्रा" विधाको संक्षिप्त परिचय
                                                     
       मनका कुरा लेखेर ब्यक्त गर्ने भाषिक तरिकालाई साहित्य भनिन्छ। लिपिबद्ध भएर प्रकाशन भएपछि त्यो रचना बन्छ। सुन्दर र राम्रो सिर्जना गर्नको लागि रचना कलाको ज्ञान आवस्यक हुन्छ।त्यसको आवस्यक तत्व हो विचारमा गहिराई, वर्णविन्यसमा शुद्धता, लेखाईमा कुशलता, प्रस्तुतिमा चमत्कार पूर्ण नविनताका साथै वैज्ञानिकता हुनु पर्दछ ।सर्जकले सृजना गर्दा विषय वस्तुको गम्भीरतामा मत-अभिमत दर्शाएर विकृति, विसङ्गति, अन्धपरम्परा र अन्धविस्वासका रूढीहरूलाई वहिस्कार गरि वर्तमान र भविस्यको सभ्य समाज निर्माण हुने गरि युगानुकुल संदेश दिन सके मात्र त्यो रचना आदर्श रचना बन्दछ।
- महादेव अधिकारी
काठमान्डौ,हाल- यु ए ई.
       नेपाली साहित्य रामायण जस्तो महाकाव्यवाट स्थापित भएको थियो। र समयसंगै खण्डकाव्य, मुक्तक, चम्पू, उपन्यास, कथा, निबन्ध, संस्मरण, पत्र-साहित्य, रेखाचित्र, जिवनी, नाटक, कविता र समालोचना जस्ता विधाहरूको प्रतिपादन,लेखन र विविध प्रयोग हुँदै आयो।यसमा पनि फरक फरक विचार स्थापित हुँदै जाँदा विभिन्न वादहरू बने जस्तै:- आदर्शवाद, स्वच्छनदतावाद, छायावाद, यथार्थवाद, प्रयोगवाद, अस्तित्ववाद,भयवाद इत्यादी वादहरू भौतिक विकाससंगै साहित्यमा प्रतिपादन हुँदै आए।
      पछिल्लो समयमा मानिसहरू अत्यन्त ब्यस्त हुने हुनाले साहित्यहरू पनि छोटा छोटा रचनामा परिणत हुँदै आए, मुक्तक , रूवाई, ताङ्का, गजल, गद्य कविता , गीत, यसका उदाहरणहरू हुन्।यसै शिलसिलामा हाल फेसबुक साहित्य सञ्जालको विकाससंगै रचनाकारहरूले आफ्ना रचनाहरू कसैको अनुमति विनानै प्रकाशन गर्न
पाउने प्रविधिको विकास भयो र सर्जकहरू पनि ह्वात्तै बढेर आए।गरिवीको जातोमा पिसिएर मन नलागे पनि विदेशिन बाध्य भएका नेपाली युवायुवतीहरूको लागि आफ्ना पीडा पोख्नको लागि फेसबुक साहित्य बरदान नै सावित भयो। र यस्तैमा नेपाली साहित्यको कविता विधा अन्तर्गत “केस्रा”साहित्य विधाको पनि प्रतिपादन भयो। रोजगारीको शिलसिलामा मलेसियामा पुग्नु भएका मौलश्री लिम्बू यस विधाका प्रवर्तक हुनु हुन्छ ।आजको वेफुर्सदी समयमा थोरै शब्द प्रयोग गरेर छोटो मीठो साहित्य रचना गर्न र पढ्न दुबै थरीलाई सजिलो हुने भएकोले यो बिधाको महत्व झनै बढ्दै गएको छ।केस्रामा विषय वस्तुको एक पक्ष वा सूक्ष्मताको उजागर गरिएको हुन्छ। केस्रा तीन प्रकारका हुन्छन्;-
                  केस्राका प्रकार:
१) आकृति केस्रा:- यसमा उठानको दुबै हरफ विश्रामको दोस्रो हरफ र बैठानको दुबै हरफको अन्तिममा अनुप्रासको प्रयोगमा लेखिएको केस्रा ।यो केस्रा केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वच्छन्द लयमा लेखिने छ।
 २) आवृत्ति केस्रा:- यसमा अनुप्रासको अघिल्तिर वा मध्यभागमा राखेर प्रत्येर हरफमा वा विश्रामको पहिलो हरफमा बाहेक अन्य पाँच हरफमा कुनै शब्दलाई दोहोराएर लेखिएको केस्रा।यसलाई एउटा शब्द र अनुप्रासको मात्र प्रयोग गरेर पनि लेख्न सकिन्छ।यो पनि केस्रा विधाले मान्यता दिएका वा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वच्छन्द लयमा लेख्न सकिन्छ।
३) अलङ्कार केस्रा:-अलङ्कारको अर्थ रमाईला शब्दसंयोजन र अर्थ-चमत्कारद्वरा केस्रालाई सजाएर आकर्षक पार्ने हो।अलङ्कार केस्राको सौन्दर्य,अर्थमा रमणीयता र उक्तिको वैचित्र्यताका लागि अनिवार्य अङ्ग बन्छ। यो वैज्ञानिक ढंगले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको संरचना निर्माँण गरि लेखिनेछ।यसमा केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको अनिवार्य प्रयोगमा आकृति केस्रा रआवृत्ति केस्राको संरचनामा लेखिने केस्रालाई नै अलङ्कार केस्रा भनिन्छ।
अनुप्रास:- अनुप्रासले शब्दको साम्य स्थापित गर्छ,अनि एकै थरी वर्ण घरी-घरी दोहोरिन्छन् र श्रुतिमाधुर्य बढ्छ।केस्राको अनुप्रास चार प्रकारको हुन्छ:-
                  अनुप्रासका प्रकार:-
१) समश्रुति अनुप्रास:- यसमा अनुप्रास शब्दको पहिलो वर्ण अक्षर भिन्न भएता पनि वर्ण विन्यासमा समान स्वर भएको साथै बाँकी अक्षर दोहोरिएको शब्दहरू जस्तै:- मन, धन, वन, तन, समस्वर उच्चारण “अन”
 २) स्वरश्रुति अनुप्रास:- यसमा दुई अक्षर भन्दा बढी अक्षर भएको अनुप्रास शब्दको अन्तिम अक्षर दोहोरिए पनि अगाडिको वर्ण असमान तर वर्ण विन्यासमा समान स्वर भएको साथै पहिलो र अन्तिम अक्षर समान तर वीचको अक्षर भिन्न भएता पनि स्वर उच्चारण समान भएको शब्द जस्तै:- सुनार , मुहार, पुकार, सुधार समस्वर उच्चारण “उआर”
३) अल्पश्रुति अनुप्रास:- यसमा कम्तिमा दुई अक्षर वा स्वर उच्चारण मिलेको लामो र छोटो अलग-अलग शब्दको उच्चारण वा लामो शब्दका अन्तिम समध्वनी अक्षर समान उच्चारणबाट बन्ने अनुप्रास जस्तै:- मिलाप, छाप,धराप, फलिफाप समस्वर उच्चारण “आप”
४) आश्रित अनुप्रास:- यसमा कुनै दुई अक्षर वा शब्दको संयोजनबाट अर्थ खुल्ने शब्दको अनुप्रास जस्तै:- ला'को, खा'को, पा'को, गा'को,समस्वर उच्चारण “आ'को’
दृष्टान्त:- अनुप्रास शब्दका अन्तिम श्रुति समान अक्षरहरू वा वर्णहरू "न/ण ' साथै "न् /ण/ ञ/ त्यस्तै "श/ष/स' लाई एकअर्काको सट्टामा प्रयोग गर्न सकिनेछ तर यी बाहेक अन्य कुनै पनि श्रुति समान अक्षर वा वर्ण मान्य हुने छैन। 

        केस्राका लागि केहि मान्यताहरू: 
१) निपात शब्द वा अक्षर अनुप्रासको अन्तमा राख्न सकिनेछ।
२) अनुप्रास शब्द कम्तिमा दुई अक्षर वा वर्णको अनिवार्य हुनु पर्नेछ। अघिल्लो अक्षर वा वर्णमा स्वरवर्ण मिले पनि अन्तिम अक्षर वा वर्ण प्रत्येक अनुप्रासमा दोहोरिनु पर्दछ।
३) लय र विश्राम अनिवार्य छैन।
४) विश्राम हरफमा विषय वस्तुको एक पक्ष वा भावको खुलासा हुनु पर्दछ र वैठानमा उक्तभावलाई जोड दिदै वैचारिकता दर्साउनु पर्दछ।
५) केस्रा ६ हरफको हुन्छ र यसको पाँचौ हरफमा पहिलो अनुप्रास अनिवार्य दोहोरिनु पर्छ।
६) केस्रा भन्ने वित्तिकै एउटा फलको एउटै स्वादको मात्र हुने भएकोले यसमा शीर्षक अनिवर्य छ र यसमा त्यसै शीर्षक सार्थक हुने गरि विषय वस्तुको विभिन्न पक्ष वा खण्ड मध्ये एक अंश वा रस मात्र हुनु पर्दछ। जसको सुक्ष्मतालाई पहिचान गरि लेखनु पर्दछ।
७) एक हरफमा बाह्र अक्षर भन्दा कम अक्षर हुनु पर्नेछ।प्रत्येक हरफमा एक स्वर वर्णको गणनामा छुट हुन्छ।आवश्यकता अनुसार गणना गर्न पनि सकिन्छ।
८) दुई- दुई हरफको समायोजनमा छ हरफको एक केस्रा तयार हुन्छ।
९) दुई हरफको पहिलो समयोजनलाई 'उठान' दोस्रोलाई ' विश्राम' र तेस्रोलाई ' वैठान ' भनिन्छ।
[नेपाली साहित्यमा केस्रा विधालाई पत्रकार सम्मेलन गरि १ जनवरी २०१२ क्वालालुम्पुर,मलेसीयामा सार्वजनिक भईसकेको छ। ]

 केस्रा : 
     ''माटोमा "

उदाउँला भाग्य झलमल बनि
मेहनत पसिना बगाउँ भनि

लड्दै र पड्दै नेपाली माटोमा
सुन झै अनाज फलाउँछ नी

सपना आउँला साकार बनि
कहिले जोतेर कहिले खनि।
 - महादेव अधिकारी 

No comments:

Post a Comment