चाउचाउ साहित्यको प्रस्तावनापत्र
३१ अगस्ट २०१४, हङकङ (सृजनशील सम्मेलन)
१) पृष्ठभूमि : हङकङको नेपाली साहित्य
सत्तरीको दशकतिर बेलायती गोर्खा सैनिकका रूपमा नेपाली जातिले हङकङमा पाइला टेकेपछि उनीहरूले नै हङकङमा पहिलोपटक नेपाली साहित्य लेखेको प्रमाण 'पर्वते' पत्रिकामा पाइन्छ । सन् १९९७ जुन ३० मा हङकङको सार्वभौमसत्ता मूलभूमि चीनलाई हस्तान्तरण गरेपछि हङकङमा रहेको 'ब्रीगेड अफ् गोर्खा'को अस्तित्व पनि समाप्त भयो तर बेलायतले हङकङको 'बेसिक ल' अन्तर्गत भूतपूर्व बेलायती गोर्खा सैनिकका हङकङमा जन्मेका सन्तान र उनीहरूको डिपेन्डेन्टलाई हङकङमा बसोबासको अधिकार (आइडी कार्ड) दिएर गयो । ब्रीगेड अफ् गोर्खाको बुलेटिन 'पर्वते'मा प्रकाशित गोर्खा सैनिकका रचनाहरू नै हङकङमा लेखिएको पहिलो नेपाली साहित्य हुन् भनेर मान्न सकिन्छ ।
सनराइज साप्ताहिकका प्रधान सम्पादक भूपेन्द्र चेम्जोङका अनुसार १९९८ तिर सर्वप्रथम हङकङमा साहित्यिक गोष्ठीको आयोजना भएको थियो जसको संयोजन गरेका थिए चन्द्र मादेन 'आन्छन्' र भूपेन्द्र चेम्जोङले । आइडीमा हङकङ बसोबास गर्ने नेपालीहरूको संख्या अभिवृद्धिसँगै हङकङमा नेपाली भाषा, साहित्य र सँस्कृतिप्रतिको चासो बढ्दै आएको देखिन्छ । नेपाली भाषाको खबर पत्रिका एभरेष्ट साप्ताहिक (स्थापना कालमा दैनिक, सन् २०००) को नियमित प्रकाशनले हङकङमा नेपाली भाषा साहित्यको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । नेपाली भाषा साहित्यमा नेपाल छँदै लागिपरेका लेखक साहित्यकारहरू क्रान्ति सुब्बा, चन्द्र दुमी, शरण सुब्बा, टंक सम्बाहाङ्फे, जया राई, नन्द राई, देश सुब्बा, नेपाल कुश्शा, शिव प्रधान आदि अग्रपङ्तीका स्रष्टाहरूले संगठित रूपमै हङकङमा नेपाली साहित्यको विकासका लागि नेपाली साहित्य प्रतिष्ठान हङकङको गठन गरे । यसै सन्दर्भमा हङकङमा नेपाली साहित्य हुर्किने र फैलिने क्रमले विभिन्न साहित्यिक संघसंस्थाहरूको गठन र नेपालमै स्थापित भैसकेका कविलेखकहरूको
आगमनसँगै निरन्तरता पाइरहेको पनि छ । सन् २००४ मा स्थापित 'सृजनशील साहित्य समाज हङकङ'ले गरेका नौला नयाँ साहित्यिक प्रकाशन र गतिविधिहरूले हङकङको नेपाली भाषा साहित्यको विकास र संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरा देखिजान्नेहरू बताउँछन् । पछिल्लो समयमा साब्लाबुङ प्रकाशनले पनि हङकङको नेपाली साहित्यको लागि डटेर सेवा गरिरहेको जगजाहेर नै छ । नेपालबाट भर्खरै हङकङ बसोबासका लागि आएका नेपाली गजलमा स्थापित हस्ताक्षर बज्रकुमार थुलुङको उपस्थिति हङकङको नेपाली साहित्यको लागि फलदायी हुने अनुमान गर्न सकिन्छ ।
सन् १९९८ लाई प्रारम्भकाल मान्ने हो भने पनि हङकङको नेपाली साहित्य १६ वर्षको कल्कलाउँदो उमेरमा पुगिसकेको समय हो यो । यसबीच हङकङको नेपाली साहित्यमा उल्लेखनीय योगदान दिएर शिव प्रधान, जया राई, लक्ष्मी राई (लारा), गणेश राई, देवेन्द्र खेरेस, राई सिके मिलन र प्रकाश केसीले बेलायत बसाइँ सरिसकेका छन् भने कतिपय पुराना कविलेखकहरू हङकङमै बसेर पनि साहित्यिक गतिविधि र होहल्ला भन्दा टाढा छन् । केही अपवादका रूपमा भोगेन एक्ले जस्ता कविलेखक नेपालको गाउँतिरै फर्किसकेका छन् भने गजलकार अशोक राईले अमेरिकालाई कर्मथलो बनाइसकेका छन् । यसबाट के भन्न सकिन्छ भने हङकङको नेपाली साहित्यसित कुनै बेला प्रत्यक्ष परोक्ष सम्बन्ध राख्ने स्रष्टाहरूको लहर निक्कै लामो छ तथा हङकङको साहित्यिक बास्ना बेलायतदेखि नेपालको गाउँ र नेपालको गाउँदेखि अमेरिकाको सहरसम्म पुगिसकेको छ ।
अर्कोतिर हङकङकै नेपाली साहित्यले भयवाददेखि रेखा साहित्यसम्म, समुच्च विचारदेखि विसंगति विचारसम्म घोषणा गरेर केही साहित्यकारहरू वैचारिक साहित्य लेखिरहेका छन् र सिङ्गो नेपाली साहित्यमा समेत यी वाद र विचारहरूको पहुँच पुगिसकेको अवस्थालाई नकार्न मिल्दैन । डायोस्पोराका नाममा हङकङको नेपाली साहित्यले नेपालका समिक्षकहरूको कलमको मसी थोरबहुत खर्च गरिसकेकै पनि हो ।
तेस्तैगरी नेपालका प्रख्यात कविलेखकहरू वैरागी काइँला, सरुभक्त, कृष्णभक्त श्रेष्ठ, श्रवण मुकारुङ, गोविन्दराज भट्टराई, व्याकुल माइलादेखि भारत दार्जिलिङबाट इन्द्रबहादुर राई समेत हङकङमा आएर विभिन्न गोष्ठीहरूमा सहभागी भैसकेका छन् । सृजनशील अराजकताको आग्रहसम्मतले अभियानकर्ता मदन पुरस्कार विजेता राजन मुकारुङलाई हङकङ निम्त्याएर उनको हातबाट विद्यार्थी नानीहरूलाई पुरस्कार र प्रमाणपत्रहरू पनि वितरण गरिसकिएको छ । हङकङका स्रष्टाहरूको दर्जनौं कृतिहरू प्रकाशित भैसकेका र भैरहेका छन् । कविता, कथा, यात्रा निबन्ध, उपन्यास र गजलका किताबहरू नेपालदेखि बेलायत र भारततिर छरिसकेका छौं ।तर आजसम्मका हाम्रा प्रकाशित कृति र विचारहरूले के साँच्चिकै हङकङको हाम्रो जीवनलाई बोकेको छ त ? यदि बोकेको छ भने कहाँ र कसरी बोकेको छ ? यदि बोकेको छ भने हङकङका हाम्रा प्रिय पाठकहरू हामीले लेखेको साहित्यसँग किन भाग्छन् ? यदि बोकेको छ भने नेपाली साहित्यको मूलप्रवाहमा हाम्रो हङकङको नेपाली साहित्य कहाँ छ ? यदि हामीले लेखिरहेको नेपाली साहित्यमा हङकङको नेपाली जीवन लेखिएको छैन भने किन लेखिएन ? यी यस्ता प्रश्नहरूको उत्तरहरू हङकङका हामी जिम्मेवार कविलेखकहरूले इमानदारीपूर्वक दिनुपर्नेछ अबका दिनमा भन्ने लागेर 'हाम्रो होङकोङको जीवन र जगत लेखौं' भन्ने प्रमुख आग्रहका साथ 'चाउचाउ साहित्य'को प्रस्तावना अघि सारिएको छ ।
२) चाउचाउ साहित्यको प्रस्तावना
क.
साहित्य हामीले बाँचेको जीवन र जगतको अनुकरण हो भने हामीले लेखेको साहित्यमा हाम्रै जीवन र जगत प्रतिबिम्बित हुनु पर्दछ । तेसो र हङकङको नेपाली साहित्यमा हङकङको नेपाली जीवन र जगत, नेपाली भोगाई र अनुभूतिहरू लेखौं ।
ख.
पाठक र लेखकको बढ्दै गएको दुरी छोट्याउन आमपाठकहरूको मन छुने सरल भाषा शैली र शिल्पमा लेखौं ।
ग.
साहित्यप्रति आमपाठकहरूमा बढ्दै गएको वितृष्णा मेटाउँदै हामीले लेखेका सिर्जनाप्रति चाख र विश्वास जगाउन जीवनको मूल्य र सकारात्मक लेखनलाई प्राथमिकता देऔं ।
घ.
आमपाठकहरूलाई दिग्भ्रमित पार्ने लेखन र असाहित्यिक गतिविधिहरू वर्जित गरौं ।
ङ.
नेपाली साहित्यका भ्रष्ट र प्रतिगामी तत्वहरूको चाकरी र चाप्लुसी गर्ने प्रवृत्ति र नेपालका समिक्षकलाई पैसा दिएर आफ्नो बारेमा लेखाउने परम्पराले हङकङको नेपाली साहित्य दिनानुदिन बदनाम हुँदै गएको छ । यो पीत साहित्यकारितालाई हाम्रो होङकोङबाट उन्मूलन गरौं ।
च.
हङकङको नेपाली साहित्यलाई निरन्तर रूपमा अघि बढाउन हाम्रा नानीहरूलाई नेपाली भाषा साहित्य सिकाउन जरुरी छ । तेसो र हामी स्वयंले बाल साहित्य लेखेर हाम्रा नानीहरूलाई नेपाली भाषा साहित्यतिर आकर्षित पारौं ।
छ.
मेट्रो सहरले मान्छेलाई 'यन्त्रमानव' बनाउँदै लगेको स्थितिमा हाम्रो लेखनमा 'मुटु'(compassion) लाई मूल तत्वको रूपमा स्थापना गरौं जस्ले गर्दा हाम्रो साहित्यमा यन्त्र होइन मान्छे बोलोस् ।
ज.
हाम्रो बसोबास हङकङमा भएता पनि हामीसित नेपाली नागरिकता र पासपोर्ट छ । हाम्रो सम्बन्ध मातृभूमिसित टुटिसकेको छैन, हाम्रा आफन्त र थातथलो नेपालमै छन् । हामी भारत दार्जिलिङबाट आएका नेपालीहरू पनि छौं जो अझै पनि दार्जिलिङसितै गाँसिएका छौं । तेसो र हामी नेपाली डायस्पोरा होइनौं, हामी हङकङका नेपाली हौं र हामीले लेखेको साहित्य हङकङको नेपाली साहित्य हो । हामी तथाकथित नेपाली डायोस्पोरा अस्वीकार गर्छौं ।
झ.
- चाउचाउ साहित्यलाई instant literature को रूपमा बुझियोस् । (झ. १)
- चाउ भनेको क्यान्टोनिज चिनियाँ भाषामा 'टापु' हो र हङकङ टापु नै टापुले बनेको सहर भएकोले चाउचाउ साहित्यलाई हङकङमा लेखिएको नेपाली साहित्यको रूपमा बुझियोस् ।(झ. २)
- एसियाको विश्व सहर हङकङमा प्रविधिको विकासले मान्छेहरू 'चाउ-टापु' जस्तै 'स्मार्टफोन' घोंच्दै एक्लै होइबसेको हुन्छ । चाउचाउ साहित्यलाई तेताबाट पनि बुझियोस् ।(झ. ३)
- विश्वका अन्य देश या सहरमा बस्ने नेपाली लेखकहरूले पनि तेहि देश या सहरमा भोगेको नेपाली जीवनलाई लेख्न सक्नेछन् । तर तेसको नाम चाउचाउ साहित्य नै हुनु पर्छ भन्ने छैन, तिहींकै जीवन प्रतिबिम्बित गर्ने नाम राखे हुनेछ ।(झ. ४)
३) चाउचाउ साहित्यको मिथक
जागिरको सिलसिलामा हामी विदेशमा बसोबास गरिरहेका नेपालीहरूको जीवन पनि उत्तिकै मूल्यवान छ । यसलाई दस्तावेजमा सुरक्षित गर्नु नितान्त खाँचो छ । तेसो र चाउचाउ साहित्यद्वारा प्रस्तावित विचारहरूमा रहेर साहित्य लेखियो भने कालान्तरमा तेहि नै हाम्रो जीवनको दस्तावेज हुनेछ ।
कथाकार शरण सुब्बाले सन् २००० तिर लेखेका छन् 'मार्कसिक्स'को कथा जसमा चाउचाउ साहित्यको एकप्रकारको प्रारम्भिक चेतना पाइन्छ । तेस्तै केआर वाहिङ, नरेश सुनुवार, डिबी पालुङ्वाका सिर्जनाहरूमा पनि हङकङको नेपाली जीवनले विषयको रूपमा स्थान पाएका छन् ।
साहित्य खालि भावनाको पतङ मात्रै होइन यो त समाजको ऐना पनि हो भन्ने मान्यता अनुरूप नै चाउचाउ साहित्यले हामीले बाँचेको स्थानीय जीवन र जगतलाई लेख्ने जमर्को गरेको हो ।
यस्सै सन्दर्भमा एक असल पाठक कविता राईलाई यौटा लेखकको ईच्छा व्यक्त गरें-
'मेरो कविता मान्छेहरूले काममा जादाँ र कामबाट फर्किंदाँ बस या रेलमा पढुन् ।'
उनले भनिन्- 'तँपाईको पाठक कामले थाकेको छ तेसमाथि होङकोङका कविसाहित्यकारहरूले अझै टेन्सन थप्ने कुरो लेख्छन् । पाठकहरू कविता पढेर रमाउन चाहन्छ्न् तनावग्रस्त हुन होइन ।'
कविता राईको यो कुराले समय नभएको हङकङको पाठकहरूलाई ध्यानमा राखेर 'छिटो मीठो साहित्य' भनेर 'चाउचाउ साहित्य' लेख्न थालियो । केन्डीक्रस फैलिए झैं अचानक सुब्बा सापका 'चाउचाउ कविता' हङकङको नेपाली समाजमा फैलियो । मान्छेहरू रेलमा बसमा लन्चमा ब्रेकमा फेसबुक कोट्याएर चाउचाउ कविता पढेर रमाउन थाले । हाङयुग अज्ञातले निर्माण गरेको पात्र सुब्बा सापले हाङयुग अज्ञातको अस्तित्व संकटमा पारेकोले फेसबुकमा मेटाइयो सुब्बा सापलाई । तर कवि मगेन्द्र राईले चिहानमा पुर्याइएको सुब्बा सापको लासलाई तितेपाती र पानी छर्केर ब्युँताए, यिनी निक्कै ठूला नाक्छोङ निस्किए ।
अनि चाउचाउ साहित्यका संयोजक र प्रवक्ताका रूपमा रविन राईको विचारले बाल साहित्य सुरु गरिरहेका छौं, गायक संगीतकार र साहित्यकारहरूलाई एउटै मंचमा राखेर नयाँ नौलो सोचमा 'मुटु सम्मेलन ' पनि जारी छ । वरिष्ठ संगीतकार दिनेश सुब्बाज्यूले पनि हङकङको नेपाली जीवनको विषयमा कविता लेख्नु भएर चाउचाउ साहित्यको मर्मलाई मजबुत बनाइसक्नु भएको छ । जुनकीरीज्यूले भर्खरै सुरु गर्नु भएको 'डुडल आर्ट'ले पनि चाउचाउ चिन्तनको पाटो समाएको पाइन्छ ।
समर गुरुङ, नेत्रप्रकाश जुनकीरी, तुलसीराज राना, मनु कन्दङ्वा, कविता राई, हेम लावती, निरज राई र रेणु राईका रचनाहरू चाउचाउ साहित्यका लागि प्रारम्भिक मार्गनिर्देशक कविताहरूका रूपमा लिएका छौं । मनु कन्दङ्वाका प्राय सबै कविताले हाम्रो होङकोङ जीवन बोकेका छन् । कवि टिबि याक्खाको हङकङको व्यस्ततालाई बिम्ब बनाई लेखिएको 'असार १५' कविता चाउचाउ कविताको राम्रो उदाहरण मानेका छौं । अन्य धेरै कविलेखकहरूले हङकङको जीवन लेखिरहेका हुनसक्छन्, उनीहरूको खोजी गरेर चाउचाउ साहित्यको मिथकमा गाँस्नु छ ।
४) टुङ्ग्याउनीमा
कविलेखकले ठूल्ठूला वाद र विचारहरू प्रतिपादन गरेको ढ्वाङ फुकिरहेकाछन् । तर चाउचाउ साहित्य कुनै वाद या विचार होइन । यो त हामीले हाम्रो होङकोङमा दिनदिनै बाँचिरहेको जीवन र जगतको सामान्य अनुकरण मात्रै हो, यन्त्रमा रूपान्तरण हुँदै गरेको मान्छेको 'मुटु सर्भिसिङ'को प्रयत्न मात्रै हो । पाठक र लेखक बीच बिग्रँदो सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता जस्तो पनि हो चाउचाउ साहित्य । हङकङको नेपाली साहित्यमा नयाँ पुस्ताको विकास र निरन्तरताको प्रयास जस्तो पनि हो चाउचाउ साहित्य । हङकङबाट नेपाली साहित्यमा भित्रिएको गलत र भ्रष्ट प्रवृत्तिहरूको विरोध पनि हो चाउचाउ साहित्य । सकारात्मक लेखन प्रतिको विश्वास पनि चाउचाउ साहित्य ।
"हाम्रो होङकोङको जीवन र जगत लेखौं"
"जिन्दगी जिन्दावाद" !!

अभियन्ता:- हाङयुग अज्ञात |

No comments:
Post a Comment