- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 29 March 2014

रेखा कविता

       रेखा कविताको प्रारम्भिक परिचय


- टंक सुब्बा
 हङ्कङ् 
     रेखा कविताको यो समयको कविता हो । यसमा खास गरी समय बगाएका छौँ । यो जीवन र जगत् हेर्ने दृष्टिकोण, भावना प्रस्तुत गर्ने संरचना र लेखाइको पहिचान हो । यसमा दृश्य,अदृश्य, भावना, समय र क्षितिजको प्रस्तुती छ । यसलाई अहिलेसम्म ५ देशबाट १२ जना कविहरू लेखिरहनु भएको छ । ती कविहरू-

१. देश सुब्बा-हङकङ
२. टंक सम्बाहाम्फे-हङकङ
३. बिमल रार्इ -हङकङ
४. डि.बि. पालुङ्वा-हङकङ

Wednesday 26 March 2014

कृष्ण लिम्बू

     कृष्ण लिम्बू जीका केस्राहरु 


- कृष्ण लिम्बू
पाँचथर,हाल-मलेसिया 
   "बिहानी"

शीतको थोपा बिलाउदैँ
फूलहरु खिलखिलाउदै

फर्की आयो फेरि बिहानी
सुन्दर दृश्य दिलाउदैँ

अधेरी रात बिलाउदैँ
आयो उजेली मिलाउदैँ।
०६-०३-२०१४

      "भरिया"

Saturday 22 March 2014

दान राई 'झरी'

       दान राई "झरी" जीका केस्राहरु 

- दान राई "झरी"
उदयपुर,हाल-मलेसिया 
      "सपनीमा"

सपनीमा मेरो देश रुदै थियो
आँशु दिई खुशी खोई कस्ले लियो

मेरै सामू गुनासो त्यो पोखे पछि
नेपाली यो मन मेरो वहकियो

बाँचा र बचाउ भनि रुदै थियो
छाती भारी खोई कस्ले पिडा दियो 
११-०२-२०१४

   "चेतावनी"

Monday 17 March 2014

केशर सुब्बा

        केशर सुब्बा जीका केस्राहरु 

- केशर सुब्बा
पाँचथर,हाल-मलेसिया 
 "आत्मा"

जान्छौ भने जाउ
किन खोज्छौ भाउ

फस्दीन जालमा
नहेर भो दाउ

चुपचाप जाउ
अन्तै मायाँ लाउ
०८-०९-२०१३

  "प्रेम"

Thursday 13 March 2014

विविध:- वर्णविन्यास

        वर्णविन्यासका समस्या र चुनौती
                                                            - विन्दु बस्याल 


- विन्दु बस्याल 
       वर्णविन्यास वर्णहरूको रखाइक्रम हो । वर्णविन्यास भन्नाले वर्ण, अक्षर, शब्द, मात्रा वा ध्वनिलाई सार्थक बनाई अर्थात् स्पष्ट र उपयुक्त अर्थ आउनेगरी क्रमपूर्वक व्यवस्थित रूपमा राम्रोसँग मिलाएर प्रयोग गर्नु भन्ने बुझिन्छ । यस अन्तर्गत वर्णहरूलाई त्रुटिरहित र उपयुक्त चिन्हहरूको उचित प्रयोग गरी लेख्ने योजना र नियमहरू समेटिन्छन् । शब्द निर्माण र वाक्य गठनजस्ता भाषिक अभिव्यक्तिका क्रममा वर्णविन्यासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई नेपालीमा हिज्जे, खिप्ती, वर्तनी, अक्षरी पनि भनिन्छ ।
      अहिले वर्णविन्यास एक समस्याको रूपमा देखिएको छ । नेपालको अन्तरिम संविधान-२०६३ ले यहाँ बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाका रूपमा स्वीकार गरिसकेको छ । नेपाली भाषा राष्ट्रभाषाका साथै सरकारी कामकाजको भाषाका रूपमा रहेकाले यहाँ बसोबास गर्ने सबै जातजाति र भाषाभाषीका लागि बाध्यात्मक भाषा बन्न पुगेको छ । नेपाली भाषा बोल्न सजिलो छ, तर लेख्न भने

Saturday 8 March 2014

राज आङ्देम्बे "सहयात्री"

      राज आङ्देम्बे "सहयात्री" जीका केस्राहरु 

   "भ्रम"
राज आङ्देम्बे "सहयात्री"
पाँचथर,हाल-मलेसिया 

अन्जानमा या त जानेर
नजरको तीर हानेर

सामाजीक यो संजालमा
कागलाई कोइली ठानेर

काग भन्दा भन्दै जानेर
बसेँ छु हितैषी मानेर ।
२२-०२-२०१४

  "अभाव"

Thursday 6 March 2014

नन्द कोयी राई

       नन्द कोयी राई जीका केस्राहरु 


- नन्द कोयी राई
खोटांग,हाल-कतार 
  "स्वार्थी" 

यता चिरी मुटु अन्तै साट्यौ
निष्ठुरी रहेछौ डाँडै काट्यौ

स्वार्थी भएछौ धनको मोहमा
धनिसँगै घरबार आँट्यौ

तन मन अब अन्तै साट्यौ
तिमीले मेरो माया नै छाँट्यौ।
२४-०२-२०१४

 "निरास"

Monday 3 March 2014

सन्तोष माबुहाङ्ग "अनसन"

    सन्तोष माबुहाङ्ग "अनसन" जीका केस्राहरु 

 सन्तोष माबुहाङ्ग "अनसन"
तेह्रथुम,हाल-मलेसिया 
"साहित्यकार"

कल्पनामा रून्छ
शब्द जाल बुन्छ

जिन्दगीको बाटो
कलमले खुन्छ

भावनामा रून्छ
पागल नै हुन्छ ।
१६-०२-२०१४

 "माया"

Saturday 1 March 2014

देशु सुब्बा

        देशु सुब्बा जीका केस्राहरु 

- देशु सुब्बा
पाँचथर,हाल- साउदी अरब 
"प्रवासी"

अहिले बनेको छु म त प्रवासी
काम चांहि पर्यो है मेरो खलासी

कामप्रति ईमान्दारी भै दिनाले
आज मालिकबाटै पाएँ स्याबासी

कर्मथलोको अर्को नाम प्रवासी
जिन्दगी बिताउंदै छु हासी-हासी
०४-०८-२०१३

   "फूल"