- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 31 May 2014

कृष्ण लिम्बु

         कृष्ण लिम्बु जीका केस्राहरु 

- कृष्ण लिम्बु
पाँचथर,हाल-मलेसिया 
   "भरोसा"

आधा रातको अँधेरीमा पनि
बिउझिएर ताराहरू गनी

मेरो निम्ति खुशी माग्ने कोही छ
सारङ्गी झै रेटिन्दा धुन बनी

आफ्नो आँशुहरू पूछेर पनि
डोर्याउने नयाँ कोरेटो खनि।
२८-०३-२०१४

   "घात"

Thursday 29 May 2014

केहि केस्राहरु:- २ [२०१४]

 सञ्जय गुरुङ,भक्ति प्र.पौड्याल र प्रनिल चापागाई जीका केस्राहरु

"चेतना"

विदेशमा रगत बगाएर
सधै ज्यानको बाजी लगाएर

आखिर के पाउछौ विदेशमा
ठूला ठूला शहर बनाएर

हुन्न अब पसिना बगाएर
फर्कौ देश साहस जगाएर।
  २६-०२-२०१३
- सञ्जय गुरुङ 
ताप्लेजुंग
*****     ######   ******

 "स्रोत"

Monday 26 May 2014

चतुरमान राई

                  चतुरमान राई जीका केस्राहरु 


- चतुरमान राई
ओखलढुंगा ,हाल- मलेसिया
 
    "शंका " 

नपिउँदाको मातहरु
नबिताएका रातहरु

ठान्छन दोषी किन त्यसै
नसमाएका हातहरु

जवानीका ति मातहरु
शंकालु हुने बातहरु
२३-०५-२०१४

         "दलीत"

Saturday 24 May 2014

नाना रोदुङ्

     नाना रोदुङ् जीका केस्राहरु 

नाना रोदुङ्
खोटांग,हाल:- इजराल 
    "नेता" 

ठाउँमा नपुगिन्जेल म्याउ गर्छ
ठाउँमा पुगेपछि माथि सर्छ

देशमा विकाश चाहियो भन्दा
जनता माथि सिधै आँखा तर्छ

यस्ता नेताले के विकास गर्छ
राजश्व बटुलेर खल्ति भर्छ
०४-०१-२०१४

   "घमण्ड" 

Thursday 22 May 2014

डम्बर धिमाल 'प्रकृति'

     डम्बर धिमाल 'प्रकृति' जीका केस्राहरु 

- डम्बर धिमाल 'प्रकृति' 
उर्लाबारी,मोरंग हाल:- बहराईन
    "प्रवास" 

दुरदेशमा मित्र भन्यौ
दाजु भाईको नाता बन्यौ

एकै देश छिमेकी बनी
आफन्त ठानी औलामा गन्यौ

पैसाको कुरा हुन्छ भन्यौ
पछि त आफै खाल्टो खन्यौ ।
०४-०४-२०१४

   "राम राम" 

Monday 19 May 2014

अन्तर्वार्ता:- राज आङ्देम्बे 'सहयात्री'

      "बाटो स्वतन्त्र छ त्यो कसैको पेवा हैन"

वार्ताकार:- जीतमान राई 'सविन'
वार्तालाप:- राज आङ्देम्बे 'सहयात्री ' 
        राज आङ्देम्बे 'सहयात्री ' मलेसियाको साहित्य माहोलमा कुनै नया नाम हैन । पाचथरबाट सात वर्ष पहिले मलेशिया छिरेका युवा सहयात्री स्वदेशमै शुरु भएको साहित्य सृजना तिखार्न सधै लागिरहे । जहा समस्या त्यहा उपाय भने झै परदेशको ठाउमा आइपर्ने बिभिन्न अप्ठ्याराहरु बिच पनि सृजना लेखन निरन्तर अघि बडिरह्यो र त्यसैको प्रतिफल हो, सान्त्वना पुरस्कार, मलेशिया व्यापी खुल्ला कविता प्रतियोगिता सन् २००८ र दोस्रो पुरस्कार, मलेसिया व्यापी खुल्ला गजल प्रतियोगिता सन् २०१२ । पाचथर मै पनि बिचिन्न साहित्यिक संघसस्थाहरु थिएटर नाट्य मञ्च, कुमोदिनी साहित्यिक पत्रिकामा आबद्द हुदै मलेसिया आइपुगेका सहयात्री नयन साहित्य समाज जोहोर मलेशियाका पनि हर्ताकर्ता हुन् ।

Wednesday 14 May 2014

देशु सुब्बा "जिज्ञासु"

       देशु सुब्बा "जिज्ञासु" जीका केस्राहरु 

  - देशु सुब्बा "जिज्ञासु"
पाँचथर,हाल-साउदी अरब  
   "गरिबी"

प्रत्येक वर्गभेदमा साना
साँझ र बिहान छैन दाना

गरिब हुनु यहि नियति
शीत पनि छ्ल्ने छैन छाना

हेपिन्छन् नै समाजमा साना
कहाँ खोजौं?आङ ढाक्ने नाना
१३-१२-२०१३

   "होशियार"

Saturday 10 May 2014

सन्तोष माबुहाङ् 'अनसन'

  सन्तोष माबुहाङ् 'अनसन' जीका केस्राहरु 

सन्तोष माबुहाङ् 'अनसन'
तेह्रथुम,हाल-मलेसिया 
 'शिवरात्री'

शिव बौलाएको दिन
तिर्न नसकेर रिन

यस्तो पनि पर्व हुन्छ
सन्सार मै मुल्यहिन

पार्वती भागेको दिन
शिव रुप मान्दै घिन
२६-०२-२०१४

 'याद'

Tuesday 6 May 2014

रोमन पीडा

         रोमन पीडा जीका केस्राहरु 

 "प्रस्ताव"
- रोमन पीडा 
पाँचथर,हाल- रेगिस्तान 

रातो गुलाफ बोकेर
आयौ मलाई रोजेर

जीवन सगै जिउने
पिरती लायौ सोचेर

अथाह मायाँ बोकेर
मुटुमा नाउ कोपेर
१४-०२-२०१४

   "नेता"

Saturday 3 May 2014

प्रेम श्रेष्ठ “दीन”

    प्रेम श्रेष्ठ “दीन” जीका केस्राहरु 

- प्रेम श्रेष्ठ “दीन”
संखुवासभा,हाल:- मलेसिया
  "सत्य" 

मायामा दिदाँ धोका
फुट्यो पानीको फोका

बिछोड हुदाँ सबै
को छन र ! नरोका

दिएपछि त्यो धोका
खुल्दो रहेछ ढोका
०८-१२-२०१३

   "अस्वीकार"