नरेन्द्र खेवा,तिलकराम,अनुराग भक्त र दुर्गा आचार्य जीका केस्राहरु
"जीवन"
हतारेको मन
लथारेको तन
बेटुङो कल्पना
सङ्कुचित झन
मरेपछि मन
अर्थहीन जीवन ।
- नरेन्द्र खेवा
शिवसतासी,झापा
*** ***
"एक्लोपन"
म तिमी बिना रुन्छु
थाहा छैन के हुन्छु
तिम्रो याद आएमा
तस्वीर सधैं छुन्छु
तड्पिएर म रुन्छु
आशुका भेल थुन्छु ।
- तिलकराम अधिकारी
गुल्मी,हाल- कतार।
*** ***
"घाति माया"
विश्वास घातको छुरि
मायामा वाह निष्ठुरी
धोका तिमीले नै दियौ
कहाँ गर्दैछौ उजुरि
कोमल मुटुमा छुरि
बिन्ति नहान यसरी।
- अनुराग भक्त
बाशुदेबि -२ ,देऊकाँडा डोटी ।
*** ***
"जिन्दगी"
बगेको त्यो खोला
मानिसको चोला
चासो लाग्छ साच्चै
अमर को होला ?
बग्दै जाने खोला
स्पर्शले नै छोला।
- दुर्गा आचार्य
भोजपुर ।
*** ***
No comments:
Post a Comment