- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Saturday, 26 December 2015

नवीन अनुपम रावत

      नवीन अनुपम रावत जीका केस्राहरु
    "फुलको बेदना"
फूलले सधै सुगन्ध छर्छ
कति असिना पानीमा पर्छ
तर हाँसेकै हुन्छ सदैव
एकदिन त ओइली झर्छ
मीठा मीठा सुवास नि छर्छ
उ पिडा संग संधर्ष गर्छ ।
***    ***
     "उपहार"
आउथ्यौ सधै नैै गुलाब लिएर
पठाउथें म पनि माया दिएर
कस्को कुरा लाग्यो प्रिय तिमीलाई
बाँच्ने बनायौ म सधै तड्पिएर
आऊँ न उपहार प्यार लिएर
हेर एकपटक संगै जिएर  ।
***    ***
      "चिन्ता"
सधै भरी बसेर मनमा
सफल भइदैन् जीवनमा
अलि आज अलि भोली हुदै
कस्सिएर बस्यो बन्धनमा
लिदिंन भन्दा पनि मनमा
देखा पर्ने गर्छ नयनमा ।
***    ***
    "आग्रह"
मुख खोलेर कुरा गर
सक्छौ भने नजिक सर
भन्दिन तिमीलाई मैले
मेरै भरमा सधै पर
समस्या समाधान गर
अनि मात्रै बेसीमा झर ।
***    ***
      "परिस्थीति"
सक्दिन तिम्लाई अंगालोमा बेर्न
न त सक्छु आँखा जुधाएर हेर्न
छुटियौ तिमी टुट्यो सपना पनि
हुन्थेन सके काडेतारले घेर्न
पाइन खै मैले अंगालोमा बेर्न
दैबको लिला हो सकिएन टेर्न ।
***   ***
       "चाहना"
पहिले मेरो वृतान्त सुनाउछु
र बिस्तारै इतिहास लेखाउछु
सकेसम्म चाहे जति मैले यहाँ
तिता मीठा कुरा सबै बताउछु
जिन्दगीको पुरै कथा सुनाउछु
आउछौ भने खवर पठाउछु  ।
***   ***
        "सम्झना"
साथ साथमा मेलापात गरेको
तिमी मेरै म तिम्रै भर परेको
मलाई हिजो जस्तै लाग्छ त्यो पल
त्यो हात समातेर खोली तरेको
सानोमा ख्यालख्याल बिहे गरेको
र माटोले तिम्रो सिउदो भरेको ।
- कमलबजार नगरपालिका,घेगड
अछाम,हाल : भारत

No comments:

Post a Comment