- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Friday, 25 March 2016

विमल पोख्रेल

विमल पोख्रेल जीका केहि केस्राहरु
     "रहर"
माया लाउने मेरो रहर
पूरा गर्ला कुन शहर
अचेल जताततै देख्छु
मायालु जोडीको लहर
र त लाग्यो मलाई रहर
माया खोज्दै हर प्रहर ।
***   ***
    "आवेग"
नशा चढेको छ मलाई
सामु नआएकै भलाई
नसोध किन पिइस् भनी
आफैले यो दिल जलाई
सक्छौ बिष देऊ मलाई
खाँचो अब मेरो कस्लाई ?
****   ****
       "याद"
आउथ्यौ तिमी जुनेली रात
हुन्थे हाम्रा हात माथी हात
एकाअर्कामा अंगालो हाली
मीठा मीठा गर्थ्यौ हामी बात
तिमी हुँदाको चाँदनी रात
लाग्थ्यो मलाई अनौठो मात।
***   ****
        "कुलङ्घार"
श्रीमतीको बेची नाकको फूली
हिड्दैछ रे भट्टी भट्टीमा डुली
छैन चिन्ता बाबाआमा सन्तान
भोकै ती सानी छोरी कति रुली
गहना नाममा त्यै यौटा फूली
पिउछ रक्सी कर्तब्य नै भूली।
***    ***
       "नेता"
नेताको नगर गन्ती
सबै हुन् चोरका खन्ती
रुवाइ नेपाल आमा
जान्छन् है धोतीको जन्ती
भत्ता खान मात्र गन्ती
काम न काजका छन् ती।
****    ***
   "जवानी"
त्यो तिम्रो जवानी
गाग्री भरी पानी
छल्काई नहिड
साँझ पख सानी
सुन्दर जवानी
बन्ला है कहानी।
***    ****
    "मेरी मायालु"
हरपल मलाई सताउने
रिसाउदा म माया जताउने
चञ्चले छ उसको बानी साह्रै
दिन्छे मायाको स्वाद मताउने
प्यारो लाग्छ बानी त्यो सताउने
कैले चै रिसले पारो तताउने।
2 sep2015
****    ***
   "दिदीको पीड़ा"
तीज नजिकिदै सर्दैछ
घर घर ख़ुशी छर्दैछ
भाई मेरो समुन्द्र पारी
सन्चो बिसन्चो के गर्दैछ
जतिजति दिन सर्दैछ
आँशुले यी आँखा भर्दैछ।
09/09/2015
****    ****
      "कामना"
मनाऔं तीज यसपाली
शान्तिको दिब्यज्योति बाली
एकताको सन्देश छरौं
नहोस् हिंसा पुनर्बहाली
कामना गरौ यसपाली
एक भै मेची देखि काली ।
09sep 2015
***    ****
        "कपूत"
आमा अस्पताल छटपटीमा
छोरो मस्त साइलीको भट्टिमा
सानो चोट लाग्दथ्यो उसलाई
बस्थिन् आमा चाहिँ रुँदै चट्टिमा
मृत्यु माग्छिन् आमा छटपट्टिमा
आमाको माया मिसायो मट्टीमा।
9 sep 2015
***   ****
     "सुझाव"
स्वास्थ्यले दिन्छ ब्रत गर
रोकेको कस्ले नै पो छ र ?
मान्नु इश्वर राख्नु आस्था
हेर्नु स्वास्थ्य आफ्नो नि तर
खाऊ रमाउ पूजा गर
बर माग्नु असल घर।
16/09/015
****    ****
       "नारी"
सलाम छ तीनै नारीलाई
ब्रत बस्छिन् जो पानी नखाई
आफ्नो पतिदेवको दीर्घायु
माग्छिन् शिवसँग गीत गाइ
हेला गर्छ पति उनैलाई
लगाउछ दोष बोक्सी डाई।
16/09/015
****     ***
       "पहिचान"
के पाउछाै खाेजेर त्याे पहिचान
हुन्न जब एक अर्काकाे सम्मान
हामी नेपाली हाम्राे देश नेपाल
बन्द गर जातियता काे आव्हान
मेचि काली लुम्बिनी हाे पहिचान
अरु किन सगरमाथा छ शान ।
16sep2015
****    *****
         "ब्रत"
ब्रतले कुनै चमत्कार गर्दैन
सकी नसकी बस्नु पनि पर्दैन
आयु त पहिले तोकिएको हुन्छ
ब्रतले मृत्यु ठेलेर चै सर्दैन
अन्धविश्वास हो यो केहि गर्दैन
त्यो आकाशबाट अनाज झर्दैन।
16sep 2015
- धरान,हाल- मलेसिया ।

No comments:

Post a Comment