- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Thursday, 7 April 2016

दिलिप राई 'सगर'

      दिलिप राई 'सगर' जीका केस्राहरु
         "अठोट"
केस्रा  लेखेर  मरे  मरिन्छ
लेखिरने  कोशिस गरिन्छ
नेपाली  साहित्य  मौलाउन
साहित्यको भन्डार भरिन्छ
सपना   पूरा   गरि  मरिन्छ
अमर  नाउँ  सुवास छरिन्छ ।
***    ****    ****
        "डोको"      
ए रानी मालिंगैको डोको
चोखो माया लाउने धोको
भन्न    नसकी   कसैलाई
लु तिमी किन  मौन  रो'को
ठट्टा   हैन   प्रेमको  डोको
पार  चाँडै   मुटुमा   पोको ।
****    ****   ****
          "पैसा"
शरीर छ जस्को कागत
उसैको  छ ठूलो तागत
धनी  गरीब  छुट्याउने
जताउछ यस्तो ल्यागत
ठट्टा  नसम्झ यो कागत
नखरा छ यस्को आगत !
****    ****   ****
    "सिम्मा-6"
मेरो  सिम्माको  चंचले  चाला
सुन्दर  गला  मुगाको माला
ढाकाको चोली र साडी लाकी
पस्मिना   सल   सुनको  बाला
कस्तो देखिन्दो हो यस्तो चाला
हातमा लिन्दा रक्सिको  प्याला ।
- उर्लाबारी-4/253, मोरङ
          हाल: मलाया
(उहाँ केस्रा प्रवक्ता हुनुहुन्छ।)

No comments:

Post a Comment