- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Saturday, 1 September 2012

आलेख- संरचना र भाव पक्ष

''केस्रा'': बाह्य संरचना र भाव पक्ष

           यतिबेला ''केस्रा'लाई गतिशील बनाउनु भन्दा सतहीमा राखेर बहस गरिंदैछ।गजलसंग सादृश्य गरि खण्डन गरिनु स्वाभाविक नै हो।पध्य ,गध्य वा आख्यान साहित्यबीचको सम्बन्ध अनमेल छ तर पध्य साहित्य विधाहरुबीचको केहि संरचना अवश्य मेल भएको हुन्छ।साथै आख्यान साहित्य विधाहरुबीचको सम्बन्ध पनि निकट नै भएको विषयलाई हामीले नकार्न सकिंदैन।''केस्रा'' पनि यहि विषय सम्बन्धबाट अछुतो छैन।गजलको संरचनासँग केहि मेल खान गएको ठानी  'केस्रा''को संरचना,लेखन शैली,शिल्प मान्यता साथै भावको उजागरलाई हामीले गम्भीर भएर निराकरण गर्न चुकिरहेकाछौ।गजलसंगको सामिप्य 'शेर' तथा दुई हरफको समायोजन बाहेक संजोग के हुदैछ भने गजलको पुरानो संरचनालाई भत्काएर कम्तिमा पाँच शेरबाट चार शेरको सीमा तोकियो यतिबेला तीन शेरमा समेट्ने कोशिसरत छ।'केस्रा'को बाह्य संरचना छ हरफ वा तीन जोडी हरफ समायोजनमा रहेकोछ।
          सामान्यतय: ''केस्रा''को बाह्य संरचनाको भ्रममा रदिफविहिन गजल ''गैरमुद्धरफ'' गजल वा नक्कल हो भनेर ठोकुवा गरिंदैछ,वा रदिफलाई कफियाको अघिल्तिर प्रयोग गरेर मात्र संरचनागतमा भिन्न बनाउन खोजिएको भन्ने सरासर आरोप यथावत छ।चार शेरको गजललाई तीन शेरमा झारेर रदिफलाई हटाउने वा अघिल्तिर राखे तथा मतलाको मिसरा-ए-उलामा प्रयोग भएको 'काफिया'लाई पाँचौ हरफमा दोहोर्याए ''केस्रा'' भो भन्ने संकुचित भ्रममा रुमलिरहेकाछन् ।मानौ '''केस्रा''लाई चतुर्याई,धुर्त्याई,विकृत ढंगले प्रतिपादन गरिएको ठानिन्दैछ।केहिहदसम्म ''केस्रा''को बाह्य संरचनाले पुष्टी गराएको भान हुनु स्वाभाविक नै होला तर  ''केस्रा'' यी भ्रमहरुको सहारामा वा आसपासमा लेख्न कदापि सकिंदैन।यसो गरिए सरासर केस्राको मर्मसंगत हुने छैन।जसरी कथा र लघुकथा,उपन्यास र लघु उपन्यास,नियात्रा र यात्रा संस्मरण आदि बीचको अन्तर छ गजल र ''केस्रा''लाई पनि यसरी लिन सक्नुपर्दछ।कथा वृहत विषय वस्तुमा लेखिन्छ लघुकथा सुक्ष्म सारमा'।'केस्रा'' पनि सुक्ष्म विषयवस्तुको आधारमा वा केन्द्रित भएर लेखिनुपर्छ।जस्तो:- वर्षायाममा पानि पर्नु,खेत जोत्नु,धान रोप्नु,गोड्नु,पाकेपछि काट्नु यी सबैको भावार्थ गजलमा समेट्न सकिन्छ,तर ''केस्रा'मा यी मध्ये एक खण्ड वा अंशलाई मात्र विषय बनाएर लेख्नु पर्दछ।पानि पर्दा के भो..? = मकै भाँचिएको थिएन सबै बिग्रिने भो वा बिग्रिनेछ,वा बिग्रियो,या धानको विऊ राख्न पाईयो।त्यस्तै खेत जोत्दा कस्तो अनुभूति भो..? वा धान रोप्दा के सम्म भो..? आदि ।त्यस्तै कम्पनीमा वा कुनै क्षेत्रमा काम गर्ने कामदार वा श्रमिक उक्त काममा निपूर्ण भएपछि सो काम बारे पुन: सम्झाईरहनु पर्दैन।यो दैनिकी काममा कुनै क्षण सजिलो हुन्छ कुनै क्षण अप्ठ्यारो,वा खुशी वा पीडा पनि हुन् सक्छ।यी संवेगहरु मध्ये कुनै एक संवेगको अनुभूति ''केस्रा''मा हुनु पर्छ।वर्तमान देशको प्रमुख विषयहरु संविधान लेखन,सेना समायोजन,शान्ति प्रक्रिया आदि ''सरकार'' विषयको ''केस्रा'' हुन्।सरकार विषयमा यी मध्ये एक पक्षमा  जोड दिई  भाव खुल्ने गरि ''केस्रा'' लेखिनुपर्छ।यदि ''सेना'' समायोजन विषय भए सेनाको योग्यता वा वर्किकरण वा सम्मानजनक समायोजन,रोजगार प्रदान,राहत वितरण आदि यी मध्ये एक पक्ष या खण्डमा ''केस्रा'' लेखिनु पर्छ।''केस्रा''मा दूई विषय वा खण्ड कदापि हुनै सक्दैन ।किनकि ''केस्रा'' कुनै पनि सम्पूर्ण विषय वा फलको कुनै एक खण्ड हो।त्यसको स्वाद एक मात्र हुन्छ,तीतो वा मीठो वा अमिलो आदि कदाचित् हुँदैन। साथै 'केस्रा'मा कदापि खडारस वा बैजनी रंगहरुको समिश्रण हुनु हुँदैन।
                                            - मौलश्री लिम्बू
                                              १७-१०-२०११
[दृष्टान्त:- उपर्युक्त आलेख 'केस्रा' विधा सार्वजनिक हुनु अघि लेखिएको हो ।]