- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Sunday, 2 September 2012

दिलिप 'सगर' राई

दिलिप 'सगर' राई जीका केस्राहरु 


दिलिप 'सगर' राई

मोरंग
"बोली"

भए माया देऊ बोली
अन्तरहृदय खोली

जूनतारा जडिदिउँला
के राम्रो चौबन्दी चोली

हुन्छ मात्र भन बोली
लिई आउँछु जोरडोली ।

"खाका"

संघीयताको खाका
लगाएर टोपी ढाका

६ सय एक सांसद
बन्यौ नि हाक्की डाका

नयाँ राष्ट्रको खाका
खै के कस्तो यो भाका।

"रुपैंयाँ"

जसले जमायो अखडा
संसारमा अति तगडा

सज्जन होस या दुर्जन
बन्यो इज्जतको कपडा

चलाउदा यस्ले अखडा
झगडा गराउछ कडा ।

"साली"

मेरी छे एउटी साली
न त गोरी न काली

फर्साइली र राम्री
लाग्छे फूलकी डाली

भेनाकी प्यारी साली
हाँस्छे अंगालो हाली ।

"जागिर"

सकभर नपाइने
पाए दुःखले धाइने

लौ धोती न टोपी हुँदै
सक्दो हन्डर खाइने

मान की वचन पाइने
फोस्रा धाक्धक्कु लाइने ।
                      ०२-०८-२०१२