- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Thursday, 6 September 2012

बजिन लिम्बू

 बजिन लिम्बू जीका केस्राहरु
 
 

बजिन लिम्बू
पाँचथर,हाल- मलेसिया
"चोट"

सस्तो माया लाएर
मन्दिरमा धाएर

वाचा गरि बस्नुछ
धोका मात्र खाएर

यस्तो माया लाएर
बाँचे चोट पाएर।

 "बैगुनीले"

निष्ठुरीले गर्दा भएँ रोगी
अनि जीवनभरि नै जोगी

झुटो मायाको तपस्या गर्ने
म एउटा मात्र र छु योगी

मोरीले बनाई हाली रोगी
जीवनभरी दु:खको भोगी।

 "पराई"

भयौ तिमी पराई
मुटु अन्तै सराई

तिम्रो तस्विर हेरी
रुदैछु म कराई

आखिर भयौ पराई
मेरो माया मराई।
                ०२-०९-२०१२

“भेटमा”
हाक्पारे र पालाम गाउदै
बजार हाट मेला धाउदै

संगै धन नाचौन सोल्टिनी
च्याब्रुंग बिनायो बजाउदै

दोहोरीमा पालाम गाउदै
घरजम हुने प्रित लाउदै।
                        ०६-०७-२०१२