वेदको अर्थ
वेद आर्य संस्कृतिको आधार हो। वेद ज्ञानको भण्डार हो। विद् धातुबाट ज्ञानको अर्थमा वेद शब्द बन्दछ। (विदन्ति, जानन्ति, विचारयन्ति, सत्यविद्यां,यैर्वा, भन्ने ब्यख्याबाट वेद शब्दको निर्वहन एवं निर्वचन हुन्छ) वेदबाट नै सत्य विधा प्राप्त गर्न सक्छन् भन्ने अर्थमा वेद रहेको पाईन्छ। धर्म, संस्कृति, दर्शन र साहित्य आदि सम्पूर्ण ज्ञानको श्रोत वेद हुनाले सर्वज्ञानमयो वेद: भनिएको हो।
हिन्दू धर्म दर्शनको पहिलो साहित्यिक कृति पनि वेद हो। वेदमा आर्यहरूको आध्यात्मिक जीवन सामाजिक एवं सांस्कृतिक विकासको वर्णन पाईन्छ। वेद सर्वज्ञानमय छ र समस्त धर्मको मूल आधार