- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Sunday 23 December 2012

सन्दर्भ: पृथ्वी प्रलय

                  केस्रा र पृथ्वी प्रलय:

‘केस्रा’ दृष्टिकोण:         
      साहित्यको विधागत रुपमा ‘केस्रा’विधाको प्रतिपादन भएको हो।यसको प्रमुख विशेषता भनेको कुनै पनि विषय वा घटनाको सूक्ष्म अवस्थाको गहिर्याईमा पुगी त्यसको वैचारिकता उद्गार गर्नु हो।विषय वा घटनाको विमर्श गर्दा त्यो नै सबैको लागि अन्तिम सत्य नहुन सक्छ तर सो अवस्था वा सन्दर्भको लागि भने रचनाकारको अन्तिम निष्कर्ष अनिवार्य हुनु पर्दछ।सामान्यतय: हरेक विषय वा अवस्थाको दुई पक्ष हुने गर्दछ,सकारात्मक वा नकारात्मक,ठीक वा बेठीक,हुन्छ वा हुँदैन आदि।द्वुविधा वा तटस्थ स्थितिमा कुनै पनि परिणाम उपलब्ध हुन सक्दैन।यो उपायको निक्यौल होईन,बरु जटिलता हो।यसले विषय वा घटनाको प्रतिनिधित्व गर्न सक्दैन।
      लेखकले आफ्नो रचनामा अनेक विषय वा परिस्थितिमा फैलाएर लेखेता पनि अन्ततः एक निष्कर्षमा टुंग्याउने गर्दछ या कुनै एक निष्कर्षको लागि बलियो आधारमा संकेत दिने गरेको हुन्छ।ति अनेक विषय वा परिस्थितिबाट छुट्टा-छुट्टै निष्कर्ष दिन पनि सकिन्छ तिनै निष्कर्षहरू केस्रा हुन्।जस्तो कि:- ऊ हिजो साह्रै गरिब थियो,समयक्रमसंगै आज धनि भयो अथवा ऊ हिजो साह्रै धनि थियो,समयक्रमसंगै आज गरिब भयो।हिजोबाट आजको अवस्थासम्म आइपुग्नको लागि विविध अवस्थाको सामना गर्नु परेको हुन्छ।केस्रामा ति विविध अवस्थाहरु विषय हुन्।

विषय:- पृथ्वी प्रलय:
     यतिबेला पृथ्वी प्रलयको हल्लाले सबै भयभित भइरहेकाछन्।बहस चलिरहेकोछ।केस्रामा पृथ्वी प्रलयलाई तीन विषयमा विभाजन गर्न सकिन्छ: १) सम्भव २) असम्भव र ३) अनुमान
१) सम्भव: - पृथ्वी प्रलय हुनसक्ने आधारहरुसंगै वैचारिक निष्कर्ष।
२) असम्भव:- पृथ्वी प्रलय हुन नसक्ने आधारहरुसंगै वैचारिक निष्कर्ष।
३) अनुमान:- पृथ्वी प्रलय हुन सक्ने वा नसक्ने।
          क) हुन सक्ने अनुमान:- पृथ्वी प्रलय हुने आधारहरुसंग सहमत हुँदै सांकेतिक भाव दर्शाउनु।
         ख) हुन नसक्ने अनुमान:- पृथ्वी प्रलय नहुने आधारहरुसंग सहमत हुँदै सांकेतिक भाव दर्शाउनु।
                                                                          - मौलश्री लिम्बू