- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Saturday, 10 August 2013

महादेव अधिकारी

    महादेव अधिकारी जीका केस्रा 

- महादेव अधिकारी
काठमान्डौ,हाल- यु.ए.ई.
"स्वार्थी"

धनमा फसि बिर्सियौ गुन
पहिला भन्थ्यौ पूर्णेको जून

मनमा इच्छा राखेर थाँती
खोजेर गयौ धन र सुन

को सक्छ सधै लाउन गुन
प्रेम वा धन आफैले चुन । 
१७-०६-२०१३

“जीवन”



जीवन खेर फाल्नु नजाती
असल गरी फुलाऊँ छाती

जीवन उसै छोटो छ जानौँ
मदिरा पिई नहिँडौँ माती

सकेको कृति राखेको जाती
गर्नेछन् श्रद्धा नाती-पनाती 
१५-०५-२०१३