- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Tuesday, 6 August 2013

कुवेरदेव आङ्बो "मृदुल

     कुवेरदेव आङ्बो "मृदुल" जीका केस्राहरु 
- कुवेरदेव आङ्बो 'मृदुल'
फिदिम,पाँचथर 

"चर्चा"

तिम्रो मेरो चर्चा चल्छ
दुनियाँको आँखा बल्छ

हाम्रो यस्तो जोडी देखी
ईर्ष्या गर्ने झनै जल्छ

पिरतीको चर्चा चल्छ
कुरा काट्ने आफै गल्छ
३०-०६-२०१३

"घात"


मायामा रै'छ यहाँ घात 
दिउसै पर्छ यहाँ रात 

शिशिरको याम नै हो यो 
र त झरेको यहाँ पात

विश्वासमा छ यहाँ घात 
अनि धोकाको यहाँ थाँत   
२८-०७२०१३

"देश"

यो देश सिंगो थियो 
आधा कसले लियो ?

बैरी छिर्दै आए कि!
या त आफै नै खियो 

नेपाल सिंगो थियो 
आज सीमा मिचीयो  
२९-०७-२०१३