राज आङ्देम्बे "सहयात्री" जीका केस्राहरु
"भ्रम"
अन्जानमा या त जानेर
नजरको तीर हानेर
सामाजीक यो संजालमा
कागलाई कोइली ठानेर
काग भन्दा भन्दै जानेर
बसेँ छु हितैषी मानेर ।
२२-०२-२०१४
"अभाव"
बोकेर पासपोर्ट हरियो
वाध्यताले मुग्लान तरियो
दश नंग्रा खियाएर कठै !
परिश्रम धेरै नै गरियो
आफ्नो खुशी आफैँले हरियो
चाहनामा जिउँदै मरियो ।
०७-०२-२०१४
"सपूत"
यो डम्फू यो मादल यो सारङ्गीले
दौरा सुरुवाल अनि चौबन्दीले
भन्दैन तँ पहाडे र म मधेशे
एक सच्चा सपूत त्यो नेपालीले
च्यापोस बरु निकम्मा महँगीले
देश कैले बेच्दैन बहादुरीले ।
२५-१२-२०१३
[दृष्टान्त:- प्रयुक्त केस्रामा "अल्पश्रुति अनुप्रास" को प्रयोग गरिएको छ। अनुप्रास शब्दको अक्षर संरचना >"सारङ्गीले"= स+आ+र+अ+ङ्+ग+ई+ले > मुख्य अनुप्रासको स्वर उच्चारण "ईले/गीले"।यसर्थ अनुप्रास शब्दको मुख्य अनुप्रास=गीले/दीले/लीले/गीले/रीले हुन् ।यहाँ पहिलो अनुप्रास शब्द "सारङ्गीले>गीले" पाँचौ हरफमा उक्त शब्द दोहोरिनुको सट्टा केस्राको नियमसंगत अनुप्रास शब्द [महंगीले]>मुख्य अनुप्रास "गीले" मात्र दोहोरिएको छ।]
"आग्रह"
विना कसूर नदेउ न उजुरी
देखाई मायामा यस्तो बहादुरी
तिम्रो सुर ताल विना मेरो प्रिया
रोई रहनेछ मनको बाँसूरी
दिएर धोकेवाजको यो उजुरी
नबन तिमी यति साह्रो निष्टुरी ।
२३-१२-२०१३
"जवाफ"
देउतालाई देखाएर तमासा
बहाना पारी जब लुटिन्छ आशा
जुर्मुराएर उठ्न वाध्य हुन्छ 'हाङ्'
दिन अग्नि परिक्षाको परिभाषा
यो कलियुगमा कलिकै तमासा
देखाएर मात्रै मेटिन्छ जिज्ञासा।
१८-१२-२०१३
["हाङ्"=यो किरातधर्मालम्बी वा किरात जातीहरुको मौलिक शब्द हो।यसको नेपालीमा "राजा" भन्ने अर्थ लाग्छ।]
"भ्रम"
- राज आङ्देम्बे "सहयात्री" पाँचथर,हाल-मलेसिया |

No comments:
Post a Comment