"बाटो स्वतन्त्र छ त्यो कसैको पेवा हैन"
वार्ताकार:- जीतमान राई 'सविन'
राज आङ्देम्बे 'सहयात्री ' मलेसियाको साहित्य माहोलमा कुनै नया नाम हैन । पाचथरबाट सात वर्ष पहिले मलेशिया छिरेका युवा सहयात्री स्वदेशमै शुरु भएको साहित्य सृजना तिखार्न सधै लागिरहे । जहा समस्या त्यहा उपाय भने झै परदेशको ठाउमा आइपर्ने बिभिन्न अप्ठ्याराहरु बिच पनि सृजना लेखन निरन्तर अघि बडिरह्यो र त्यसैको प्रतिफल हो, सान्त्वना पुरस्कार, मलेशिया व्यापी खुल्ला कविता प्रतियोगिता सन् २००८ र दोस्रो पुरस्कार, मलेसिया व्यापी खुल्ला गजल प्रतियोगिता सन् २०१२ । पाचथर मै पनि बिचिन्न साहित्यिक संघसस्थाहरु थिएटर नाट्य मञ्च, कुमोदिनी साहित्यिक पत्रिकामा आबद्द हुदै मलेसिया आइपुगेका सहयात्री नयन साहित्य समाज जोहोर मलेशियाका पनि हर्ताकर्ता हुन् ।
यस अघि नै दुई वटा संयुक्त कृति प्रकाशनमा आईसकेको सहयात्रीले अहिले भर्खर आफ्नो एकल संग्रह केस्रा विधामा 'सहयात्री' बजारमा आएको छ । प्रस्तुत छ मेरो चौतारीमा सहयात्रीसंग प्रवासी जीवन, साहित्यिक बिचार र नया आएको पुस्तक माथि गरिएको केही कुराकानी :-
# नमस्कार, तपाइलाई स्वागत छ, मेरो चौतारीमा ।
> नमस्कार साथै हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु l प्रिय मेरो चौतारीलाई र ढिलै भए पनी नववर्ष २०७१ सालको उपलक्ष्यमा सुख समृद्दी र उन्नतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।
# कति भो बिदेशिनु भएको ?
> 2007 agust देखि यता मलेसिया जोहोर राज्यको Rinsan Trading Bdn.Bhd. नामक कम्पनीमा एक सामान्य कामदारको रुपमा कार्यरत छू l समग्रमा भन्नु पर्दा सात वटा पहाड़ उक्लिन लागिएछ ।
# यो विदेश बसाई अलि लामो भएन र ?
> एकदमै लामो महशुस भएको भान भईरहेको छ ।
# तपाइको परदेशी जिन्दगी कसरी बित्दैछ ? हामीलाई पनि सुनाउनुहोस्न।
> सर्बप्रथम त आफ्नो नियमित कर्म गर्नै पर्यो l त्यसको अलवा साहित्य सृजना गर्न मन लाग्छ प्रवासी जीवनमा र बांकी समय केही संघ संस्थाहरुमा आबद्द भएर काम पनी गर्दै आएको छूl हालसम्म यसरी नै बित्दै छन् l थाहै नपाई मेरो दिन चर्याहरु यो प्रवासमा ।
# यो परदेशमा तपाइले के पाउनु भो र के गुमाए जस्तो लाग्छ ?
> पाउनु र गुमाउनुको कुनै लेखा जोखा चै गर्न सकिन्न होला l यद्धपि मोटामोटी हिसाबमा भन्नु पर्दा केही अमुल्य चीजहरु जस्तो की अनुभव नयाँ बिचार र एकदम प्रिय मित्रहरुको साथ पाइयो भने त्यस्तै अमुल्य समय बैंस र प्राण भन्दा प्यारो देशको नजरबाट टाढा भइयो वस त्यति नै।
# युवाहरु यसरी परदेशिनु ठिक होला त ? यसरी युवाहरु विदेश पलायन हुनुमा कसको दोष देख्नुहुन्छ तपाई ?
> बाटो आफै स्वतन्त्र छ फेरी कसैको पेवा पनि त होइन नी ! वश, यती मात्र फरक हो की हिड्ने काइदा आ-आफ्नै तरीकाको हुन्छ दोष लाउनु नै परे निर्दोष बस्तुहरुमा पनि दोष भेटिन्छ्न् त्यसैले दोष भन्ने शब्द मेरो लागि सत्रु हो। संघर्ष विनाको जीवन के जीवन? र वियोग तडपन विनाको मन के मन? मेरो विचारमा युवाहरू परदेशीनु त अवस्य पर्छ नै कतिपय लक्ष्य र उदेश्यको गन्तब्यहरु परदेशबाट नै पूरा नभए पनि जीवन जिउनका लागि केहि नयाँ आयाम थपिन्छ l साथै अमुल्य समयको महत्व चाहीं के कति रहेछ त भन्ने कुरा मात्र नभएर हरेक ज्ञान गुणको कुराहरु लगायत ठक्करहरु पनि पाइन्छl यहीं नै जीवन जिउनुकोको महत्वपूर्ण पाठहरु हुन र यसरी युवाहरू विदेश पलायन हनुमा दोष कसैले कसैलाई पनि लगाउनु हुँदैन सबैको आ-आफ्नै कमाई खाने आशा हुन्छ l कतिपय युवाशक्ति बिदेश पलायन हनुमा नेपाली राजनीतिलाई मुख्य तार्गेट बनाएर हामी देशका नेताहरुलाई दोष दिन्छौ तर यो मलाई अलिकती असान्दर्भिक लाग्छ l सायद म कर्म माथि विस्वास राख्ने मान्छे हूँ त्यसैले पनि हुन सक्छ l हामी नेताहरुको पुच्छर नबनि पनी केही गर्न सक्छौ भने किन ब्यर्थै नानाथारी दोष लगाई आफ्नो मनको धित मार्ने? संघर्ष कर्ममा विस्वास राख्ने चेतनशील प्राणी हौं हामी मान्छेहरु l त्यसैले युवाशक्ति बिदेश पलायन हुनु चै ब्यक्ति दोष नै देख्छु म ।
# तपाई एउटा श्रस्टा है? खासमा के का लागी लेख्नु हुन्छ?
> हजूर वास्तबमा म एउटा सिकारु स्रस्टा हूँ म आत्मसन्तुस्टीको लागी नै लेख्छु ।
# तपाईको लेखन स्रोत के हो?
> हरेक मानिसहरुको आ-आफ्नै नसा हुन्छ । त्यस्तै नै मेरो पनि यो साहित्य प्रतिको एउटा समर्पण नसा हो। हरेक समाजमा घटित र देश दुख्नुको पीड़ाले मलाई पिरोल्छ । आफन्तको सम्झनामा मुटु चस्किन्छ । यहीं दर्द र पीड़ाहरुलाई साहित्य मार्फत आफ्नो मनको दुखेसो पोख्ने गर्छु र प्राय: लेखकहरुले आफ्नै दुखेसो पनि अलिक ज्यादा साहित्यमा पोख्ने गर्छन् । यो धुर्व सत्य हो ।
# साहित्य के हो? मानिसहरु किन साहित्यकार बन्छन?
> साहित्य एउटा समाज परिवर्तन गराउने शक्ति हो l साथै अन्तर मनको बेदनाहरुबाट बिस्फोट भएर निस्केको एउटा मानबिय संबेग हो । हरेक समाजमा घटित अनि अघटित बिषय वस्तुहरुलाई जोख्ने तराजू पनि हो । वास्तवमा मानिसहरु साहित्यकार बन्दैनन् उनिहरु द्वारा सृजित सुकोमल सृजना र गहन विचारहरुको बारूदले चै मानिसलाई साहित्यकार बनाउछ ।
# नयाँ साहित्य विधामा केस्रा पुस्तक प्रकसन गर्नु भएको छ इतिहास रचिएको छ है कस्तो अनुभव गर्नु भएको छ?
> हजूर पुस्तक प्रकाशन त गरेको छू l यो विधा नयाँ छ l पुस्तक प्रकाशन गर्दैमा ईतिहास रचियो भन्दिन म, ईतिहास रच्नको लागि अझै संघर्ष गर्नु नै पर्छ l यध्यपि पुस्तक प्रकाशन गर्न पाएकोमा चै एकदम खुसी लागीरहेको छ ।
# यो केस्रा बिधाको बारेमा मेरो पाठकहरुको लागी बिस्तृत बताई दिनुहोस न ?
> अवस्य, यथार्थ जीवनको कुनै एक अवस्थामा हुने एक अनुभूति तथा दृष्टिकोणको अभिब्यक्त अथवा कुनै पनि पूर्ण बिषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरी सोही पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिब्यन्जना नै केस्रा हो l साहित्यकार मौलश्री लिम्बू द्वारा प्रतिपादित हुँदै नेपाली साहित्य लेखन अनुरागीहरु माँझ सन् १ जनवरी २०१२ को दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित एक सभाहलमा केस्रा बिधाको घोषणा-पत्र सार्वजनिक गरीयो। यो बिधालाई हुर्काउने बढाउने कामको जिम्मेवारी लिँदै प्रवक्ताको भूमिका निर्वाह गर्नु भएको छ साहित्यकार दिलीप ‘सगर’ राई, कृष मंगर र जीवन देवान ‘गाउँले’ । त्यस्तै गरेर केस्रा बिधा प्रतिपादनका लागि सल्लाहकार चर्चित कार्टूनिस्ट मनी राई ‘गोठाले’ त्यस्तै सह.प्रा. भक्ति प्रसाद पौडयाल अन्य थुप्रै साहित्यकारहरुबाट पनि प्रत्यक्ष-अप्रत्यक्ष रुपमा साथ र हौसला मिल्दै गयो । त्यसको साथ-साथै नेपाली साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज -2070 मा प्रकाशन भयो।त्यसपछि फेरी केस्रा बिधा कै दस्ताबेजको स्वरुपमा मेरो एकल केस्रासंग्रह "सहयात्री" प्रकाशन भयो । आज आएर नेपाली साहित्य बिधा माँझ छुट्टै आफ्नो पहिचान र अस्तित्व बोकेको केस्राले भोली आम नेपाली साहित्यानुरागी मनहरुको मन-मस्तिष्कमा लोकप्रिय बनेर बस्ने नै छ भन्ने कुरामा मलाई विस्वास छ । आजको समयको मांग पनि हो ।आजभोली हरेक क्षेत्रमा हरेक विषयमा छिटो चुस्त र अत्यन्तै प्रभावकारी पक्षलाई विशेष महत्व दिइन्छ ।वर्तमान नेपाली राजनीतिको सन्दर्भमा पनि मलाई कहिले काही यस्तै विविध यथावत कुराहरुको झल्को आउछ।यो केस्रा विधाको थप जानकारीको लागि www.kesramanch.blogspot.com visit गरेर साथै केस्रा सम्बन्धीको यिनै पुस्तकहरु "दस्ताबेज" र "सहयात्री" एक पटक जसरी भए पनि अध्ययन गरी दिनु होला भन्ने सन्देश छ तपाईको तथा मेरो पनि प्रिय पाठकहरुलाई ।
# नेपाली साहित्य बिधामा बिभिन्न बिधा उपबिधाहरु हुँदा हुँदै फेरी किन चाहिन्छ नयाँ बिधाहरु?
> यो समयको माग पनि हो।एक त यस्तो नयाँ नयाँ बिधाहरु जन्मिनु नै पर्छ आफ्नो विशेष दस्ताबेज र मजबूत संरचना लिएर।आजको यो युग कुनै अन्धो छैन हामीहरु उहिले पुर्खाहरुले गरि ल्याएको काम आज भोली गर्न हिचकिच्याउछौ।आफ्नै अंशवन्डा राज्यहरु विभाजन गरेर आफ्नै तालले जिविकोपार्जन गरी खान्छौ भने नेपाली साहित्यमा पनि यस्तै लाग्छ मलाई ।केस्राले आफ्नै पहिचान बनाएर अब नेपाली साहित्यलाई फराकिलो फाँट बनाउनु पर्छ र नेपाली साहित्यको धरातलमा एक अडिक खम्बा भएर उभिनु जरुर छ।मैले यो सन्दर्भमा पुर्खाहरुले रची ल्याएको ईतिहासलाई अन्त्य गर्नै पर्छ भन्न खोजेको भने बिल्कुलै होइन ।
# मज्जाको वान्की मिलाएर गजल लेख्नु हुन्थ्यो अचानक केस्राको पुस्तक प्रकाशन गर्नु भो किन? गजलले भन्दा नयाँ बिधा केस्राले मन तानेको हो ?
> मैले माथि पनि भनीसकेको छु मलाई गजल मात्र लेख्नु पर्छ भन्ने लागेन । मैले जानेको बुझेको र अध्ययन गरी आएको सबै बिधाहरु उतिक्कै लोकप्रिय मलाई लाग्छ । एउटा साहित्य अनुरागी भएर सबै बिधाहरुको खोज र अनुसन्धान गर्न जरुरी छ । जस्तै:- दही,मोही, घ्यू, कुरौनी यी सबै परीकारहरु दूधबाट नै बनेका हुन् । के अब हामीले दही,मोही, घ्यूलाई दूध भन्दा सान्दर्भिक होला त ? अत: यो साहित्य बिधामा "केस्रा" पनि बीर गोर्खालीहरुका सन्तान नेपालीहरुले सृजित गरेको हो । केस्रामा नेपाली पसीना छ,नेपालीपन छ । यसको जन्म मलेसियामा भएता पनि "खस" भाषा नेपालीहरुबाटै गर्भधारण भएकोले मलाई मेरो सन्तान झै लाग्यो । त्यसैले मैले पहिलो कृति केस्राबाट नै सुरु गरें र आगामी दिनहरुमा अझै समर्पण र योगदान दिन्छु भन्ने मनमा लागेकोछ । अझै पनि केस्रा गहिरिएर अध्ययन गर्दा म आफ्नो पहिचानले माँगेको कुराहरु त्यहाँ जुर्मुराई रहेको भेट्छु । त्यसैले पनि मैले गजल लेख्दा लेख्दै केस्रा संग्रह “सहयात्री’ प्रकाशन गरेको हूँ ।
# केस्रा बिधा कै पहिलो एकल केस्रासंग्रह "सहयात्री" को लेखक तपाई! पाठकहरुको प्रतिक्रिया कस्तो पाउनु भयो?
> हजूर ! पाठक प्रतिक्रियाहरु एकदम राम्रो नै पाउदैछु र समग्रमा प्रशंसा पनि तर आम पाठक तथा शुभ चिन्तकहरुलाई म के अनुरोध गर्छु भने सबै प्रतिक्रियाहरु फूल मात्रै नहोस् किन की फूल फूलको प्रतिक्रियाहरु अवस्य एकदिन ओइलिएर झर्छ l त्यसैले पत्थरले पनि प्रतिक्रिया दिनु होला भन्ने विनम्र अनुरोध गर्दछु ।
# भावी योजनाहरू के के छन? नेपाल कहिले फर्किँदै हुनुहुन्छ?
> त्यस्तो बृहत् योजनाहरू त खासै बनाएको छैन। तै पनि मलाई व्यवसाय गर्न चै एकदम मन पर्छ। अब एक वर्ष पछि नेपाल फर्किँदै छू।
# अन्त्यमा..
> "जीवनलाई अनुभवको नाङ्लोमा राखेर केलाउँदै लैजाउँ भुस, बियाँ र कनिकाबाट खाट्टी चामल बनाउन सकियो भने यहीं नै जीवन र जगतको भलो हुनेछ" अन्त्यमा पेरुङ्गो बिनाको कोशेलीस्वरुप मेरो दुई शब्दहरु यो चौतारी सामू पोख्ने अवसर दिनु भएकोमा यो प्रिय मेरो चौतारी लाइ हार्दिक धन्याबाद ब्यक्त गर्न चाहन्छु जदौ!
[साभार:- मेरो चौतारी डटकम मेरो चौतारी डट कम: भेट वार्ता ]
वार्ताकार:- जीतमान राई 'सविन'
वार्तालाप:- राज आङ्देम्बे 'सहयात्री ' |

No comments:
Post a Comment