- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Thursday, 3 July 2014

समिर सिम्खडा

        समिर सिम्खडा जीका केस्राहरु 

- समिर सिम्खडा
धादिंग  
  "बडा दशै"

कामना सबैमा बडा दशैको
बनाऔँ यो चाड रङ्ग रसैको

मनाऔँ मिली खुसीमा रमेर
नपारौँ है दशै नशा नशैको

कामना सबैमा बडा दशैको
नहोस् है ! आँखामा आँशु कसैको ।
२४-०९-२०१३

  "जिन्दगी "



के नै छ आखिर मरेर लानु
बाँचुन्जेल किन नमिठो खानु

गरेर कडा परिश्रम सँधै
एकदिन छ है ! छाडेर जानु

कुम्ल्याई सबै छैन केही लानु
मरी मेटी किन गर्छौ र सानु।
२५-०५-२०१३

"वन" 

हरीयो वन
पुर्खाको धन

मान्दैन कति
मास्न यो मन

सुन्दर वन
आँखैमा झन।
 २१-०४-२०१३

“रित”

जन्मे पछि मर्नु
फुले पछि झर्नु

रित्तै संसारको
सुख दु: ख पर्नु

छ आखीर मर्नु
नराम्रो न गर्नु।
२२-०३-२०१३ 

No comments:

Post a Comment