"सहयात्री" संगको सहयात्रामा
एका विहानै वजेको फोनको घण्टी उठाउ की नउठाउ भइरहेको थियो । स्क्रिनमा देखिएको नाम हेरेपछि फोन उठाए । फोन इश्वरी ढकाल सरले गर्नु भएको थियो । बिदाको विहान प्राय: अवेरसम्म नै सुत्ने बानी छ खास काम परेन भने । त्यो दिन पनि काम नभएकोले अबेर सम्म सुत्ने दाउ थियो । सरले आज 'केस्रा' को कार्यक्रम छ श्रम साप्ताहिकको तर्फवाट प्रतिनिधित्व गरिदिनु होला;व्योहोराको फोन गर्नु भएको थियो । निम्ता गरिएको कार्यक्रममा भ्याएसम्म पुग्ने बानी पारेको छु मलेसियामा । अलि अवेर पुगे कोताराया,हुन त म बसेको स्थानवाट करिव डेढ घण्टाको वसको दुरीमा छ केएल त्यस माथी त्यसै दिन विहानै पाएको सुचना पछ्याउदा पनि ढिलो हुन मेरो लागि सामान्य थियो ।
कार्यक्रमको छाटकाट नवुझी कार्यक्रम स्थल पुगेको म त्यहा पुगेपछि मात्र पत्तो भयो कार्यक्रम त 'पुस्तक विमोचन' पो रहेछ । मेरा लागि एक किसीमको 'सर्पाइज' नै भयो भन्दा हुन्छ । कार्यक्रममा मेरो उपस्थिती अबेर नै भएछ । औपचारिक रुपमा पुस्तकको विमोचन भइसके पनि उपस्थित मध्येबाट शुभकामना दिने र पुस्तकका गुण र दोष छुट्याउने काम हुदै थियो ।
राज आङदेम्वे 'सहयात्री' त्यस दिन अग्रभागमा देखिन्थे । जीवन देवान 'गाउले' ले विमोचन कार्यक्रमलाई एक किसीमले डोर्याइरहेका थिए । कहिले दिल दुःखी जन्तरे, सोम सुवेदी, राज अविरल, निश्चल परदेशी, देवेन्द्र सुर्केली, भरत अधिकारीहरु शुभकामना दिन व्यस्त देखिन्थे । अलि अवेला पुगेकाले केस्रा के हो ? यो साहित्यमा कस्तो विधा हो ? नेपाली भन्ने सोधखोज गर्ने मौका पाइरहेको थिइन । केहि समयपछि जीवन देवान 'गाउँले' संग सोधखोज गरेपछि भने केहि जिज्ञासा हल भयो ।
मलेसियामा रोजगारीका लागि आएका मध्ये केहि 'हिरा'हरु पनि छन् । तिनै 'हिरा' हरु प्रवासमा साहित्यिक कार्यक्रम गर्न जुरुक्क उठ्छन् । अनि सुरु गर्छन् साहित्यिक जमघट, भलाकुसारी अनि साहित्यिक गतिविधी । यसले कोताराया या यस वरपरका इलाकालाई मात्र छुदैन चाहे जोहोरबारूका राज आङ्देम्बे 'सहयात्री' हुन वा इपोका मौलश्री लिम्वु, चाहे पेनाङ्गका जीतमान राई 'सबिन' हुन् वा हाइकम का राज अविरल । टाडाबाट आइपुग्छन् साहित्यिक जमघटमा भेला हुन । त्यसो त शाहलम मै वस्दै आएका मनोज विराली, कोतारायमै सधै भेटिने मनी राई 'गोठाले', दान राई 'झरी', दिलदु:खी जन्तरे, जीवन देवान 'गाउँले' त लगभग लोकल भइसके । परदेशमा वसेर पनि दिनहु मेसिनसंग खेलिने पौठेजोरीका साथ पनि समय निकालेर साहित्य सिर्जना गर्नु चै पक्कै पनि अती उत्तम काम हो । त्यसो त नेपाली साहित्य विधाको एउटा नविन्तम विधा 'केस्रा' पनि मलेसियाबाटै प्रतिपादन भएको विधा हो । दिनहु मेसिनसंग खेल्ने हातले यस्तो विधा पनि प्रतिपादन गर्लान् भनेर ओठ लेप्राउने विद्धतवर्ग पनि हाम्रोे समाजमा छन् तर त्यहि समाजको त्यो वर्गलाइ चोटिलो जवाफ हो मलेसियाबाट प्रतिपादन भएको 'केस्रा' विधा ।
मलेसियाको नेपाली साहित्यिक फाटका एक हस्ती हुन मौलश्री लिम्वु । उनै लिम्वुले प्रर्वतन गरेको विधा 'केस्रा' लाई पहिलो कृतीका रुपमा पुस्तककोे रुप दिने जस भने अर्का साहित्यीक हस्ती राज आङदेम्वे 'सहयात्री' ले लिए । 'सहयात्री' साहित्यिक नामले चिनीने राजले कृतीको नाम पनि "सहयात्री" दिनुले अझ आफ्नो साहित्यिक नाम प्रतिको प्रेम भाव दर्शाउछ । केस्राका बारेमा धेरैले सोधखोज गर्न थालेका छन् भने केस्रा सर्जकको संख्या पनि दिनानु दिन थपिदै गएको छ ।
बिदेशी भुमीमा कडा परिश्रम बेचेर पनि नयाँ नयाँ अवधारणा जन्माउनेहरु बढीरहेका छन् । भयवाद, रेखा कविता, समुच्च विचार, केस्रा लगायतका लेखनका अवधारणा नेपालीहरुले बिदेशमा बसेर जन्माएका हुन् । त्यस मध्येको हालसम्मको कान्छो अवधारणा हो केस्रा ।
मुख्यत: मलेशियामा रोजगारीका लागि आएका नेपाली सृजनशिल मनहरुले फरक अवधारणाका रुपमा 'केस्रा' नामकरण गरेर त्यसको लेखन अघि बढाएका छन् । केस्राको सोचलाई फेसबुक मार्फत चर्चा परिचर्चा गराउने काम गरे केस्रा लेखन मञ्च बनाएर। सन् २०१२ जनवरीमा मलेशियाको राजधानी क्लालालम्पुरमा पत्रकार सम्मेलन गरी यसको विधिवत घोषणा भएको हो । यसको अवधारणा तयार गर्ने कामको अगुवाई गर्नेमा प्रवर्तकमा मौलश्री लिम्बु र प्रवक्ताहरुमा जीवन देवान 'गाउले', दिलिप 'सगर' राई र कृष मगर रहेका छन् । केस्राको अवधारणा र घोषणा-पत्र सहितको प्रकाशित पहिलो पुस्तक "साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज" २०७० बैशाख २८ मा काठमाडौमा विमोचन भएको थियो । सुन्तला जस्तै फलको एक केस्रा खाएपछि सिंगो दाना कै स्वाद थाहा पाउन सकिन्छ भने जस्तै एउटा सानो विषय वस्तुमा केन्द्रित भएर लेखिने केस्राले पनि साहित्यको सिंगो स्वाद दिन सक्छ भन्ने केस्राको परिभाषासंग जोडिएको कुरा छ । यसलाई सिधा गरी स्पष्ट हिसाबले लेखिनु पर्ने मान्यता भएकाले कला भन्दा चेतनालाई जोड दिइएको छ । गैर छन्द र छन्दको अलांकारितामा बाह्र लिपिचिन्ह भित्रमा लेखिने भनिएको छ । एउटा विषयमा मात्र केन्द्रीत रहेर शिर्षक राखेर ६ हरफमा लेखिनु पर्ने यसको ढाँचा छ । उठानको दुबै हरफ, विश्रामको दोश्रो हरफ र बैठानको दुवै हरफको अन्तिममा समध्वनी अनुप्रास राखिने यसको नियम बनाइएको छ ।
सहयात्रीको विमोचन पछि मेरो हातमा पनि "सहयात्री" केस्रासंग्रह हात लाग्यो;त्यो पनि सर्त सहित पहिला त त्यो सर्त मान्नु कि नमान्नु भन्ने दोधार भएको थियो तर मेरो भित्री मनले कसैले मान गरेर केहि दिदैछ भने म किन उसको अपमान गर्नु भन्ने भयो । सर्त मानेर केस्रालाइ केलाउन थाले । पुस्तक हात परेको लामो समय यसलाई पढ्ने मात्र काम गरे । यसवारे लेख्न त पहिला डर लाग्यो नया विधा छ कसरी सुरु गर्ने के लेख्ने भोली मेरो लेखाइले सर्जक सहयात्रीलाइ चोट पर्ने होइन भन्ने लाग्यो तर आ जे होस् भनेर लेख्न सुरु गरे । प्रत्येक पाना पल्टाएँ । साच्चै सुन्दर केस्रालाइ बटुल्न सकेका रहेछन् सर्जकले ।
केेस्रा संग्रहका रुपमा ल्याइएको सहयात्रीमा भएका केहि केस्रालाई मैले पनि यहा केलाउने प्रयास गरेको छु कति सम्म म सर्जक प्रति न्याय गर्न सक्छु । एक पृष्ठमा २ केस्रालाइ समेटेका उनले संग्रह भित्र ११६ केस्राहरुलाई संग्रहित गरेका छन् । "पूर्णिमा" केस्राबाट सुरु गरेको सहयात्रीलाई "मिलन" केस्रामा ल्याएर टुङगाइएको छ । केस्रा सर्जकले प्रत्येक केस्राको अत्यमा सृजना गरेको मिति पनि उल्लेख गर्न पुगेका छन् ।
सहयात्रीको केस्रा संग्रहभित्रबाट एउटा केस्रा -
"जिन्दगी"
जिन्दगी मिठो मिठो कल्पना
हर दुःख सुखको गहना
जस्तो सोच्यो उस्तै भइदिन्छ
प्राकृतिक अनुपम झरना
बाचुन्जेल अनेक सपना
मरे पछि संसारै बिर्सना।
जिन्दगीका वारेमा केस्रा वुनेका सर्जकले जिन्दगीलाई उनकै भाषामा सपनाको संज्ञा दिएका छन् ।
त्यसो त सर्जकले प्रत्येक केस्रामा भिन्ना भिन्नै भाव व्यक्त गरेका छन् । उनले शान्ती सुरक्षामा खटिएको प्रहरीलाई पनि यसरी केस्रामा प्रस्तुत गरेका छन् यसरी -
"पुलिस"
अन्याय निर्मुल पार्ने नायक रे !
न्याय दिलाउनु उस्को नि हक रे !
कर्तव्य भुलेर नुन खोजी हिडछ
अनि भन्छ योे देशको रक्षक रे !
राष्ट्रियता बचाउने नायक रे !
सत्य-तथ्य कानूनको लेखक रे !
यसो त ११६ केस्रा मध्ये धेरै केस्रा एक पटक मात्र पढेर धित मर्दैन तर पनि छोटो समयमा नै पढीन सकिने भएकाले पाठकलाई झर्का पनि लाग्दैन । सवै केस्राका वारेमा लेख्न नसकीए पनि कुन केस्राले के वारे वोल्न खोजेको त्यो चै पक्कै उल्लेख गर्नै पर्छ ।
"बर्बाद" केस्रा मार्फत पिउने कुरालाई जीवन ठान्ने प्रति भाव व्यक्त गरेका छन् भने प्रेमवाट हुने पीडालाई भुलका रुपमा "भुल" केस्रा कोरेका छन् । मान्छेको वर्णन पनि "मान्छे" केस्रा मार्फत सर्जकले मज्जाले गरेका छन् यसरी -
" मान्छे"
मनिस समझदारी भए देखि
कोर्नै पर्दैन थियो लक्ष्मण रेखी
मान्छेबाटै निर्मीत यो समाजमा
उच-निच ठुलो सानो जात लेखि
मन सबैको एउटै भए देखि
हुँदैन थियो कसैको सखा-सेखी।
त्यसो त जीवनका वारेमा राम्ररी "उपदेश" केस्रामा कोरेका छन् । मलेसियामा वसेका हुनाले सायाङग देखि खोलापारी सम्मका शव्द धुसाएर केस्रा सिर्जना गरेका छन् । त्यसो त केस्रालाई यी यस्ता शव्दले पाठकलाइ पठनिय पनि वनाउदछ ।
सहयात्री संग्रहको आवरण चित्र मलेसियामा नै वस्ने काटुनिष्ट मनि राई 'गोठाले' ले आकर्षक तवरले उर्तानु भएको छ । गोठालेका काटुन मात्र दमदार हुदैनन् विभिन्न सर्जकका सिर्जनामा कोरीने आवरण तस्विर पनि आकर्षक हुन्छन् । यो अर्थमा कि गोठालेको कलालाई तारीफ नगर्ने को नहोला र?
त्यसो त केस्रा विधाको पहिलो संग्रह भएर पो कि धेरै जना श्रष्टाले त्यसमा शुभकामना दिनु भएको छ । यसले कृतिको पाना थप्ने काम गरेको छ । शुभकामनाले सर्जकमा उर्जा थप्ने कुरामा भने म सहमत छु । मलेसियन RM. 10/- को यस कृतिले राज आङ्देम्बे 'सहयात्री' लाई अन्य केस्राबारे अध्ययन गर्ने र सोधखोज गर्नेलाई भने एउटा इटा थपेको छ । पहिलो केस्रा संग्रहका कृतिकारको यो कृतिको सफलताको कामना ।
- मलेसिया
[ समीक्षक ज्यू "श्रम साप्ताहिक" पत्रिका,मलेसियाका पत्रकार हुनुहुन्छ ।]
समीक्षक"- अर्जुन काफ्ले मोरंग,हाल- मलेसिया |
कार्यक्रमको छाटकाट नवुझी कार्यक्रम स्थल पुगेको म त्यहा पुगेपछि मात्र पत्तो भयो कार्यक्रम त 'पुस्तक विमोचन' पो रहेछ । मेरा लागि एक किसीमको 'सर्पाइज' नै भयो भन्दा हुन्छ । कार्यक्रममा मेरो उपस्थिती अबेर नै भएछ । औपचारिक रुपमा पुस्तकको विमोचन भइसके पनि उपस्थित मध्येबाट शुभकामना दिने र पुस्तकका गुण र दोष छुट्याउने काम हुदै थियो ।
राज आङदेम्वे 'सहयात्री' त्यस दिन अग्रभागमा देखिन्थे । जीवन देवान 'गाउले' ले विमोचन कार्यक्रमलाई एक किसीमले डोर्याइरहेका थिए । कहिले दिल दुःखी जन्तरे, सोम सुवेदी, राज अविरल, निश्चल परदेशी, देवेन्द्र सुर्केली, भरत अधिकारीहरु शुभकामना दिन व्यस्त देखिन्थे । अलि अवेला पुगेकाले केस्रा के हो ? यो साहित्यमा कस्तो विधा हो ? नेपाली भन्ने सोधखोज गर्ने मौका पाइरहेको थिइन । केहि समयपछि जीवन देवान 'गाउँले' संग सोधखोज गरेपछि भने केहि जिज्ञासा हल भयो ।
मलेसियामा रोजगारीका लागि आएका मध्ये केहि 'हिरा'हरु पनि छन् । तिनै 'हिरा' हरु प्रवासमा साहित्यिक कार्यक्रम गर्न जुरुक्क उठ्छन् । अनि सुरु गर्छन् साहित्यिक जमघट, भलाकुसारी अनि साहित्यिक गतिविधी । यसले कोताराया या यस वरपरका इलाकालाई मात्र छुदैन चाहे जोहोरबारूका राज आङ्देम्बे 'सहयात्री' हुन वा इपोका मौलश्री लिम्वु, चाहे पेनाङ्गका जीतमान राई 'सबिन' हुन् वा हाइकम का राज अविरल । टाडाबाट आइपुग्छन् साहित्यिक जमघटमा भेला हुन । त्यसो त शाहलम मै वस्दै आएका मनोज विराली, कोतारायमै सधै भेटिने मनी राई 'गोठाले', दान राई 'झरी', दिलदु:खी जन्तरे, जीवन देवान 'गाउँले' त लगभग लोकल भइसके । परदेशमा वसेर पनि दिनहु मेसिनसंग खेलिने पौठेजोरीका साथ पनि समय निकालेर साहित्य सिर्जना गर्नु चै पक्कै पनि अती उत्तम काम हो । त्यसो त नेपाली साहित्य विधाको एउटा नविन्तम विधा 'केस्रा' पनि मलेसियाबाटै प्रतिपादन भएको विधा हो । दिनहु मेसिनसंग खेल्ने हातले यस्तो विधा पनि प्रतिपादन गर्लान् भनेर ओठ लेप्राउने विद्धतवर्ग पनि हाम्रोे समाजमा छन् तर त्यहि समाजको त्यो वर्गलाइ चोटिलो जवाफ हो मलेसियाबाट प्रतिपादन भएको 'केस्रा' विधा ।
मलेसियाको नेपाली साहित्यिक फाटका एक हस्ती हुन मौलश्री लिम्वु । उनै लिम्वुले प्रर्वतन गरेको विधा 'केस्रा' लाई पहिलो कृतीका रुपमा पुस्तककोे रुप दिने जस भने अर्का साहित्यीक हस्ती राज आङदेम्वे 'सहयात्री' ले लिए । 'सहयात्री' साहित्यिक नामले चिनीने राजले कृतीको नाम पनि "सहयात्री" दिनुले अझ आफ्नो साहित्यिक नाम प्रतिको प्रेम भाव दर्शाउछ । केस्राका बारेमा धेरैले सोधखोज गर्न थालेका छन् भने केस्रा सर्जकको संख्या पनि दिनानु दिन थपिदै गएको छ ।
"सहयात्री" केस्रासंग्रह २०७० |
मुख्यत: मलेशियामा रोजगारीका लागि आएका नेपाली सृजनशिल मनहरुले फरक अवधारणाका रुपमा 'केस्रा' नामकरण गरेर त्यसको लेखन अघि बढाएका छन् । केस्राको सोचलाई फेसबुक मार्फत चर्चा परिचर्चा गराउने काम गरे केस्रा लेखन मञ्च बनाएर। सन् २०१२ जनवरीमा मलेशियाको राजधानी क्लालालम्पुरमा पत्रकार सम्मेलन गरी यसको विधिवत घोषणा भएको हो । यसको अवधारणा तयार गर्ने कामको अगुवाई गर्नेमा प्रवर्तकमा मौलश्री लिम्बु र प्रवक्ताहरुमा जीवन देवान 'गाउले', दिलिप 'सगर' राई र कृष मगर रहेका छन् । केस्राको अवधारणा र घोषणा-पत्र सहितको प्रकाशित पहिलो पुस्तक "साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज" २०७० बैशाख २८ मा काठमाडौमा विमोचन भएको थियो । सुन्तला जस्तै फलको एक केस्रा खाएपछि सिंगो दाना कै स्वाद थाहा पाउन सकिन्छ भने जस्तै एउटा सानो विषय वस्तुमा केन्द्रित भएर लेखिने केस्राले पनि साहित्यको सिंगो स्वाद दिन सक्छ भन्ने केस्राको परिभाषासंग जोडिएको कुरा छ । यसलाई सिधा गरी स्पष्ट हिसाबले लेखिनु पर्ने मान्यता भएकाले कला भन्दा चेतनालाई जोड दिइएको छ । गैर छन्द र छन्दको अलांकारितामा बाह्र लिपिचिन्ह भित्रमा लेखिने भनिएको छ । एउटा विषयमा मात्र केन्द्रीत रहेर शिर्षक राखेर ६ हरफमा लेखिनु पर्ने यसको ढाँचा छ । उठानको दुबै हरफ, विश्रामको दोश्रो हरफ र बैठानको दुवै हरफको अन्तिममा समध्वनी अनुप्रास राखिने यसको नियम बनाइएको छ ।
सहयात्रीको विमोचन पछि मेरो हातमा पनि "सहयात्री" केस्रासंग्रह हात लाग्यो;त्यो पनि सर्त सहित पहिला त त्यो सर्त मान्नु कि नमान्नु भन्ने दोधार भएको थियो तर मेरो भित्री मनले कसैले मान गरेर केहि दिदैछ भने म किन उसको अपमान गर्नु भन्ने भयो । सर्त मानेर केस्रालाइ केलाउन थाले । पुस्तक हात परेको लामो समय यसलाई पढ्ने मात्र काम गरे । यसवारे लेख्न त पहिला डर लाग्यो नया विधा छ कसरी सुरु गर्ने के लेख्ने भोली मेरो लेखाइले सर्जक सहयात्रीलाइ चोट पर्ने होइन भन्ने लाग्यो तर आ जे होस् भनेर लेख्न सुरु गरे । प्रत्येक पाना पल्टाएँ । साच्चै सुन्दर केस्रालाइ बटुल्न सकेका रहेछन् सर्जकले ।
केेस्रा संग्रहका रुपमा ल्याइएको सहयात्रीमा भएका केहि केस्रालाई मैले पनि यहा केलाउने प्रयास गरेको छु कति सम्म म सर्जक प्रति न्याय गर्न सक्छु । एक पृष्ठमा २ केस्रालाइ समेटेका उनले संग्रह भित्र ११६ केस्राहरुलाई संग्रहित गरेका छन् । "पूर्णिमा" केस्राबाट सुरु गरेको सहयात्रीलाई "मिलन" केस्रामा ल्याएर टुङगाइएको छ । केस्रा सर्जकले प्रत्येक केस्राको अत्यमा सृजना गरेको मिति पनि उल्लेख गर्न पुगेका छन् ।
सहयात्रीको केस्रा संग्रहभित्रबाट एउटा केस्रा -
"जिन्दगी"
जिन्दगी मिठो मिठो कल्पना
हर दुःख सुखको गहना
जस्तो सोच्यो उस्तै भइदिन्छ
प्राकृतिक अनुपम झरना
बाचुन्जेल अनेक सपना
मरे पछि संसारै बिर्सना।
जिन्दगीका वारेमा केस्रा वुनेका सर्जकले जिन्दगीलाई उनकै भाषामा सपनाको संज्ञा दिएका छन् ।
त्यसो त सर्जकले प्रत्येक केस्रामा भिन्ना भिन्नै भाव व्यक्त गरेका छन् । उनले शान्ती सुरक्षामा खटिएको प्रहरीलाई पनि यसरी केस्रामा प्रस्तुत गरेका छन् यसरी -
"पुलिस"
अन्याय निर्मुल पार्ने नायक रे !
न्याय दिलाउनु उस्को नि हक रे !
कर्तव्य भुलेर नुन खोजी हिडछ
अनि भन्छ योे देशको रक्षक रे !
राष्ट्रियता बचाउने नायक रे !
सत्य-तथ्य कानूनको लेखक रे !
यसो त ११६ केस्रा मध्ये धेरै केस्रा एक पटक मात्र पढेर धित मर्दैन तर पनि छोटो समयमा नै पढीन सकिने भएकाले पाठकलाई झर्का पनि लाग्दैन । सवै केस्राका वारेमा लेख्न नसकीए पनि कुन केस्राले के वारे वोल्न खोजेको त्यो चै पक्कै उल्लेख गर्नै पर्छ ।
"बर्बाद" केस्रा मार्फत पिउने कुरालाई जीवन ठान्ने प्रति भाव व्यक्त गरेका छन् भने प्रेमवाट हुने पीडालाई भुलका रुपमा "भुल" केस्रा कोरेका छन् । मान्छेको वर्णन पनि "मान्छे" केस्रा मार्फत सर्जकले मज्जाले गरेका छन् यसरी -
" मान्छे"
मनिस समझदारी भए देखि
कोर्नै पर्दैन थियो लक्ष्मण रेखी
मान्छेबाटै निर्मीत यो समाजमा
उच-निच ठुलो सानो जात लेखि
मन सबैको एउटै भए देखि
हुँदैन थियो कसैको सखा-सेखी।
त्यसो त जीवनका वारेमा राम्ररी "उपदेश" केस्रामा कोरेका छन् । मलेसियामा वसेका हुनाले सायाङग देखि खोलापारी सम्मका शव्द धुसाएर केस्रा सिर्जना गरेका छन् । त्यसो त केस्रालाई यी यस्ता शव्दले पाठकलाइ पठनिय पनि वनाउदछ ।
सहयात्री संग्रहको आवरण चित्र मलेसियामा नै वस्ने काटुनिष्ट मनि राई 'गोठाले' ले आकर्षक तवरले उर्तानु भएको छ । गोठालेका काटुन मात्र दमदार हुदैनन् विभिन्न सर्जकका सिर्जनामा कोरीने आवरण तस्विर पनि आकर्षक हुन्छन् । यो अर्थमा कि गोठालेको कलालाई तारीफ नगर्ने को नहोला र?
त्यसो त केस्रा विधाको पहिलो संग्रह भएर पो कि धेरै जना श्रष्टाले त्यसमा शुभकामना दिनु भएको छ । यसले कृतिको पाना थप्ने काम गरेको छ । शुभकामनाले सर्जकमा उर्जा थप्ने कुरामा भने म सहमत छु । मलेसियन RM. 10/- को यस कृतिले राज आङ्देम्बे 'सहयात्री' लाई अन्य केस्राबारे अध्ययन गर्ने र सोधखोज गर्नेलाई भने एउटा इटा थपेको छ । पहिलो केस्रा संग्रहका कृतिकारको यो कृतिको सफलताको कामना ।
- मलेसिया
[ समीक्षक ज्यू "श्रम साप्ताहिक" पत्रिका,मलेसियाका पत्रकार हुनुहुन्छ ।]
No comments:
Post a Comment