केस्रा विधाको आवाँ गार्दिस राज आङ्देम्बे ‘सहयात्री’
संभवतः आजभन्दा तीन महिनाअगाडि नेपाली साहित्यमा केस्रा विधाका प्रवर्तक श्री मौलश्री लिम्बूज्यूमार्फत राज आङ्देम्बे ‘सहयात्री’जीले एकल केस्रा सङ्ग्रह प्रकाशन गर्ने तयारी गर्दै हुनुहुन्छ भन्ने जानकारी पाएको थिएँ । अन्ततः आज उक्त केस्रा सङ्ग्रहका लागि टिप्पणी लेखिदिने आग्रहसहित विद्युतीय पाण्डुलिपि मकहाँ आइपुग्दा म अतीनै गर्वित बनेको छु । सन् २०१२ जनवरी १ तारिक मलेसियाको राजधानी क्वालालम्पुरबाट घोषणा भएको यस विधामा अहिले केस्रा लेखन मञ्च लगायत अन्य धेरै जनाले कलम चलाइरहेको देखिन्छ ।
राज आङ्देम्बे ‘सहयात्री’जीको प्रकाशोन्मुख ‘सहयात्री’ केस्रा सङ्ग्रहको पाण्डुलिपि मैले एकै बसाइमा पढिसिध्याएँ । चुस्त, स्फूर्त, सटीक र बिम्बात्मक केस्राहरूमा समयसापेक्ष सान्दर्भिक खुराकहरू रहेछन् । पढाइको अन्तरालमा जीवन–जगत्, देश–परदेश, मिलन–बिछोडलगायतका यावत विषयहरूमाथि गरिएका जीवन्त प्रस्तुतिहरू भेटिन्छन् । उदाहणार्थः केही केस्राका प्रसंगहरू यहाँ उजागर गर्न म सान्दर्भिक ठान्दछु । जस्तैः–
‘राज’ शीर्षक केस्रामार्फत लेखकले प्राकृतिक प्रकोपबाट हुनसक्ने संकट झल्काएका छन् भने ‘रीति’ शीर्षकीय केस्रा संस्कार–संस्कृतिमाथिको प्रगाढ मोहले लछप्पै भिजेको आभास हुन्छ । ‘अधुरो’ शीर्षक केस्रामा केस्रा विधाले घोषणा गरेको नीतिनियम र साँधसिमानाभित्र अटाउन शाब्दिक अर्थमा एकदमै कलात्मक तवरले अङ्कको प्रयोग गरिएको भेटिन्छ । जस्तैः- २,४कुराहरू, ५थरे,
४खोल, वि४, हामी २बीच आदि । त्यस्तै ‘स्वाभिमान’ शीर्षक केस्रामा नेपाल र नेपाली हुनुमा गर्व गर्दै पश्चिमा संस्कार संस्कृतिमा झुमेर म नेपाली हुँ भन्ने कुरा भुल्न नहुने विचार पोख्नुहुन्छ लेखक । त्यसैगरी ‘सहयात्री’ शीर्षक केस्रामार्फत मान्छेका हरेक सफलताहरूमा जीवनसाथीको उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ भन्ने कुरालाई उजागर गरिएको छ भने ‘पत्रकार’ शीर्षक केस्रामा खस्कँदो पत्रकारितामाथि चिन्ता व्यक्त गर्दै आधुनिक पत्रकारहरूले बासी तथा हचुवाको भरमा औचित्यहीन समाचार सम्प्रेषण गर्ने र मन नपरेका व्यक्ति, संस्था र प्रसंगको समाचारलाई स्थान नै नदिने पीतपत्रकारिताको भण्डारफोर गर्ने चेष्टा गरेका छन् । ‘प्रवास’ शीर्षक केस्रामार्फत राष्ट्रको तरल अवस्थाका कारण परदेशिनु पर्ने बाध्यतामाथि दुःखेसो पोखेका छन् भने ‘अनुमति’ शीर्षक केस्रामार्फत उन्मत्त यौवनले पुलकित भई मैथुनार्थ-
‘बिन्ती नाइँ नभन्नू है
यौवनको खोली तर्छु’
भन्दै आफ्नो कुण्ठित यौनतृष्णा तृप्त गर्न उनको संवेदनशील मायावी पोखरीमा डुब्ने अनुमति माग्दछन् । अर्को ‘धैर्य’ शीर्षकको केस्रामा आफ्नी प्रेमिकालाई धैर्य गरेर बस्नू म हाम्रो सपना साकार पार्न अवश्य आउनेछु भन्दै विश्वास दिलाउन चाहन्छन् भने ‘राजनीति’ शीर्षकको केस्रामा कुर्सी तानातानको फोहोरी राजनीतिक खेलका कारण देश संकटतिर धकेलिँदै गएको गुनासो पोख्छन् । ‘सुन्दरी’ शीर्षकको केस्रामा एउटी रुपवती युवतीको कलात्मक वर्णन गरिएको छ भने ‘गरिबी’मा लेखकले गरिबीका कारण परदेशिन बाध्य बनेको दुःखेसो पोखेका छन् आदि ।
सर्सर्ती सङ्ग्रहलाई चाहर्दा अधिकांश केस्राहरू सन्देशबाहक भेटिन्छन् । ती सन्देशहरू बढी मात्रामा वाध्यताको जन्जिरले बेरिएको देखिन्छन् । मायापिरतीका केस्राहरू पनि नभएका त होइनन् यद्यपि तुलनात्मक हिसाबले हेर्दा दर्दको दहमा मस्तीको मात्रा कम छ । रुवाउन सक्नेले हसाउँन पनि सक्नुपर्छ भन्ने मेरो मान्यता हो । नयाँ विधामा संग्रह प्रकाशित गर्नु आफैँमा एउटा ठूलो चुनौती हो तर ती चुनौती दिनेहरूलाई संग्रहमा व्यंग्यको कमी रहेको आभास हुन्छ ।
समग्रमा राज जीका केस्राहरू सह्रानीय छन् । उनका केस्राहरू यसर्थमा पनि तालीका हकदार छन् कि नेपाली साहित्यमा केस्रा विधा भर्खरै जन्मिएर हुर्किने प्रयत्नतिर घस्रिरहेको अवस्थामा छ । यस्तो अवस्थामा केस्रा सङ्ग्रह प्रकाशित गर्ने हिम्मत गर्नु आफैँमा एक महत्वपूर्ण कुरा हो । दास्रो कुरा अर्काको देशमा मजदुरी गरेर बचेको समय नेपाली भाषा–साहित्यलाई अर्पण गर्नु पनि कम महत्वको कुरा होइन । अतः यो केस्रा संग्रहलाई म हृदयदेखि नै सलाम गर्न चाहन्छु भने नेपाली भाषा–साहित्यले पनि यसलाई कम आँक्न मिल्छ भन्ने मलाई लाग्दैन ।
केस्रा विधाको स्वाद गजलसँग नजिक भए तापनि यसका केहीँ साँध-सिमानाहरूमा भिन्नता अवश्य छ । विश्वप्रसिद्ध समालोचक विलियम के. विमसाटले भने जस्तै कुनै पनि साहित्यिक कृतिको विवेचना गर्दा प्रायः दुई किसिमका गल्ती वा भूल हुने गर्छन् । पहिलो ‘अभिप्राय’मूलक भूल र दोस्रो ‘असर’ मूलक भूल । त्यो कुरा यहाँ पनि लागु भएको छैन भन्न म सक्दिनँ । किनकि मार्टिन हाइडेगरले वकालत गरेका ‘परिग्रहसिद्धान्त’मा भने अनुसार हामी हाम्रा चेतनाका विषयहरूसँग सधैँ विलयनका अवस्थामा हुन्छौँ । कुनै पनि कृति पढ्दा उक्त कृति हाम्रो चेतनाको विषय बन्ने हुनाले हाम्रो चेतना उक्त कृतिभन्दा पृथक् हुन सक्दैन । तर, आज मैले यो केस्रा संग्रहलाई जुन वजनले तौलिरहेको छु आजको दश वर्षपछि यसको वजनमा आमूल परिवर्तन आउन पनि सक्छ । तसर्थ त्यो दश वर्ष अवधिको सापेक्षतालाई स्पष्ट पार्न आइन्सटाइनको सापेक्षताको सिद्धान्त यहाँ पनि लागु हुन सक्नेछ । वर्तमानमै पनि मेरो अथ्र्याइसँग अरुको अथ्र्याइ नमिल्न सक्छ । किनकि भाषा शैलीविज्ञानका प्रतिपादक स्टेनले फिस र जोनाथन कुलरको मतमा म पनि ल्याप्चे हान्न चाहन्छु । वहाँहरू भन्नुहुन्छ, ‘कुनै पनि कृतिको अर्थ लगाउन ऊ बाँचेको समाज, त्यो सामाजिक संरचनाभित्र चलायमान रहेको मान्यता र आइडियोलजीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।’
इटालियन माक्र्सवादी चिन्तक एन्टोनियो ग्राम्सीको ‘हेजेमनी’ अवधारणाले भने जस्तै हाम्रा संस्कृति र सभ्यता पश्चिमी संस्कृति र सभ्यताभन्दा घटिया हुन् भन्ने औपनिवेशिकवादी समयको हीनमानसिकताले अझै पनि हामी ‘हेजेमोनाइज्ड’ प्रभावित छौँ । फलतः हामी हाम्रो संस्कृति र सभ्यताको विकास गर्न भन्दा उनीहरूकै अनुकरण गर्नमा तल्लिन रहन्छौँ । यस्तो स्वीकारोक्ति (हेजेमोनाइज्ड)को मन्त्र चलाउन औपनिवेशिकवादी पश्चिमा शासकहरूले विभिन्न वैचारिकी (आइडियोलजी) तथा संकथन (डिस्कोर्स) मार्फत उबेला हाम्रो मानसिकता प्रदुसित पारेर गए तापनि अझै हामी यो संक्रमणबाट मुक्त हुन सकेका छैनौँ । पश्चिमेली इतरका अपश्चिमेली वा तेस्रो विश्वका साहित्यलाई पनि स्थान दिने मानसिकताको विकास हुन अझै बाँकी छ हामीमा ।
नेपाली साहित्यमा केस्रा विधाको घोषणा भयो । आरोप प्रत्यारोप, खण्डन, विखण्डन चल्यो । चलिरहेको छ । यसमा पनि पूर्वीय मानसिकताको प्रभाव अवश्य परेको हुनसक्छ । तर, यस्तो अवस्थामा पनि राजजीले केस्रा संग्रह प्रकाशन गर्ने हिम्मत गरेर एउटा ऐतिहासिक कार्यको शुभारम्भ गर्नुभएको छ । हामीमा अर्काले गरेको काममा डाह गर्ने ज्यादै नराम्रो प्रवृत्ति छ । टाढाको भन्दा अझ नजिकको साथीभाइ, आफन्तको सर्कलभित्र यो प्रवृत्ति बढी क्रियाशील हुन्छ । नजिकको साथीले राम्रो काम गरेर प्रतिष्ठा कमाएमा म पछाडि पर्नेछु भन्ने मनसिकताले हाम्रो भोक, प्यास, निद्रा उडाउने गर्दछ । आफ्नो साथीले राम्रो काम गरेमा म उसको नजिकको साथी हुँ भनेर गर्व गर्न सक्छु भन्ने सोच हामीमा आउँदैन । कुनै पनि कामको राम्रा र नराम्रा दुवै पाटाहरू हुन्छन् । नराम्रो पाटा देख्ने बित्तिकै बिरोधको बुर्कुसी लगाउनुअघि अर्को पाटा पनि पल्टाएर हेर्न सक्नुपर्दछ । कुनै पनि कामको कमी कमजोरी देखाउन सक्नेले त्यसको समाधानको बाटो पनि देखाउन सक्ने हैसियत राख्नु पर्दछ । अन्यथा त्यो कामको लागि त्यो मान्छे अभिशाप मात्र हुनेछ । मनोविश्लेषणवादी दार्शनिक सिग्मन्ड फ्रायडको इडिपल स्टेज र होमलेटको मिरर स्टेज नपुग्दै हामी मध्ये धेरैलाई त इगोले ओभरटेक गरिसकेको हुन्छ । यो पनि हाम्रो ठूलो कमजोरी हो । हुन त ज्याक डेरिडाले भने जस्तै स्थापित भइसकेको साँस्कृतिक संरचना पनि एक प्रकारको ‘पालिम्पोष्ट’ जस्तै हो । जुन कागजमा नया संरचना बनाए तापनि पुरानो संरचना पूरै मेटिन भने सक्दैन । बरू धुमिल हुँदै जान्छ र नयाँ संरचनालाई आंशिक प्रभाव पारिरहन्छ ।
प्रख्यात विद्वान डा. इन्द्रबहादुर राईका अनुसार कुनै पनि वस्तुको ‘वस्तुता’लाई हामीले पूर्ण रुपमा बुझ्न सक्दैनौँ । हाम्रो बुझाई भनेको ती वस्तुहरूलाई हेर्ने हाम्रो ‘हेराई’का दृष्टिकोणहरू मात्र हुन् । जो समयको रफ्तारसँगै परिवर्तनतिर चिप्लिरहन्छन् भन्ने बुझेर नै उनले तेस्रो आयामका सीमागत कमजोरीहरूलाई स्वीकार्दै लीलालेखनतर्फ बढेका बताउँछन् । इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइँलाद्वारा घोषित तेस्रोआयामले पनि जीवन–जगत्का धेरै कुराहरूको रहस्य खोल्न सक्थ्यो होला तर पाश्चात्य चिन्तकहरूलाई मात्रै उत्कृष्ठ मान्ने हाम्रो दास मनोबृत्तिको तुवाँलोभित्र यस्ता अनेक चिन्तनहरू पनि अहिले धुमिल हुँदै गएको देखिन्छ ।
प्रसिद्ध लेखकहरू सेक्सपियर, किट्स, वड्र्सवर्थ, म्याथ्यु आर्नोल्ड, रेमण्ड विलियम्स, मिसेल फुको, ज्याक डेरिडा साथै नारीवादी जुलिया क्रिस्टेवा, पार्था चटर्जी, होमी भाभा, हेलेन सिक्सु, जुडिथ बुटलर लगायत सबै–सबै न्यायकै लागि चेतनाको प्रवाह गर्दछन् । तर, हामी आफैँ न्यायको दोबाटोबाट छुटिएर पश्चिमतिर डौडीरहेका छौँ । पन्ध्रौँ शताब्दीको अन्ततिरै सुरु भएको यो पश्चिमा पुँजीवाद र औपनिवेशिकवादी परिपाटीलाई अस्वीकार गर्ने प्रभावशाली व्यक्ति भारतका अहिंसावादी नेता माहात्मा गान्धीले अंगे्रज धपाउ अभियान सफल बनाए तापनि अझै अधिकांश भारतीयहरू हिन्दी भन्दा अंग्रेजी बोल्नमै गर्व गर्दछन् यो गान्धीजीको सपनामाथि प्रश्न जस्तै जटिल भएर बाङ्गिएको एउटा संवेदना हो ।
देश सुब्बा, राजन मुकारुङ्, धर्मेन्द्रविक्रम नेम्बाङ्, डा. मधु माधुर्य, मौलश्री लिम्बू, मिजास तेम्बे, खगेन्द्र पङ्थाक, दिपा एवाई राई, कर्ण गुरुङ, केदार सङ्केत, डा. लेखनाथ काफ्ले, सुशील सुब्बा, विक्रम पालुङ्वा लगायत वर्तमान नेपाली भाषा–साहित्यका आवाँ गार्दिष्टहरूलाई मार्ग निर्देश गर्ने प्रभावशाली विद्वानहरू प्रा.डा. अभि सुवेदी, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. खगेन्द्र लुइँटेल, प्रा.डा. टंकप्रसाद न्यौपाने, प्रा.डा. सन्जिव उप्रेती आदि देखिन्छन् । हामी त अनकन्टारमा अलमलिएर दिशाहीन भौतारिरहेका यात्रु सरह हौँ । जता भन्छन्, उतै जाने ।
अन्तमा, लेखक राज आङ्देम्बे ‘सहयत्री’जीको यो ‘सहयात्री’ केस्रा संग्रह वर्तमान नेपाली साहित्यिक इतिहासमा कोसेढुंगा सावित हुन सकोस् भन्ने हार्दिक शुभकामनासहित विदा हुन्छु । जय नेपाली साहित्य ।
अध्यक्ष, अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह
उपाध्यक्ष, विश्व नेपाली साहित्य महासंघ
Email- skparadeshi@yahoo.com
[ दृष्टान्त:- प्रयुक्त लेख/टिप्पणी राज आङ्देम्बे 'सहयात्री' जीको केस्रासंग्रह "सहयात्री" मा समावेश भई सकेको छ ।]
संभवतः आजभन्दा तीन महिनाअगाडि नेपाली साहित्यमा केस्रा विधाका प्रवर्तक श्री मौलश्री लिम्बूज्यूमार्फत राज आङ्देम्बे ‘सहयात्री’जीले एकल केस्रा सङ्ग्रह प्रकाशन गर्ने तयारी गर्दै हुनुहुन्छ भन्ने जानकारी पाएको थिएँ । अन्ततः आज उक्त केस्रा सङ्ग्रहका लागि टिप्पणी लेखिदिने आग्रहसहित विद्युतीय पाण्डुलिपि मकहाँ आइपुग्दा म अतीनै गर्वित बनेको छु । सन् २०१२ जनवरी १ तारिक मलेसियाको राजधानी क्वालालम्पुरबाट घोषणा भएको यस विधामा अहिले केस्रा लेखन मञ्च लगायत अन्य धेरै जनाले कलम चलाइरहेको देखिन्छ ।
– सुरेन्द्र लिम्बू ‘परदेशी’ हाल:- भारत |

No comments:
Post a Comment