शुभकामना
साहित्यलाई जीवनको पर्याय ठानेर यात्रा गर्ने सहयात्री हौं हामी । यही कारण हाम्रो भौतिक परिचय गौण बनेको छ । ललितपुरमा जन्मेको म, पाँचथरमा जन्मेको राज आङ्देम्बे ‘सहयात्री’। काठमाडौंमा काम गर्ने म, मलेशियामा काम गर्ने ‘राज’ । टाढा छौं हामी धेरै टाढा । टाढा भएर पनि नजिक बनाएको छ साहित्यले । साहित्यालाई यसरी नै सम्मान गर्न सकियो भने साहित्य र साहित्यकार सदैव सम्मानित भइरहने छन् ।
साहित्यमा विविध विधा छन् । लेखन शैली र नवीनताको प्रयोग पनि बढ्दै छन् । ‘केस्रा’ पनि यसरी नै प्रतिपादन भएको छ । नेपाली माटो बाहिर बसेका नेपालीहरुद्वारा खोज गरिएको ‘केस्रा’ को प्रचार र विस्तार पनि अपेक्षाकृत सहज भएको छ । सफलताको द्मोतक पनि हो यो । यो आफ्नो प्रचारवाजीको लागि वा रहरबाजीमा गरिएको अभियान होइन । साहित्यप्रति निस्वार्थ र प्रतिबद्ध भएकै कारण मौलश्रीहरुले
संरचनासहितको घोषणापत्र सार्वजनिक गर्न सकेका छन् ।
आजको विज्ञानले सबै विषय र क्षेत्रलाई सहज बनाएको छ । ठूलाठूला कुराहरु सानासाना संरचनामा सीमित भैसकेका छन् । यही कारण आजका मान्छे व्यस्त बनेका छन् । हरेक क्षेत्रमा थोरै समयमा धेरै प्राप्तिको अपेक्षा राख्छन् । साहित्यमा पनि धेरै पढेर थोरै बुझ्न चाहँदैनन् । थोरै पढेर धेरै कुरा बुझ्न चाहन्छन् । आयतनको दृष्टिले लघु तर पूर्णता भएको रचनाप्रति पाठकको आकर्षण बढेको छ । यही कारण ‘केस्रा’ आजको समयअनुरुपको सटिक सिर्जना बनेको छ । हो, पनि, कुनै वस्तु तथा क्षेत्रको ठूलो परिणामलाई टुक्रा टुक्रा गरेर छुट्याउँदा पनि सिँगोमा हुने प्रभाव प्रत्येक टुक्राले दिन सक्दछ । यही विशेषताले गर्दा ‘केस्रा‘ लेखन प्रतिको आकर्षण बढ्दो छ ।
यही क्रममा राज आङदेम्बे ‘सहयात्री’ को केस्रासङ्ग्रह ‘सहयात्री’ प्रकाशन सुखद् संयोग बनेको छ । उनका केस्राहरुले जीवनका अनेक सन्दर्भलाई समेटेका छन् । समाज, संस्कृति, परम्परा, प्रवासको बाध्यता, आफ्नोपन र राष्ट्रियताप्रतिको भावनालाई अभिव्यक्त गरेका छन् । केस्रासर्जक राज आङ्देम्बे ‘सहयात्री’ले राजनीति र सामाजिक विकृति, माया, प्रेम, विश्वास र असन्तुष्टिलाई पनि ‘केस्रा’हरुमा व्यक्त गरेका छन् । समग्रमा ‘राज’का केस्राहरुले मानवीय प्रवृत्तिलाई केलाउने प्रयास गरेका छन् ।
प्रस्तुत सङ्ग्रहको प्रकाशनले ‘केस्रा’ अभियानलाई सार्थक सहयोग पुग्ने विश्वास गर्दछु । केस्रासर्जक राज आङदेम्बे ‘सहयात्री’को केस्रा लेखन अभियानका साथै सिर्जनशील यात्राको सफलताको लागि हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।
श्रीओम श्रेष्ठ ‘रोदन’
झम्सिखेल, ललितपुर
२०७० भदौ २७ गते
****** *******
'केस्रा' विधा र सर्जकलाई शुभकामना !!!
कुनै पनि नविन वस्तु बन्नु, अथवा नयाँ कुरा सिर्जना हुनु आफैमा एउटा गर्वित कुरा हो | त्यसैले यतिबेलाको नेपाली साहित्य लेखनको दौरानमा यो 'केस्रा' विधा जन्मिनु भनेको नेपाली साहित्यको दायरा फराकिलो हुनु हो, साहित्यिक विधा समृद्धिशाली हुनु पनि हो | यसले अब नेपाली साहित्य फाँट अलिकति फड्को मारेर आयामिक बन्दै आईरहेको हो भन्ने जनाउँदछ | भनिन्छ – ‘मान्छेभित्र अन्तरहृदयमा रहेका तीता मीठा अनुभूतिहरुलाई शब्दको माध्यबाट बाहिर निकाल्नु नै साहित्य सिर्जना हो |’ त्यसकारण अब नेपाली साहित्य मार्फत हाम्रो देशको वास्तविकता,जटिलता र त्यसका समाधानहरुको पाटो र बाटो पहिल्याउँदै जानु पर्ने बेला आएको छ | यो ‘केस्रा' विधालाई भाव-विचार पक्ष र संरचनात्मक पक्ष दुवैलाई हेर्दा पछिल्लो नेपाली साहित्यिक मार्गमा एउटा छुट्टै पृथकता बोकेर जन्मिएको महसुस गरेको छु |
कुनै पनि कुराको सिर्जना गर्नु सजिलो छैन, अझ त्यसलाई प्रवर्धन गर्नु र जीवित बनाई राख्नु उत्तिकै चुनौतीपूर्ण कुरा हो| त्यसैले यो नविन विधालाई जन्माएर मात्रै हैन हुर्काएर मौलाएर यसलाई जीवन्त बनाई राख्नु सबै भन्दा ठूलो कुरा हो | परम्परागत धार भन्दा केही फरक र आधुनिक भावशैली बोकेर प्रतिपादन भएकोले यो विधालाई नेपाली पाठक सामु बलियो र विश्वास्त स्थापित गर्नु पर्दछ | साहित्य लेखनमा कुनै पनि विधालाई स्थापित गराउन सिर्जनामा स्पष्ट लेखकीय विचार र संवेनशील विषय वस्तुहरुको बृहत् भाव-संगालो र लेखकीय कलाको स्थापना हुन अत्यन्त जरुरी छ | जुन कला र लेखकीय संस्कारले गर्दा नेपाली साहित्य पनि अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सकोस् | यसरी साहित्य सिर्जनाहरु (विशेष 'केस्रा'विधा) लाई जीवन्त बनाउने क्रममा राज आङ्देम्बे ‘सहयात्री’ पनि एक प्रखर 'केस्रा' सर्जक र संबर्धक हुन् भन्दा कुनै अत्युक्ति हुँदैन | यसको प्रमाण वहाँले सिर्जना गर्नु भएका केस्रा-रचनाहरु हुन् | वहाँका 'केस्रा' सिर्जनाहरुमा कहीं देशको चिन्तन, कहीं सामाजिक परिवर्तनको आवाज त कहीं राज्यवासीका पीडाहरु भावहरु कहीं मानवीय मनका संवेगहरु उजागर गरिएका छन् |
जुन सुकै विधाको सिर्जना किन नहोस् त्यसले यसरी समाजमा घटेका घटना, यथार्थ र वास्तविकताहरुलाई उजागर गर्दै विचार र भावको समायोजन भएर साहित्य मार्फत समुच्च चेतले समाज परिमार्जन र समता मुलक चिन्तनले समुन्नतिको बाटोतिर लाग्नु पर्छ | जसले हरेक पाठकलाई पनि चिन्तनमा डुब्ने इच्छा जगाओस् | त्यसैले आशा छ, पक्कै पनि यो "केस्रा" विधाले पनि नेपाली साहित्य फाँटमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने छ र यसको संरचना पक्षमा कल्पनाशिलता भन्दा वास्तविकता समावेश गरेर भावबोधतामा मिठास र जीवन्त बन्ने छ भन्ने कुरामा विश्वस्त पनि छु |
यही विचारसंगै यो 'केस्रा' विधा पनि नेपाली साहित्य क्षेत्रमा एउटा पृथक र आयामिक बन्न सकोस् | साथै यसका सर्जक राज आङ्देम्बे 'सहयात्री' लाई पनि आफ्नो सिर्जनाप्रति यत्तिकै लगाव र झुकाव सदा रही रहोस् भन्दै मेरो अन्तर हृदय देखि उत्तरोउत्तर प्रगतिको हार्दिक शुभकामना भन्न चाहन्छु |
-मनु लोहोरुङ राई
सितलपाटी-६ संखुवासभा
हाल: न्यूयोर्क, अमेरिका
#### ###### ######
शुभकामना
नेपाली साहित्यको हालसम्मको सम्भवत: सबैभन्दा कान्छो विधाको रुपमा उदय भएको पछिल्लो नविनतम चिन्तन हो ‘केस्रा’ l कान्छो यसर्थमा कि घोषणा र दस्ताबेज प्रस्तुतीको हिसाबले यहि नै हालसम्मको घोषित नविन विधा हो l नेपाली लगायत विश्वसाहित्य कै इतिहास हेर्दा समयको विभिन्न कालखण्डमा अनेक भाषिक तथा साहित्यिक आन्दोलन, उदय र स्थापना हुँदै आएको पाइन्छ l यसो हुनु स्वाभाविक हो l जसरि मानवीय चेतनामा फैलावट आउंदै जान्छ उसरि नै जीवन जिउने अनेक पद्दतिमा बदलाव खोजिरहन्छ मान्छेले l साहित्य प्रतिको रुची, खोजि र समयानुकुल फेरबदल भनेको केवल मान्छे जातीको मात्र उच्चतम बौद्दिक चलखेल मान्न सकिन्छ l र यहि बौद्दिक चलखेलको फलस्वरूप सिर्जना-साहित्यको फाँटमा बिगतदेखि आजसम्मको उतारचढाब हेर्दा अनेक समयमा अनेक फेरबदल आएको भेटिन्छ l कुनै न कुनै समयमा कोहि न कोहि, केहि न केहि नया विचार, पद्दती र उद्धेश्य लिएर उदय हुने गर्छन l र तिनैका नवोदित विचार/धारणालाई अनुशरण गर्नेहरुको जमात बढ्दै गएर कालान्तरमा एउटा सिद्दान्तको रुप लिन्छ l साहित्य सिर्जनाको सवालमा र त्यो पनि नेपाली साहित्यको सवालमा मात्रै हेर्ने हो भने पनि बिगतदेखि आजसम्म अनेक बाद/प्रतिबाद, धारा र आन्दोलनको जन्म हुँदै आएको विदितै छ l यसै प्रसंगमा सबैभन्दा कान्छो मानिएको ‘केस्रा’ विधाका प्रमुख प्रवर्तक साहित्यकार भाइ मौलश्री लिम्बु र उहाका सहयात्री प्रवक्तात्रय श्री दिलिप राई ‘सगर’, जीवन देवान ‘गाउँले’, कृष मगर को सामुहिक खोज, सोच र लगावको उपज आज हामीले बिल्कुल नविनतम विधा ‘केस्रा’ संग रमाउन पाईरहेका छौं l कुनै पनि विधा या वादको प्रवर्तन हुनु जति ठुलो कुरा हो त्यसलाई कालान्तरसम्म बचाएर ,फैलाएर-फुलाएर लैजानु अझै ठुलो चुनौती पनि हो l यो चुनौतीलाई स्विकार गरेर अहोरात्र लागि पर्नुहुने ति होनहार युवासर्जकहरु प्रति हामी समस्त साहित्यप्रेमीहरु नतमस्तक हुनु पर्छ l
‘केस्रा’ लाइ सरसर्ती नियाल्दा कविताको स्वरूप-भन्जन जस्तो पनि देखिन्छ भने गजलको केहि फरक रुप जस्तो पनि लाग्छ l जसमा मुख्यत: अन्त्यानुप्रास [‘केस्रा’का लागि अनुप्रास] को अनिवार्य प्राय: उपस्थिति रहन्छ l र यसको अर्को रमाइलो पक्ष के पनि हो भने कवितात्मक स्वादमा गेयात्मकता मिश्रित संरचना ‘केस्रा’ गेय सामग्री पनि बन्न सक्छ l तर वास्तवमा केस्रा बिल्कुल नया र मौलिक प्रतिपादित विधा हो l यस विधाको घोषणा-दस्ताबेजमा प्रवर्तक,प्रवक्ता त्रयद्वारा किटान गरीए अनुरुप “.....कुनै एक संवेगको निस्कर्षलाई आधार मानेर गरिएको सिर्जना .....केस्रा’ हो” बाट पनि के बुझिन्छ भने मुलत: केस्रामा एक भोगाइको एक अनुभूतीलाइ प्रधान मानेर जम्मा तीन जोडी हरफमा व्यक्त गरिने कसिलो र निचोडयुक्त रचना नै ‘केस्रा’ हो l आजको व्यस्त समयमा सिर्जना संसारमा पनि थोरै समयमै पढिने, लेखिने र अनुभूत गर्न सकिने प्रभावोत्पादक सिर्जना विधाप्रति पठन-रुची आकर्षित हुनु अत्यन्त स्वाभाविक हो l र समयको यसै पावन्दीलाई मनन गरि हेर्ने हो भने पनि यो नविनतम विधाप्रति निकै ठुलो आशा गर्न सकिन्छ l केस्रा जस्तै जस्तै लाग्ने निकै जेठो विधा गजलको शास्त्रीय मान्यता अनुरुप “कम्तिमा ५ शेर हुनुपर्ने.....” भनीए पनि संगीतमा सजिएर र आउँदा मुखडा पुनरावृत्तिको कारण अधिक जसोमा केवल ३ शेर नै प्रयुक्त भएको पाइन्छ l बाँकी दुइ शेरको अस्तित्व केवल लेखनमा रहेको देख्न सकिन्छ (गजलका हरेक शेरहरू संगीतमय हुँदाको हकमा भने होइन ) l यस कोणबाट हेर्दा पनि ‘केस्रा’ लाई खास छोटो नै भन्नु पर्ने देखिन्न संगीतमा ढाल्ने शर्तमा पनि l केस्रा संग संगीतको सम्बन्ध भने दस्तावेजमा कतै उल्लेख भएको भेटिएन तथापि यो मेरो अनुभूतिको प्रसंग मात्र जोडेको हुँ l वास्तवमा सिर्जनाको मर्म छोटो मै पनि चामत्कारिक शब्द-उपस्थितिमा प्रभावोत्पादक एवं विचारोत्तेजक उद्वेग र संवेग उभ्याउन सक्नुमा निहित रहन्छ र यसैको एक उदाहरण ‘केस्रा’ रहेको मैले बुझेको छु l यहि छरितो विधामा छोटो समय मै धेरै सर्जक तथा पाठकहरुको लगाव बढ्नु भनेको ‘केस्रा’को भविष्य सुनिस्चित हुँदै जानु हो l यसको लोकप्रियताको पछिल्लो कडी स्वरूप आउंदै गरेको नविनतम केस्रा कृति र कृतिकार सर्जक राज आङ्देम्बे ‘सहयात्री’ जीलाई अनेक बधाई तथा शुभकामना व्यक्त गर्दै गरेको यो क्षण म हर्षविभोर भएको छु l कुनै पनि बाद या विचार प्रादुर्भाव हुने बितिक्कै एकाएक हलक्कै बढेर झ्याँगिने होइन l त्यसलाई समय दिनु पर्छ l अध्यन र सिर्जना गर्नु पर्छ र सबै भन्दा महत्वको कुरा त त्यस्ता नवनिर्मित विधाहरुलाई भरोसा गर्न सक्नु पर्छ l पक्कै पनि आयातित भन्दा निर्मित चिजबिज सिर्जना या बादलाइ तुलनात्मक ज्यादा समय लाग्छ आफ्नो प्रभाव जमाउन l ‘केस्रा’ बिल्कुल नेपाली सिर्जनाभ्यासबाट निर्मित मौलिक विधा भएको हुँदा यसको उचाई नियाल्न पर्खिनै पर्ने हुन्छ र यसको निमित्त हामी नै अग्रसर हुनु पर्ने हुन्छ l सिर्जनाको दुनियामा देखा पर्ने यस्ता नयाँ नयाँ फड्कोलाइ पच्छ्याउने काम कुनै न कुनै मानेमा सिर्जनात्मक खतरा मोल्नु नै हो l र यहि खतरा मोल्न तयार भएर यस बिल्कुलै नया विधालाई माया गरेर, भरोसा गरेर आफ्ना अमुल्य समय र सिर्जनात्मक अनुभुती खर्चिन तम्सिनु भएका मित्र राज आङ्देम्बे ‘सहयात्री’ जीको आउंदै गरेको कृति पूर्णसफलताको कामना गर्दै प्रकाशन संघारमा रहेको कृति नियाल्दा उहाँका एक एक केस्राले यसको प्रतिपादित परिभाषा बमोजिम कुनै एक निश्चित संवेगको बहाव सम्हालेको मैले भेटें l जस्तो कि,
“उपस्थिती"
मेरो त्यो खोजहरुको पगरीमा
बनेर आयौ बिहानको लालीमा
देखेर म यति प्रसन्न भएँ की
बुद्धत्वको सार नै पाएँ तिमीमा
शिक्षाको दीप बाल्यौ नी अँधेरीमा
र झिलीमिली पार्यौ यो जिन्दगीमा।
यहाँ सम्बोधित पक्षको उपस्थितिबाट सिर्जित अवस्था र अनुभूतिलाइ नै प्रधानता दिइएको छ l यो संवेग कुनै पनि विषय, कारण या वातावरणको प्रभाब या उपज हुन सक्छ l यस नविनतम विधालाई अगाध माया गरेर लागि पर्नुहुने सम्पूर्ण केस्राप्रेमीहरुलाई हार्दिक धन्यबाद भन्दै केस्रा सर्जक मित्र राज जीको आउँदो कृतिको अनन्य उचाइको कामना गर्दछु l साथै यस विधा र कृतिलाई पढी दिनुभएर थप हौसला, सुझाब एवं प्रेरणा दिंदै ‘केस्रा’ लाई बलियो उभिन सघाउनुहुन सम्पूर्ण साहित्यप्रेमी,केस्रा सर्जक ज्युहरुमा सादर निवेदन पनि गर्दछु l
दीप्स शाह
काठमान्डौ,हाल- इजराल
deepssanu@gmail.com

[प्रयुक्त शुभकामनाहरु राज आङ्देम्बे 'सहयात्री' जिको केस्रासंग्रह 'सहयात्री' मा प्रकाशित छन् ]
No comments:
Post a Comment