डा. विजय लिङ्देन जीका केस्राहरु
"महशुस"
रातको शीत झै आँसु झर्दछ
आशा ईच्छा यहाँ कति मर्दछ
नछोई मुटु निचोर्न जान्दछौं
सिरेटोमा निन्द्रा कहाँ पर्दछ
देख्दा मुटुमा पसिना झर्दछ
के यो विरह तिमीमा सर्दछ।
*** ***
"मन"
तिमीलाई म सधैं हेरिरहन्छु
सपना कति कति फेरिरहन्छु
यो भावनामा बग्ने बानी परेछ
मनले भनेको म टेरिरहन्छु
तिमी आउने बाटो हेरिरहन्छु
सदैव मनमनै सेरिरहन्छु।
*** ***
"टोल्टोई"
तिमी लियो टोल्टोई संसार खेल्यौ
अद्भुत त्यो 'वार एण्ड पिस' लेख्यौ
यो शताब्दीकै साहित्यकार बनी
तिमीले साहित्यको शिखर टेक्यौ
गरिबी र दु:खीहरुसंग खेल्यौ
संसारको पीडा साहित्यले मेट्यौ।
*** ***
"स्विकारोक्ति"
भिडमा मलाई आँखाले छुन्छौ
भावना बेजोड मनमा थुन्छौ
नबोली नि माया महशुस छ
मेरो मनको कुरा तिमी सुन्छौ
शब्दले पनि मलाई नै छुन्छौ
स्विकारे मात्र सदा मेरि हुन्छौ।
*** ***
"तिमी"
साँझको एकान्तमा खोलाको धुन
लाग्छ आकाशमा पुर्णिमाको जुन
तिम्रो सुन्दरताको वर्णन गर्ने
शब्दहरु छानी हिडौं कुन कुन
सुन्दरता लिपिबद्ध गर्ने धुन
सबैले पढ्दा रुप चै प्रष्ट हुन।
*** ***
"सिसी"
बोतलमा डुब्छ रात
निराशामा चढ्छ मात
विकल्प त्यै मात्र हो त ?
किन बढ्छ त यो हात
लामो रहन्न है ! रात
हानौ सिसीलाई लात।
*** ***
"फिर्ति"
ठोक्किएर फुट्ने आशाहरु
काठमाडौंका मेरा पासाहरु
अब म घर फर्किसकेको छु
खोज्दै होला भट्टिका प्यासाहरु
काठमाडौंमा उठ्ने आशाहरु
हराएछन् प्रेमका दासाहरु।
- बिर्तामोड,झापा।
No comments:
Post a Comment