मौलश्री लिम्बू जीका केस्राहरु
"लज्जा"
समानताको चर्को आवाज
जस्ले गर्छ उस्को क्रियाकाज
जस्ले गर्छ उस्को क्रियाकाज
मर्नु र मार्नुको बन्यो पर्व
सदैव गरेर चालबाज
दबाएर दब्दैन आवाज
हग्ने भन्दा देख्नेलाई लाज।
२०७२/०५/०१
*** ***
"क्रान्ति"
आगोको भुप्रोमा परेका जनता
क्रमशः हुँदैछन् सबैमा एकता
पोलिएर फलाम तातिएपछि
हतियार बन्नु उसको वाध्यता
धारिलो बनिसके सबै जनता
अब घुँडा टेक्नेछ पुरानो सत्ता ।
२०७२/०५/०२
*** ****
"हातेमालो"
तिमी र म मिले सहअस्तित्व
गुम्दैन कसैको कुमारित्व
हामी दुबै सराबर बने
सम्बन्ध बन्छ सधैं स्थायित्व
बचाऔं एकार्काको अस्तित्व
अनि मिल्छ आआफ्नो स्वामित्व ।
२०७२/०५/०३
*** ***
"आन्दोलन"
तिमी सलाई म बारुद
जल्नेछौ तिमी पनि खुद
निभ्दैन थिचोमिचोको आगो
हालेर ती पानीको बुँद
विस्फोट भैसक्यो बारुद
र त हुँदैछ कुदाकुद ।
२०७२/०५/०५
*** ***
"राजिव राउत"
सरकार ! म राजिव राउत
मधेस आन्दोलनको सपूत
वर्षौदेखि अनागरिक हेराई
उस्तै शंका र घटिया कर्तुत
गोलि खाने म राजिव राउत
खिलाफ गर्छु जिउदो हुँ या भुत।
२०७२/०५/१३
(२०७२ भदौ १ गते सप्तरीमा मधेश आन्दोलनको क्रममा प्रहरिले गोलि चलाई राजिव कुमार राउतको हत्या गरेको थियो।)
***** ****** ******
"आव्हान"
आन्दोलनले लेखेमा संविधान
कोर्नै पर्छ अक्षरांश लिम्बुवान
यहि हो हाम्रो थातथलो,अस्तित्व
त्यसैले बचाऔं हाम्रो पहिचान
नामेट नहोस् संघीय संविधान
हुन्छ यसैमा समावेशी सम्मान।
२०७२ असोज ६
*** ***
"संविधान"
तमसुक होईन संविधान
जो पार्दै सुन्नु पर्ने ठाडो कान
ल्याप्चे गराई जति लुट्नु लुट्यौ
अब हुन्न कसैलाई क्षमादान
बल्लतल्ल लेखिएको संविधान
नबनोस् बाँदर बाठोको उखान।
२०७२/०६/१५
No comments:
Post a Comment