- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 21 June 2014

राज आङ्देम्बे 'सहयात्री'

     राज आङ्देम्बे 'सहयात्री' जीका केस्राहरु 
- राज आङ्देम्बे 'सहयात्री'
पाँचथर,हाल- जोहोरबारु ,मलेसिया 

  "डण्डीफोर"

जति सुम्सुम्यायो उति चिलाउँछ
कुरूपताको जहर पिलाउँछ

जति निचोरे पनि नपाकुञ्जेल
अथाह दर्द र पीडा दिलाउँछ

बैंस भरी चिलाउछ चिलाउछ
अन्ततः सुस्तरी आफैँ बिलाउँछ।
१९-०४-२०१४

  "नयाँसाल"



फेरिन्छन वर्ष नयाँ सालहरू
फेरिन्छन उमेरका वालहरु

फेरीदैन दुःखहरु जनताका
फेरिन्छन देशमा दलालहरू

नआए कै जाती नयाँ सालहरु
बोकर ब्यर्थै असंख्य कालहरु।
१०-०४-२०१४

    "मुख"

यहीं मुखले कहिले हसाउँछ
यहीं मुखले कहिले रुवाउँछ

अरे ! साहू हो.यार साहू, यो मुख
यहीं मुखले ऋणमा डूबाउँछ

यहीं मुखले खाल्डोमा फसाउँछ
यहीं मुखले सन्यासी बनाउँछ।
०५-०४-२०१४
[प्रयुक्त केस्रामा "यहीं मुखले" शब्द दोहोरिएकोले यो केस्रा "आवृति केस्रा" अन्तर्गत पर्दछ ]

   "फैसला"

था'छ मलाई तिम्रो हाउ भाऊमा
पत्थर पनि झुक्छ तिम्रो पाउमा

मिस्सी,बास्सा,एक्कालाई धम्क्याएर
च्याँखे थाप्छौ छक्का ,पन्जाको दाउमा

लागेर सधैं तिम्रो हाउ भाउमा
पर्न चाहन्न म मोली मोलाउमा ।
१०-०३-२०१४

    "उपमा"

लेक भरी फूलेकी ए गुराँस !
पक्कै तिमीमा केहि त छ ख़ास

अधर भरी फिदिम बोकर
चुम्न खोजेकी त्यो निलो आकाश

उपमा दिएँ तिमीलाई गुराँस
कन्चन प्रकृतिको मधुमास ।
१७-०२-२०१४ 

No comments:

Post a Comment